•  १३ बैशाख २०८२, शनिबार

शिक्षक विद्यालय नफर्किंदा भर्ना अभियान नै प्रभावित हुन थालेपछि मन्त्रीहरु छलफलमा

- बैशाख २, २०८२ मा प्रकाशित


कासिन न्यूज
काठमाडौं ।

आन्दोलनरत शिक्षकका माग सम्बोधनबारे छलफल गर्न मन्त्रीहरू छलफलमा जुटेका छन् । विद्यालय शिक्षा ऐनको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक विद्यालय नफर्किंदा भर्ना अभियान नै प्रभावित हुन थालेपछि मन्त्रीहरु छलफलमा जुटेका हुन् ।

सिंहदरबारस्थिर अर्थमन्त्रालयमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री विद्या भट्टराईसहितको बैठक जारी छ । शिक्षकको सेवा सुविधाका विषयमा तत्काल मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णयमा छलफल गर्नका लिग मन्त्रीहरुको बैठक बसेको हो ।

अहिले संसद नबसेको अवस्थामा मन्त्रिपरिषद् र मन्त्रालयस्तरको निर्णयबाट शिक्षकका माग सम्बोधन गर्ने गरी सरकारले तयारी थालेको छ । त्यसकै लागि मंगलबार मन्त्रीहरू छलफलमा जुटेका हुन् ।शिक्षकहरु लामो समयदेखि आन्दोलनमा छन् । यसले गर्दा भर्ना अभियानका साथै कक्षा १२ को परीक्षा पनि प्रभावित हुने देखिएको छ ।

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर