
रिक्त रहेको पदमा एक महिनासम्म बढुवा हुन नसक्दा प्रहरीका ६ विभागहरू खाली
- बैशाख २, २०८२ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
अहिले नेपाल प्रहरीमा मानव स्रोत विभाग, प्रशासन विभाग, कार्य विभाग, अपराध अनुसन्धान विभाग, प्रदेश समन्वय विभाग र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) एआईजीविहीन छन् । लामो समयसम्म प्रहरीका उच्च पदहरू खाली हुँदासमेत बढुवा प्रक्रिया अघि बढ्न सकेको छैन ।एक महिनादेखि नेपाल प्रहरीका ६ विभागहरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विहीन बनेका छन् ।
पद रिक्त रहेको एक महिनासम्म बढुवा हुन नसक्दा प्रहरीका ६ विभागहरू खाली भएका हुन् । ४ चैत २०८१ मा ३० वर्षे सेवा अवधिका कारण आईजी र एआईजीहरू अवकाशमा गएका थिए ।त्यसपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का तत्कालीन प्रमुख एआईजी दीपक थापा आईजीमा बढुवा भए । थापा आईजी बनेसँगै रिक्त एआईजीको संख्या ६ पुग्यो ।
त्यतिबेला एआईजीहरू टेकप्रसाद राई, दुर्गा सिंह, बुद्धिराज गुरुङ, कुवेर कडायत र जनक भट्टराई अवकाशमा गएका थिए । उनीहरू पाँच र थापा आईजी बनेसँगै ६ एआईजीको पद रिक्त भए पनि लामो समयसम्म बढुवा हुन सकेको छैन ।
एआईजी बढुवाका लागि गृहसचिवको नेतृत्वको बढुवा सिफारिस समिति रहने व्यवस्था छ । प्रहरी नियमावली २०७१ को दफा २७ (१) को (क) अनुसार बढुवा सिफारिस समितिमा गृहसचिवका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव (सदस्य) र प्रहरी महानिरीक्षक (सदस्य सचिव) रहने व्यवस्था छ ।
तर, यो बढुवा सिफारिस समितिले अहिलेसम्म एआईजीको बढुवाको गृहकार्य गरेर सिफारिस प्रक्रिया अघि बढाउन सकेको छैन । अहिले बढुवा हुने एआईजीहरू भावी नेतृत्वको प्रमुख दाबेदार हुने भएकाले एआईजी बढुवा निकै पेचिलो बनेको छ । त्यसको असर एक महिनासम्म सीआईबीजस्तो महत्त्वपूर्ण युनिट र विभागहरू एआईजीविहीन बनेका छन् ।
नेपाल प्रहरीमा जनपद समूहतर्फ ८ एआईजीको दरबन्दी छ । तर ६ वटा विभाग भने अहिले एआईजीविहीन छन् । नेपाल प्रहरीमा अहिले दुई मात्रै एआईजी छन् । जसमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा टेकबहादुर तामाङ र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सुदीप गिरी छन् ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख ७, २०८२लयमा कहिले फर्किने ? : पाका नेताहरुमा देखीएको सत्ताको आवेग र आफन्तहरुको प्रभाव नै अहिलेको अवस्था
-
बैशाख ७, २०८२२ जनाको मृत्यु, ३ घाइते
-
बैशाख ७, २०८२विद्युत् विस्तार भएको २५ वर्ष पुग्दा पनि जिल्लामा अझै दुई हजारभन्दा बढी घरपरिवार उपभोक्तामा विद्युत् पुगेन
-
बैशाख ७, २०८२परराष्ट्रमन्त्री राणा थाइल्यान्डको राजधानी बैंकक जाँदै
लोकप्रिय
-
लोकप्रिय बैशाख ७, २०८२लयमा कहिले फर्किने ? : पाका नेताहरुमा देखीएको सत्ताको आवेग र आफन्तहरुको प्रभाव नै अहिलेको अवस्था
-
लोकप्रिय बैशाख ७, २०८२२ जनाको मृत्यु, ३ घाइते
-
लोकप्रिय बैशाख ७, २०८२विद्युत् विस्तार भएको २५ वर्ष पुग्दा पनि जिल्लामा अझै दुई हजारभन्दा बढी घरपरिवार उपभोक्तामा विद्युत् पुगेन
-
लोकप्रिय बैशाख ७, २०८२परराष्ट्रमन्त्री राणा थाइल्यान्डको राजधानी बैंकक जाँदै
Comments