•  ७ बैशाख २०८२, आईतवार

नेप्सेमा २७ अङ्कको वृद्धि : ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार ८ सय ८७ बराबरको कारोबार

- बैशाख २, २०८२ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव १४ अङ्कले बढेर २ हजार ६ सय ८९ दशमलव २२ को बिन्दुमा कायम भएको छ ।विभिन्न ३ सय २० कम्पनीका २ करोड १८ लाख ४१ हजार ४७ कित्ता शेयर ६९ हजार ३ सय ६४ पटक खरिदबिक्री हुँदा रू ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार ८ सय ८७ बराबरको कारोबार भएको छ ।

म्युचुअल फन्ड शून्य दशमलव ०७ र व्यापार शून्य दशमलव ६४ प्रतिशतको गिरावट देखिएको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूह दुई दशमलव ४६ र लगानी समूह दुई दशमलव ७१ ७१ प्रतिशतले बढेको छ । बैंकिङ शून्य दशमलव ४८, वित्त एक दशमलव ५९, होटल तथा पर्यटन एक दशमलव ९९, जलविद्युत् एक दशमलव ४७, जीवन बीमा शून्य दशमलव ८१, उत्पादन तथा प्रशोधन एक दशमलव २२, लघुवित्त शून्य दशमलव ६० र निर्जीवन बीमा समूह एक दशमलव ०७ प्रतिशतले बढेको छ ।

नेप्से अनुक्रमणिका

कारोबारमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी बलेफी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले घटेको छ ।

कारोबार रकम र शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै बलेफी हाइड्रोपावर लिमिटेडको रू २ अर्ब १ करोड २९ लाख ९३ हजार १ सय ४२ बराबरको ८६ लाख ७८ हजार २ सय २५ कित्ता शेयर किनबेच भएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर