प्रसाईले पूर्व राजा ज्ञानेन्द्र बाट गराए ‘नागरिक बचाउ महाअभियान’को उद्घाटन

- फाल्गुन ६, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले यही फागुन १ गते पूर्वराजा ज्ञानेन्द्र शाह तथा उनका छोरा पारसलाई सहभागी गराई मेचीनगर–६ मा ‘नागरिक बचाउ महाअभियान’को उद्घाटन गराएका थिए ।
कार्यक्रममा पूर्वराजासँगै पूर्वरानी कोमल शाह, पूर्वराजकुमार पारस, पूर्वराजकुमारी शिताष्म शाह सहभागी भएका थिए ।
पार्टीलाई कुनै खबर नै नगरी राजावादी तथा हिन्दु अतिवादीहरूसँग मिलेर कार्यक्रम गरेको भन्दै उनको आलोचना हुँदै आएको थियो ।
प्रसाईंको पछिल्लो समय पार्टीको नीति र सिद्धान्त विपरीत, संविधान विरोधी र राजतन्त्रको वकालतमा प्रस्तुत हुन थालेपछि कारबाहीसहितको राय केन्द्रीय कमिटीलाई सिफारिस गरिएको छ ।
नेकपा एमाले प्रदेश १ कमिटीले पार्टीका केन्द्रीय सदस्य प्रसाईंलाई पार्टीबाट निष्काशन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर