
मुलुक अधोगतिमा लागेको भन्दै प्रजातन्त्र जोगाउन पूर्व राजा ज्ञानेन्द्रको आग्रह
- फाल्गुन ७, २०७९ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
मुलुक अधोगतिमा लागेको भन्दै प्रजातन्त्र जोगाउन राजनीतिक दल र राजसंस्थाबीच सहकार्य गर्नुपर्ने पूर्वराजा ज्ञानेन्द्र शाहले बताएका छन् । प्रजातन्त्र दिवशको अवसरमा शनिबार एक वक्तज्य जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले भनेकेका छन्, ‘अब यो देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दलहरु र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यका लागि बिलम्ब गर्नु हुँदैन ।’
पछिल्ला वर्षहरुमा देशको दीर्घकालीन शान्ति, स्थिरता र अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकता चिरा पर्न थालेको र कुशासन, भ्रष्टाचार, आर्थिक शिथिलता र सामाजिक बिग्रहको स्थिति देखापरेको उनको निष्कर्ष छ ।
राज्य सत्ताको बागडोर ज–जसका हातमा परे पनि जनताको सुख, शान्ति र राष्ट्रको समृद्धिमा योगदान नपुगेको उनको भनाइ छ ।

बहुसंख्यक नेपाली जनताले चाहेको निर्णय स्वीकार्ने राजसंस्थाको परम्परा रहेको, तर मुलुक प्रतिकुल अवस्थामा रहेकाले मौन रहन नसक्ने उनले बताएका छन् । पूर्वराजा ज्ञानेन्द्रको वक्तव्यमा भनिएको छ, ‘शोकाकुल अवस्थाको अत्यन्तै प्रतिकुल पलहरुमा पनि हामीले संयमता र देशभक्ति गुमाएनौं र देश छोडेर पनि गएनौं । तर नेपालको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं ।’

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख ७, २०८२प्रदर्शनकारीहरू तितरवितर : बबरमहल क्षेत्रको सडकका साइड लेनमा सवारी चल्न सुरु
-
बैशाख ७, २०८२सिंहदरबार भित्रबाट राप्रपा अध्यक्ष लिङ्देन सहितका नेताहरु नियन्त्रणमा
-
बैशाख ७, २०८२संविधान र कानुनको ठाडो उल्लंघन गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने
-
बैशाख ७, २०८२सरकारसँग निरन्तर वार्ता भएपनि विद्यालय शिक्षा ऐन ल्याउने विषयमा सहमति नजुट्दा आन्दोलित शिक्षकहरु
लोकप्रिय
-
लोकप्रिय बैशाख ७, २०८२प्रदर्शनकारीहरू तितरवितर : बबरमहल क्षेत्रको सडकका साइड लेनमा सवारी चल्न सुरु
-
लोकप्रिय बैशाख ७, २०८२सिंहदरबार भित्रबाट राप्रपा अध्यक्ष लिङ्देन सहितका नेताहरु नियन्त्रणमा
-
लोकप्रिय बैशाख ७, २०८२संविधान र कानुनको ठाडो उल्लंघन गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने
-
लोकप्रिय बैशाख ७, २०८२सरकारसँग निरन्तर वार्ता भएपनि विद्यालय शिक्षा ऐन ल्याउने विषयमा सहमति नजुट्दा आन्दोलित शिक्षकहरु
Comments