मेयर हमालको जुक्ति
सार्वजनिक शौचालय डिजाइन प्रतियोगीता> पुरस्कार राशी १ लाख ५०
- फाल्गुन ७, २०७९ मा प्रकाशित
कासिन न्यूज,
धनगढी ।
सार्वजनिक शौचालयको डिजाइन बनाउने मध्ये उत्कृष्ट एक इन्जिनियरलाई एक लाख ५० हजार नगद पुरस्कार धनगढी उपमहानगरपालिकाले दिने भएको छ ।
यसका लागि उपमहानगरले नेपाल आर्किटेक्ट इन्जिनियर्स एशोसिएशनसँगको सहकार्य गरेर देशभरका इन्जिनियरलाई आफ्नो डिजाइन पेश गर्न आव्हान गरेको छ।
प्रतियोगितामा पहिलो र दोस्रो हुने नमुनालाई नगद पुरस्कारको व्यवस्था गरिएको उपमहानगरका मेयर गोपाल हमालले बताए।
प्रतियोगिताका लागि नेपाल आर्किटेक्ट इन्जिनियर्स एशोसिएशनले २१ दिने सूचना निकालेको छ। प्रतियोगितामा पहिलो र दोस्रो हुने शौचालयको नमुनालाई धनगढी उपमहानगरले क्रमश १ लाख ५० हजार र ७५ हजार पुरस्कार दिने जनाएको छ।
यसरी छनौट भएका डिजाइनका आधारमा धनगढीमा सार्वजनिक शौचालय निर्माण गर्ने उपमहानगरको तयारी छ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments