आगजनी मुद्दामा दोषी ठहर भएका सांसद चौधरी रिहा

- फाल्गुन ७, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

कैलालीको क्षेत्र नं २मा नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य अरुण चौधरी रिहा भएका छन् । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले चौधरीलाई आममाफी दिएकी थिइन् ।
१३ वर्ष पुरानो आगजनी मुद्दामा दोषी ठहर भएका चौधरी सांसद निर्वाचित भएपछि गत माघ १९ गते बाँकेबाट पक्राउ परेका थिए । उनलाई कैलालीको जिल्ला कारागारमा राखिएको थियो ।
वि.स. २०६६ भदौ ३ गते लु२त २११ नम्बरको ट्रयाक्टर जलाएको अभियोगमा दोषी ठहर भएका चौधरीले कैद भुक्तान गर्न बाँकी थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर