चर्चामा राष्ट्रपति पद
प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको नाममा फालेको तुरुपको एक्का कांग्रेसको पोल्टामा पर्ने संकेत

- फाल्गुन ७, २०७९ मा प्रकाशित


सुधीर नेपाल,
काठमाडौं ।

आफनो फाइदा हुन्जेल जसलाई पनि आफनो वरपर घुम्न दिने तर जब त्यो व्यक्ति आफनो सर पर्न छाड्छ त्यसको उछितो काड्न तर्फ माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लागि हाल्छन् ।
प्रचण्डका राजनीतिक जीवनका यात्रामा यस्ता घटनाहरुलाई सामान्य रुपमा लिने गरिएको छ । आम मानिस देखी अन्य दलका नेताहरुलाई कसरी मेचमा घुमाउने भन्ने दिमाग भएका प्रधानमन्त्री प्रचण्ड माथि ठूलो दबाब छ । दबाबको कारण अन्य नभएर नजिकिँदै गएको राष्ट्रपतिय निर्वाचन हो ।
प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बारम्बार भेटवार्ता भएको छ । कहिले ओली बालुवाटार कहिले प्रधानमन्त्री बालकोटको सडक नापिरहेका हुन्छन् ।

तर सत्य यर्थाथ बाहिर नआए पनि अहिले सम्म प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको पगरी कसलाई गुथाउँछन् भन्ने कुरा बाहिरीएको छैन् ।
राष्ट्रिय सहमतिको रुपमा तुरुपको एक्का फालेर हल्का महशुस गरे पनि प्रधानमन्त्री प्रचण्डले फालेको एक्का कसको हातमा जाने भन्ने कुरा अहिले सम्म गर्भ मै छ । एमाले अध्यक्ष ओली सँगको पछिल्लो भेटमा प्रधानमन्त्री प्रचण्डले आफूहरु एकै ठाउँमा रहेको र केही दिनमा निष्कर्षमा पुग्ने बताएका थिए ।
सबै समेटेर लान सक्ने क्षमता प्रधानमन्त्री प्रचण्डमा नभएपनि कसलाई कसरी गुमराहमा राख्ने भन्ने क्षमता भने कडा छ प्रधानमन्त्री प्रचण्डमा । उता संसदमा प्रमुख प्रतिपक्षी दलको भूमीका भएपनि प्रधानमन्त्रीको रुपमा प्रचण्डलाई बिश्वासको मत दिएको नेपाली कांग्रेसले राष्ट्रपति पदमा आफनो दह्रो दावेदारी गरिरहेको छ । खुल्न नआएपनि प्रधानमन्त्रीलाई बिश्वासको मत दिनु भनेको राष्ट्रपति पदमा कांग्रेसले दावी गर्नु नै हो भन्ने देखीन्छ । जसका लागि प्रधानमन्त्री प्रचण्ड पनि कांग्रेस प्रति केही लचिलो भएको देखीन्छ ।
कांग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्ने ठोकुवा गरेका छन् । प्रमुख प्रतिपक्षी दल त्यसमा पनि देशको पुरानो र पाको दलको महामन्त्रीको भनाईलाई झुठ मान्ने कुरा पनि हुँदैन् ।
प्रधानमन्त्री प्रचण्डको राजनीतिक यात्राको सारथी बनेका नेपाली काँग्रेस(नेका)को सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पनि केही सोचेर नै प्रधानमन्त्रीको रुपमा प्रचण्डलाई सर्पोट गरेको होलान् । हुन् त राजनीतिमा सत्य र असत्य केही हुँदैन् भन्ने टुक्का नै छ । त्यसैले प्रधानमन्त्री प्रचण्डले फालेको तुरुपको एक्का कसको हातमा पर्ने हो । त्यसको लागि अझ केही दिन कुर्नै पर्ने हुन्छ ।
प्रधानमन्त्रीको रुपमा प्रचण्डलाई सत्ता गठबन्धनमा दह्रो सर्मथन गरेर सरकारमा सामेल भएको एमालेले पनि राष्ट्रपतिमा आफनो दावीलाई छोडेको छैन् ।
जसका लागि एमालेले बिभिन्न हतकण्डाहरु अपनाई रहे पनि प्रधानमन्त्री प्रचण्डको टसमस नगर्ने तर रुखो पनि नबन्ने नितिले एमालेका अध्यक्ष ओली केही गलेको महसुस पनि नेपाली राजनीतिक बजारमा गाँईगुँइ चर्चा चल्न थालेको छ ।
त्यसको मतलव के भन्ने बुझिन्छ प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा कांग्रेसलाई सर्पोट गर्ने लगभग निस्चित जस्तै छ । कुरा धेरै लुकाउने र खुल्न नचाहने प्रधानमन्त्री प्रचण्डको स्वभावले कतै धोखा त हुने होइन कि आशंका कांग्रेसमा पनि छ ।
तर कांग्रेसको दह्रो दावेदारी र प्रधानमन्त्री प्रचण्डको सर्पोट गर्ने सुक्ष्म संकेतले भने कांग्रेसले राष्ट्रपति पद पाउने पनि राजनीतिक बजारमा व्यापक हल्ला हुन् थालेको छ ।
हावा नचली पात हल्लिदैन भने केही न केही भनक नपाई कांग्रेस चम्केको पक्कै होइन् । राजनीतिका केही पाका गुरुहरु पनि राष्ट्रपतिमा कांग्रेसकै पल्ला भारी भएको बताउन थालेका छन् । यहि हल्ला भनौ वा प्रधानमन्त्री प्रचण्डको संकेत बुझेर होला एमाले अध्यक्ष ओली केही गले जस्तो देखीएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर