
उपनिर्वाचनले त्रिविको परीक्षा सारियो
- बैशाख ८, २०८० मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही वैशाख १० गते हुने परीक्षा सारेको छ । वैशाख १० गते तीन स्थानमा सङ्घीय संसद्को उपनिर्वाचन हुने भएपछि परीक्षा वैशाख १६ गतेलाई सारिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।
उनले त्रिवि केन्द्रीय परीक्षा सञ्चालन समितिको आज बसेको बैठकले परीक्षा सार्ने निर्णय गरेको बताए । उनका अनुसार निर्वाचन आयोग, गृह मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्वाचनको दिन परीक्षा परेकाले सार्न अनुरोध गरेपछि सारिएको हो ।
वैशाख १० गतेको सम्पूर्ण परीक्षा स्थगित गरी वैशाख १६ गतेका दिन सोही समय र स्थानमा सञ्चालन गर्न निर्णय गरिएको उनले बताए । अहिले स्नातक तह प्रथम वर्षको वार्षिक परीक्षा सञ्चालन भइरहेको छ । यही वैशाख ४ गतेदेखि परीक्षा सञ्चालन भइरहेको छ । वैशाख १० गते चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा उपनिर्वाचन हुँदैछ ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २, २०८२कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माले देखाए चासो : सोमबार संयुक्त रुपमा पार्टी सभापति देउवासँग छलफल
-
बैशाख २, २०८२सुरक्षा रणनीतिमा परिवर्तन गरेर काम गरेकाले चोरीसिकार हुन पाएन
-
बैशाख २, २०८२टोलका देवीदेवतालाई विराजमान गराइएका खट बोकेर टोलटोल घुम्दै
-
बैशाख २, २०८२समाधानका उपायहरु आफूहरुले लेखेर दिएको तर सरकारले त्यसतर्फ कुनै चासो दिएन : आन्दोलनरत शिक्षक
लोकप्रिय
-
लोकप्रिय बैशाख २, २०८२कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माले देखाए चासो : सोमबार संयुक्त रुपमा पार्टी सभापति देउवासँग छलफल
-
लोकप्रिय बैशाख २, २०८२सुरक्षा रणनीतिमा परिवर्तन गरेर काम गरेकाले चोरीसिकार हुन पाएन
-
लोकप्रिय बैशाख २, २०८२टोलका देवीदेवतालाई विराजमान गराइएका खट बोकेर टोलटोल घुम्दै
-
लोकप्रिय बैशाख २, २०८२समाधानका उपायहरु आफूहरुले लेखेर दिएको तर सरकारले त्यसतर्फ कुनै चासो दिएन : आन्दोलनरत शिक्षक
Comments