भारत भ्रमण : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आईएलएस उपकरणमा आधारित अवतरण प्रणालीको बाटो खुल्यो
- जेष्ठ १८, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
भ्रमण दलमै नयाँ दिल्लीमा रहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणमा आधारित अवतरण प्रणाली (आईएलएस) सञ्चालन गर्ने बाटो खुलेको जानकारी दिएका छन् ।
उनले भने यो सहमतिसँगै अब जुनसुकै मौसममा पनि यो विमानस्थलमा जहाजहरुले उपकरणमा आधारित प्रणालीमा रहेर जहाज अवतरण गराउन सकिने छ ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षीसँग हैदरावाद हाउसमा भएको भेटपछि आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका थिए ।
यसअघि यो प्रणाली जडान भएपनि भारतबाट सञ्चालनको अनुमति नआएका कारण जाडो याममा हुस्सु लाग्दा जहाजहरुले उडान नै रद्द गर्नु परेको थियो । उपकरणमा आधारित ल्याण्डिङ प्रणालीमा कम भिजिबिलिटीमा पनि जहाज सजिलै अवतरण गर्न सक्छन् । अब नेपालले प्रणाली सञ्चालनको प्रक्रिया पुरा गर्नुपर्छ ।
यस्तो उडानका दौरान जहाजहरुले भारतको नजिकको बोर्डर छुन सक्छन् । सो क्रममा भारतबाट थप अनुमति लिइरहनु पर्दैन ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए












Comments