
आन्दोलनमा शिक्षक : अस्तव्यस्त सडक > माइतीघर मण्डला हुँदै चल्ने सवारी साधनहरुलाई डाइभर्सन
- आश्विन ३, २०८० मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
शिक्षकहरुको आन्दोलनका कारण ट्राफिक प्रहरीले माइतीघर मण्डला हुँदै चल्ने सवारी साधनहरुलाई डाइभर्सन गरेको छ । नयाँबानेश्वर, पुरानो बानेश्वर, थापाथली, भद्रकाली लगायतका स्थानबाट सवारी साधनहरुलाई डाइभर्सन गरिएको उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

ट्राफिक प्रहरीले माइतीघर क्षेत्रको सडक खुलाउने प्रयास जारी राखेको जनाएको छ । माइतीघर मण्डलामा भेला भएका शिक्षकहरुले सडक नै ढाकिने गरी प्रदर्शन गरिरहेकाले सवारी आवागमन अस्तव्यस्त भएको हो ।
सरकारले हालै ल्याएको विद्यालय शिक्षा सम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षकहरु काठमाडौंमा भेला भएर प्रदर्शन गरिरहेका छन् ।
What’s your Reaction?
+1
+1
+1
+1
+1

सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र ३०, २०८१कलिलो उमेर- भिमकाय सोच : सामाजिक कार्यबाट समाज परिवर्तनको उत्तरादायी भूमीकामा
-
चैत्र ३०, २०८१नयाँ दिल्लीमा ‘नेपाल महोत्सव दिल्ली २०२५’ सुरु
-
चैत्र ३०, २०८१वीरगञ्जको अर्थतन्त्र र बजारलाई चलायमान गराउन रात्रि बजार
-
चैत्र ३०, २०८१विदेशी मुद्राहरुको बजार(दररेट सहित)
लोकप्रिय
-
लोकप्रिय चैत्र ३०, २०८१कलिलो उमेर- भिमकाय सोच : सामाजिक कार्यबाट समाज परिवर्तनको उत्तरादायी भूमीकामा
-
लोकप्रिय चैत्र ३०, २०८१नयाँ दिल्लीमा ‘नेपाल महोत्सव दिल्ली २०२५’ सुरु
-
लोकप्रिय चैत्र ३०, २०८१वीरगञ्जको अर्थतन्त्र र बजारलाई चलायमान गराउन रात्रि बजार
-
लोकप्रिय चैत्र ३०, २०८१विदेशी मुद्राहरुको बजार(दररेट सहित)
Comments