सम्पादकीय : पहिलो गाँसमा ढुंगा > खेलबारे प्राविधिक जानकारी नभएका व्यवस्थापकको लर्को चीनको हाङ्जाउमा
- आश्विन ८, २०८० मा प्रकाशित
असोज ८, कठमाडौं ।
निकै तामझामा साथ १९ औं एसियाली खेलकुदका लागि नेपाली खेलकुदको टोली चीनको हाङ्जाउमा २९ खेलको जम्बो टोली सहित सवार भएको थियो । जसरी तामझामका रुपहरु अगाडी आएका थिए । त्यसले नेपाली खेलकुद प्रेमीहरुमा केही आशा पलाएकोे थियो । नेपालले आफनो अब्बलता हासिल गर्छ भनेर ।
तर सुरुवाती क्रममा देखीएको नेपालको निराशजनक प्रर्दशनीले गर्दा नेपाली खेलप्रेमीहरुको मनमा केही खिन्नता महसुस भएको छ । आशा र भरोसामा टिकेको नेपाली खेलकुदको अन्तराष्ट्रिय सहभागीता भनेको सहभागीता मात्र हुने गरेको तथ्य नयाँ भने होइन । किनकी आड र भरोसाको रचनात्मक प्रस्तुति मात्र दिने नेपाली खेलकुदले अन्तराष्ट्रिय खेल समुदायमा आफनो अब्बलता प्रस्तुत गर्न नसक्नु भनेको कुनै नौलो र ठूलो कुरो पनि होइन् ।
बिगत देखी वर्तमान सम्मलाई केलाउने हो भने नेपाली खेलकुदमा नैराश्यता बाहेक अन्य केही पाइदैन । तर यसमा कुनै खेल संग सम्वन्धित खेलाडीहरुको गल्ती भने पक्कै होइन् । किन कि खेलकुदको केन्द्रिय नेतृत्वमा जो कोही पनि उसको हेय भनेको आफनो स्वार्थ सिद्धि मात्र रहन्छ ।
राजनीतिक नेतृत्वको ठाडो आदेशमा आउने राष्ट्रिय खेलकुद परिषदको नेतृत्वलाई खेल भन्दा बढि राजनीति जोडघटाउ संग सम्वन्ध हुन्छ । कुनै पनि खेल संघ र खेलाडीको ब्यक्तिगत पहिचान बनाउने भन्दा पनि आफनो दलिय स्वार्थमा कसरी संघलाई चलाउने भन्ने सोचका कारण नेपाली खेलकुदले कहिले पनि आफनो पहिचान आफैले बनाउने नसकेको अब धु्रव सत्य भै सकेको छ ।
यसपालीको दुरदशाा पनि त्यहि भएको छ । सम्बन्धित खेल संघलाई कुनै जानकारी नदिई कतिपय खेलमा राष्ट्रिय खेलकुद परिषद (राखेप) का कर्मचारी तथा सम्बन्धित खेल बाहिरका व्यक्ति खेल व्यवस्थापकको भूमिकामा चीन पुगेको पाइएको छ । विगतमा पनि राखेप कर्मचारी खेल व्यवस्थापक बनेर अन्तर्राष्ट्रिय खेलमा सहभागी हुने प्रचलन थियो । तर त्यसबेला अधिकांश सम्बन्धित खेल बुझेका कर्मचारी नै सहभागी हुने गर्थे ।
यसपटक भने राखेपले सम्बन्धित खेलबारे प्राविधिक जानकारी नै नभएका कर्मचारीलाई व्यवस्थापक जस्तो महत्त्वपूर्ण भूमिकामा नियुक्त गरेर पठाएको छ । राखेपले कर्मचारीलाई व्यवस्थापक नियुक्त गरेर पठाएको सम्बन्धित संघले भने आजसम्म पनि सुइँको पाएका थिएनन् ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को परिच्छेद –६ संघ गठन र दर्ताको दफा अन्तर्गत खेल संघ स्थापना गर्न सकिनेको दफा (५) (घ) ले परिषदको कर्मचारी वा प्रशिक्षक खेल संघमा निर्वाचित वा मनोनित हुन सक्ने छैन भनेको छ । यसकारण ऐन आएपछि राखेप अन्तर्गत रहेका कर्मचारी र प्रशिक्षकले संघमा रहेको पद छोडेका थिए । खेलकुद संघ र राखेपमा कर्मचारी एकसाथ काम गर्दा स्वार्थको द्वन्द्व हुने कारण ऐनमा यो व्यवस्था गरिएको थियो ।बिदेश घुम्ने र भत्ता पचाउने कर्मचारीहरुको व्यक्तिगत स्वार्थको कारण पनि नेपाली खेलकुदको कहिले पनि उमो नलागेको हो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments