सुरक्षित इन्टरनेट दिवसको २१ औँ संस्करण : विश्वका १५० भन्दा धेरै राष्ट्रहरूले मनाँउदै
- माघ २३, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
सन् २०२४ को ६ फेब्रुअरीमा सुरक्षित इन्टरनेट दिवसको २१ औँ संस्करण विश्वका १५० भन्दा धेरै राष्ट्रहरूले मनाँउदैछन् । यस वर्षको थिम चाहिँ ’ Inspiring change? Making a difference, managing influence and navigating change online” रहेको छ । यसको अर्थ चाँही इन्टरनेट मार्फत प्रेरणादायी परिवर्तनको पैरवी गर्ने, रूपान्तरण गर्नका लागि फरक ल्याउने, इन्टरनेटका नकारात्मक प्रभावहरू व्यवस्थापन गर्दै अनलाइन रूपान्तरणको नेतृत्व गर्ने भन्ने आशयमा छ । बालबालिका तथा युवा वर्गका लागि डिजिटल प्रविधिको सुरक्षित तथा सकारात्मक प्रयोगको प्रवर्धन गर्न तथा यससम्बन्धी राष्ट्रिय संवादलाई उत्प्रेरित गर्नका लागि प्रत्येक वर्ष विश्वव्यापी रूपमा ‘सुरक्षित इन्टरनेट दिवस’ मनाइन्छ ।
युरोपेली आयोग तथा युरोपभरिका राष्ट्रिय सुरक्षित इन्टरनेट केन्द्रहरूको सहयोगमा इन्सेफ तथा इनहोप नामक संस्थाहरूद्वारा संयुक्त रूपमा संयोजन गरिने सुरक्षित इन्टरनेट दिवस विश्वभरि नागरिक समाज, सम्बन्धी निकायहरू, सरोकारवाला समूहहरू र सरकारहरु द्धारा मनाइन्छ । विशेष गरि बालबालिका तथा युवा वर्गका लागि डिजिटल प्रविधिको सुरक्षित तथा सकारात्मक प्रयोगको प्रवर्द्धन गर्न तथा यससम्बन्धी राष्ट्रिय संवादलाई उत्प्रेरित गर्नका लागि सुरक्षित इन्टरनेट दिवसले थलो प्रदान गर्दछ ।
नेपालमा सुरक्षित इन्टरनेट
सन् २०१९ देखि चाइल्डसेफनेटले नेपालमा सुरक्षित इन्टरनेट दिवसको आयोजना र प्रवर्धन गर्ने जिम्मेवारी पाएको छ ।
चाइल्डसेफनेट, बालबालिका तथा युवा वर्गका लागि सुरक्षित इन्टरनेट प्रवर्द्धनमा समर्पित एक विशिष्टीकृत संस्था हो । चाइल्डसेफनेट का बारेमा थप बुझनका लागि www.childsafenet.org मा गएर हेर्न सकिनेछ ।
बालबालिका तथा युवा वर्गका लागि अनलाइन सुरक्षा किन आवश्यक छ ?
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको तीव्र प्रगति सँगसँगै यस क्रान्तिले आफ्नो साथमा असङ्ख्य नकारात्मक तथा डरलाग्दा प्रभावहरूलाई पनि अस्तित्वमा ल्याइरहेको छ । डिजिटल प्रविधिको अधिकतम प्रयोग गर्नेहरूमा बालबालिका तथा युवाहरू पनि रहेका छन् । डिजिटल प्रविधिको असुरक्षित प्रयोगले उनीहरूलाई अनलाइन यौन दुर्व्यवहार एवं शोषण, साइबर बुलिङ्ग, फिसिङ्ग तथा सेक्स्टोर्सन जस्ता गम्भीर जोखिमहरूप्रति संवेदनशील बनाउँछ । यस्ता जोखिमहरूले बालबालिकाको मानसिक एवं बौद्धिक विकासलाई प्रभावित बनाउनुका साथै उनीहरूलाई हतोत्साहित बनाउने एवं उनीहरूको आत्मसम्मानमा ह्रास ल्याउने सम्भावना हुन्छ । बालबालिका, युवा वर्ग, अभिभावकहरू, शिक्षकहरू तथा सरकारले साइबर सुरक्षालाई गम्भीरतापूर्वक लिन इन्टरनेटलाई सुरक्षित स्थान बनाउनका लागि आ–आफ्ना उत्तरदायित्वहरू निर्वाह गर्न आवश्यक छ ।
साइबर सुरक्षा इन्टरनेटका सम्पूर्ण प्रयोगकर्ताहरूका लागि सान्दर्भिक विषयवस्तु भएकोले हाम्रा बालबालिका तथा युवाका लागि इन्टरनेटलाई सुरक्षित बनाउन हामी सबै उत्तरदायी छौँ । त्यसैले आउनुहोस् हामी सबै मिलेर इन्टरनेटलाई सुरक्षित बनाऔँ र बालबालिका तथा युवालाई अनलाइनमा पनि सुरक्षित राखौँ ।
सुरक्षित इन्टरनेट दिवस का उद्देश्यहरू
१. इन्टरनेटको सकारात्मक प्रयोग तथा सुरक्षित इन्टरनेट प्रवर्धन गर्ने
२. बालबालिका तथा युवा वर्गका लागि अनलाइन जोखिमहरू तथा त्यसबाट उनीहरूको सुरक्षाको लागि चेतना अभिवृद्धि गर्ने;
३. बालबालिका तथा युवा वर्गको संलग्नतामा उनीहरूकै लागि काम गर्न विभिन्न संस्थाहरूबिच सामूहिक शक्ति विकास गर्ने;
४. बालबालिका तथा युवा वर्गलाई अनलाइन सुरक्षा प्रदान गर्नका लागि जिम्मेवार व्यक्तिहरूको क्षमता अभिवृद्धि गर्ने ।
साइबर बुलिङदेखि सामाजिक सञ्जालदेखि डिजिटल पहिचानसम्म, प्रत्येक वर्ष सुरक्षित इन्टरनेट दिवसको उद्देश्य उदीयमान अनलाइन मुद्दाहरू र वर्तमान सरोकारहरूका बारेमा सचेतना जगाउने हो। इन्टरनेट प्रयोगकर्ता सबैलाई सुरक्षित इन्टरनेट प्रयोग गर्ने चेतका साथै अरूलाई पनि सुरक्षित राख्ने प्रतिबद्धता व्यक्त गरौँ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments