
चार्ज गरिरहेको अवस्थामा मोबाइल विस्फोट हुँदा चार बालबालिकाको मृत्यु
- चैत्र ११, २०८० मा प्रकाशित

कासिनन्यूज,
काठमाडौं ।
चार्ज गरिरहेको अवस्थामा मोबाइल विस्फोट हुँदा चार बालबालिकाको मृत्यु भएको छ । भारतको मेरठस्थित मोदीपुरममा शनिबार राति उक्त घटना भएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार चार्जमा जोडेको मोबाइलमा बच्चाहरू गेम खेलिरहेका थिए । सोही क्रममा अचानक मोबाइल पड्किँदा आगो निस्किएको थियो । ओछ्यान र झ्यालको पर्दामा सल्किएको आगो फैलिएर चार बालबालिका र उनीहरूका आमाबुबा समेत जलेका थिए ।प्रहरी स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाए अनुसार पाँच वर्षीय कल्लु, ६ वर्षीय गोलु, ८ वर्षीय निहारिका र १२ वर्षीय सारिकाको मृत्यु भएको हो ।
उनीहरूलाई उपचारका लागि अस्पताल लगिएकोमा निहारिका र गोलुको राति दुई बजे मृत्यु भएको हो । यस्तै सारिकाको आइतबार बिहान चार बजे र कल्लुको बिहान १० बजे मृत्यु भएको हो ।उनीहरूका पिता जोनी र आमा बबिताको भने उपचार भइरहेको छ । जोनीको अवस्था खतरामुक्त रहे पनि बबिताको अवस्था गम्भीर रहेको र भेन्टिलेटरमा उपचार भइरहेको जनाइएको छ ।
निहारिका, गोलु र कल्लु मोबाइलमा गेम खेलिरहेको समयमा विस्फोट भएको जोनीले बताएका छन् । चार्जमा जोडेर मोबाइलमा गेम खेलिरहेको अवस्थामा अचानक विस्फोट भएको उनको भनाइ छ ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र २९, २०८१वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाउन सरकार लागिपरेको : मन्त्री भण्डारी
-
चैत्र २९, २०८१पूर्वराजा शाहलाई समितिमा बोलाएर तीनकुनेमा भएको हिंसात्मक घटना बारे सोधपुछ गर्नुपर्छ : सांसद परियार
-
चैत्र २९, २०८११२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
-
चैत्र २९, २०८१एउटा जोकरको कथा : अरुलाई होच्याउने देखी धक्कु लगाउने कार्यमा व्यस्त प्रधानमन्त्री ओली
लोकप्रिय
-
लोकप्रिय चैत्र २९, २०८१वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाउन सरकार लागिपरेको : मन्त्री भण्डारी
-
लोकप्रिय चैत्र २९, २०८१पूर्वराजा शाहलाई समितिमा बोलाएर तीनकुनेमा भएको हिंसात्मक घटना बारे सोधपुछ गर्नुपर्छ : सांसद परियार
-
लोकप्रिय चैत्र २९, २०८११२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
-
लोकप्रिय चैत्र २९, २०८१एउटा जोकरको कथा : अरुलाई होच्याउने देखी धक्कु लगाउने कार्यमा व्यस्त प्रधानमन्त्री ओली
Comments