२, साउन ।
ठीक ३ वर्षअघि, २०७८ असार २८ गते सर्वोच्च अदालतको ‘परमादेश’ पछि एमाले अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता हन्तान्तरण गर्न बाध्य भएका थिए ।अहिले त्यसको ३ वर्ष पछि आएर फेरी एमाले अध्यक्ष ओली सत्ता सञ्चालकको रुपमा जिम्मेवारी निर्वाह गर्दैछन् । सोमबार देखी राज्यको नेतृत्वको हर्ताकर्ताको रुपमा उदाएका प्रधानमन्त्री ओलीका समक्ष देश भित्रका चुनौतीहरुको चाङका बाढी नै छन् ।
तै पनि प्रधानमन्त्री ओलीमा भएको राजनीतिक कला र सत्ता चलाउने क्षमता कारण चुनौतीका चाङलाई पाखा लगाउने छन् भन्नेमा जनविश्वास छ । बिगतका जस्ता हावा हुण्डरी कुरा गरेर सामाजिक सञ्जालमा नायक बन्न प्रधानमन्त्री ओलीले खोजे भने उनको राजनीतिक यात्राको मोहडले पलट खान पनि समय लाग्दैन ।
राजनीतिक तानाबुनाको अगाडी प्रधानमन्त्री ओलीलाई कसैले पनि भेट्न नसके पनि उनले बोल्ने टुक्का र बोलीको अगाडी भने प्रधानमन्त्री ओलीलाई कसैले जित्न नसक्ने दावी उनको दलका नेताहरु नै गर्छन् ।

उखान टुक्का र बोली आफना स्थानमा छन् । अब अध्यक्ष ओलीको नेतृत्वको सरकारले देशमा घटेका बिधमान समस्याहरुको स्थायी समाधान तर्फ ध्यान दिनुपनि जरुरी देखीएको छ ।देशमा देखीएका आर्थिक, बेरोजगारीता जस्ता जटिल समस्याहरुको समाधान तर्फ ओली नेतृत्वको सरकारको आँखा जानु मुख्य बिषय पनि हो । यसर्थ राजनीति खराब हुँदा हुँदै पनि राज्य संचालनका लागि अपरिहार्य हुन्छ ।
यसो भन्दैमा राजनीति त्यति खराब विधा पनि हैन, यसका केही नैतिक मूल्य, मान्यता, आदर्श र उद्देश्य अवश्य हुन्छन् । राजनीतिमा चाणक्य चतुरता, छलछाम, तिकडम, धुर्तता र बठ्याई अवश्य हुन्छ, तर त्यसको पनि एउटा नैतिक सीमा, मर्यादा र समझदारी हुन्छ । राजनीतिमा नैतिकता र इमानदारिता हुनैपर्छ । माफीया डनहरु गलत काम गर्छन्, आपराधिक काम गर्छन् । नेपाली राजनीति भने माफीया डनहरुले गर्ने गन्दा धन्दा भन्दा पनि गएगुज्रेको भइसकेको छ ।
हाम्रो राजनीतिका खेलाडीहरुले इमान्दारीको न्यूनतम मापदण्ड पनि पुरा गर्न छाडेका छन् । विश्वासको सामान्य आधार पनि खडा गर्न असमर्थ भएका बेला प्रधानमन्त्री ओलीले माफिया डनहरुले गर्ने गन्दा धन्दा भन्दा गएगुज्रेको बताइएको बेला यस्ता वाक्यांशहरुलाई हटाउने र देशमा देखीएको राजनीतिक देखी अन्य गडबडीलाई हटाउने तर्फ पनि प्रधानमन्त्री ओलीको ध्यान जानु जरुरी देखीन्छ ।
मन्त्रिपरिषद्को पहिलो बैठकमा कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने कामका लागि तीन सय दिनको समयसीमा तोकिर कामको सुरुवात गरेका प्रधानमन्त्री ओली यस्ता धेरै कामहरुको सुरुवात गरेर त्यसलाई फत्ते गर्छन भन्ने कुराको बिश्वास जनमानसमा पलाएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए












Comments