
भाग्य कलम र मसीले कोरिने भए -जिन्दगी अर्कैको हातले डोरिने भए…….
- आश्विन ६, २०८१ मा प्रकाशित


सृष्टि हेरें नियालेर तिम्रो कुनै दाग छैन
तिम्रो समान वितरणमा घटिबढी भाग छैन
अगस्ति र असन्तोषी जले जलुन भित्रभित्रै
म त खान्छु सन्तोषले मेरो कुनै माग छैन ।।
भारी एकोहोरो गुन म तिर्न नसकुँला
तिम्रो हृदयको कुना भित्र छिर्न नसकुँला
प्रयास त रहने छ खुशी राख्न तिमीलाई
मन मायाँ देखाउन छातीचिर्न नसकुँला ।।
भाग्य कलम र मसीले कोरिने भए
जिन्दगी अर्कैको हातले डोरिने भए
अरुलाई खुशी कसले बाँड्छ र हजुर
निजी आफ्ना हातका खुशी फोरीन भए ।।
जती पुरेपनि नपुरीने खाडल रहेछ जिन्दगी
चम्किलो प्रकासलाई ढाक्ने बादल रहेछ जिन्दगी
अफ्ठयारो र नरमाईलो भित्रै रमाईलो खोज्नु पर्ने
बिरहको भाकामा साथ दिने मादल रहेछ जिन्दगी ।।
What’s your Reaction?
+1
1
+1
1
+1
+1
+1

सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र २९, २०८१वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाउन सरकार लागिपरेको : मन्त्री भण्डारी
-
चैत्र २९, २०८१पूर्वराजा शाहलाई समितिमा बोलाएर तीनकुनेमा भएको हिंसात्मक घटना बारे सोधपुछ गर्नुपर्छ : सांसद परियार
-
चैत्र २९, २०८११२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
-
चैत्र २९, २०८१एउटा जोकरको कथा : अरुलाई होच्याउने देखी धक्कु लगाउने कार्यमा व्यस्त प्रधानमन्त्री ओली
लोकप्रिय
-
लोकप्रिय चैत्र २९, २०८१वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाउन सरकार लागिपरेको : मन्त्री भण्डारी
-
लोकप्रिय चैत्र २९, २०८१पूर्वराजा शाहलाई समितिमा बोलाएर तीनकुनेमा भएको हिंसात्मक घटना बारे सोधपुछ गर्नुपर्छ : सांसद परियार
-
लोकप्रिय चैत्र २९, २०८११२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
-
लोकप्रिय चैत्र २९, २०८१एउटा जोकरको कथा : अरुलाई होच्याउने देखी धक्कु लगाउने कार्यमा व्यस्त प्रधानमन्त्री ओली
Comments