•  २९ चैत्र २०८१, शुक्रबार

जन्मकुण्डली, फलादेश ,भविष्यवाणी र जन्म समयको आधार

- माघ १३, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
मानिसहरुको जन्मकुण्डली, उसको फलादेश लगायत विभिन्न भविष्यवाणी जन्म समयलाई आधार मानेर गरिन्छ । उसको राशि पनि जन्म समयबाटै निर्धारण गरिन्छ । कुनै पनि व्यक्तिको जन्म समय ठिक छ भने ज्योतिष शास्त्रबाट गरिने उसको अधिकांश फलादेश पनि मिन्छ । साप्ताहिक (एक साता) सम्मको राशिफल यसप्रकार छ :

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट धेरै राम्रो हुने योग रहेको छ। जोश जागर बढ्नेछ। परीक्षा दिँदै हुनुहुन्छ भने नतिजा राम्रो मिल्ने छ।साताको अन्तिममा नयाँ नोकरीमा सफलता मिल्नेछ। जग्गा जमिन जोड्नमा पिताको सहयोग मिल्नेछ। सन्तानलाई लिएर चिन्ता रहनेछ। भगवान गणेशजीलाई दुवो अर्पण गरेर सदैव दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग सुन्तला र बैजनी हो भने शुभ अंक ३ र ५ रहेको छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दिन सामान्य राम्रो छ। बोल्दा ख्याल गर्नुहोला, आफ्नै बोलीले समस्यामा पर्ने योग रहेको छ। शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। व्यापार व्यवसायमा सकारात्मक प्रभाव छ।गृहणीहरूको गृहकार्यभन्दा धार्मिक कार्यक्रममा रुचि बढ्नेछ। घरमा मांगलिक कार्य हुनाले मन आनन्दित रहनेछ। सदैव देवीलाई रातो फुल अर्पित गरेर दिनको प्रारम्भ गरौं । यो साताको शुभ रंग गुलाबी र सेतो हो भने शुभ अंक २ र ५ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आर्थिक, सामाजिक, क्षेत्रमा यथावत रहेपनि वैदेशिक क्षेत्रमा उल्लेखनीय नतिजा हात लाग्नेछ। मित्रबाट घात हुने सम्भावना छ।आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। घरमा शुभ वा मांगलिक कार्यको रूपरेखा कोरिनेछ। कार्यक्षेत्रलाई लिएर गरिएको यात्रा सफलतादायक रहनेछ। सदैव हनुमान चालिसा पाठ गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग हरियो र निलो हो भने शुभ अंक २ र ३ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आर्थिक, सामाजिक, धार्मिक क्षेत्रमा उतारचढाव आउँनेछ। शिक्षाको क्षेत्रमा आलस्य बढ्नेछ। वैदेशिक रोजगारमा गरेको श्रम लगानीबाट राम्रो उन्नती हुनेछ। राजनीतिमा राम्रो पकड रहला। साताको अन्तिममा सेवामूलक कामले समाजमा स्थापित गराउनेछ। कार्यक्षेत्रमा सहकर्मीहरूको सहयोग मिल्नेछ। व्यापार व्यवसायलाई लिएर दीर्घकालीन योजनाहरू बन्नेछन्। भगवान शिवलाई जल अर्पित गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग सेतो र पहेलो हो भने शुभ अंक ४ र ९ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मानसिक रुपमा उमङ् रहने योग छ। परिवारबाट सहयोग मिल्नेछ। चरा, पन्छीलाई अन्न दिएर गरेको कामबाट लाभ मिल्नेछ। व्यापार व्यवसायमा फाइदा मिल्नेछ।कार्यक्षेत्रमा एउटा कार्यसम्पादन गरेर नै अर्को कार्य प्रारम्भ गर्नुहोला। स्वास्थ्यमा खानपानको ध्यान दिनुहोला। यो साताको शुभ रंग रातो र सुन्तला हो भने शुभ अंक ३ र २ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सम्पत्ति आर्जन हुने दिन छ। स्वास्थ्य, शिक्षा, रोजगारमा आफू अनुकुल छ। राजनीतिमा भने जोगिएर काम गर्नुपर्ने छ। मन खिन्न हुनेछ।ठेकापट्टाको कामबाट राम्रो लाभ प्राप्त गर्न सकिनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग हरियो र खैरो हो भने शुभ अंक २ र ४ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आर्थिक कठिनाइ भएपनि शिक्षाको क्षेत्रमा सहयोग मिल्नेछ। दीर्घकालीन कामको सुरुवात गर्दा फाइदाजनक हुनेछ।कार्यक्षेत्रमा कार्यलाई दोहोराएर गर्दा लाभ मिल्नेछ। सदैव भगवान विष्णुलाई तुलसी दल अर्पण गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग निलो र सेतो हो भने शुभ अंक २ र ६ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शान्त रहेर बस्नु फाइदाजनक छ। धार्मिक क्षेत्रमा मन बढ्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा मिल्ने योग रहेको छ।आफ्नो बोलीले अरुलाई प्रभावित गर्न सक्नुहुनेछ। दुर्गाजीलाई सिन्दुर अर्पित गरेर दिनको सुरुवात गर्नुहोस्। यो साताको शुभ रंग रातो र सुन्तला हो भने शुभ अंक १ र ४ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रशंसा बढ्नेछ। अरु क्षेत्रमा यथावत रहेपनि शिक्षाको क्षेत्रमा दायरा फराकिलो हुनेछ। सामाजिक, स्वास्थ्य, राजनीति, पारिवारिक क्षेत्र यथावत रहेको छ। लगानी भने नगर्नु उचित देखिन्छ। धार्मिक क्षेत्रमा रुची बढ्नेछ।प्रशासनिक क्षेत्रमा सफलता मिल्नेछ। यो साता भगवान शालिग्रामलाई तिल अर्पण गरेर दिनको सुरुवात गरौं। यो साताको शुभ रंग पहेलो र सेतो हो भने शुभ अंक २ र ९ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दीर्घकालीन योजना नबनाएको राम्रो। आज ठूलो नाफा गर्न सकिँदैन भने अरु कार्यमा सामान्य छ। मातापिताको आशिर्वाद लिएर दिनको सुरुवात गर्नुहोला।आफन्तहरूबाट टाढा हुनाले मन खिन्न रहनेछ। कार्यक्षेत्रमा मन अनुकूल कार्य मिल्नाले मन उत्साहित रहनेछ। संगीत वा कलाको क्षेत्रबाट व्यक्तित्व निर्माण गर्न सकिनेछ । हनुमानजीको दर्शन गरेर दिनको सुरुवात गर्नुहोला। यो साताको शुभ रंग खैरो र निलो हो भने शुभ अंक ३ र सात रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शिक्षा, स्वास्थ्य, क्षेत्रमा धेरै राम्रो छ। तपाईले गरेको श्रम लगानीबाट फाइदा हुने सम्भावना छ। सामाजिक, राजनीतिक क्षेत्रहरु सामान्य रहेपनि स्वास्थ्यमा धेरै सुधार हुनेछ।स्वाभिमानको लागि संघर्ष गर्नुपर्ला। सवारी साधनमा धन खर्च गर्नुपर्ला। सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग खैरो र हल्का निलो हो भने शुभ अंक ५ र ९ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शिक्षा, स्वास्थ्य, सामाजिक, राजनीतिक क्षेत्रहरु यथावत रहेका छन्। आफन्तबाट सहयोग मिल्नेछ।साताको अन्तिममा मेहनतले गर्दा जीवनशैलीमा राम्रो परिवर्तन आउनेछ। शत्रु वा रोगबाट छुटकारा मिल्नेछ। भविष्यलाई लिएर नयाँ योजनाहरू बन्नेछन्। सदैव भगवान शिवलाई जल अर्पण गरेर दिनको सुरुवात गर्नुहोस्। यो साताको शुभ रंग पहेलो र निलो हो भने शुभ अंक ५ र ६ रहेको छ।

आधार : ज्योतिष बिज्ञान

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर