
बिना धितो २ करोड : प्रभुले लामिछानेलाई माया गर्नु पछाडीको रहस्यले निम्त्याएको किचलो
- माघ १४, २०८१ मा प्रकाशित


राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले तत्कालका लागि सहकारी काण्डबाट मुक्ती पाएका छन् । राजनीतिमा प्रवेश सँगै विभिन्न काण्डहरुको बिउ रोप्न सफल भएका सभापति लामिछानेले अदालतलाई बुझाएको धरौटीलाई लिएर प्रश्न माथि प्रश्न उठ्न थालेको छ ।
आर्थिक क्षेत्रमा चरम मार भोगीरहेको नेपालमा बेरोजगारीले जरो गाड्न थालेको छ । देशका बित्तिय संस्थाले कुनै गरिब र बेरोजगार युवाहरुलाई दिलै देखी सहयोग गरेको पाइदैन ।
काम गरेर आफनो मानो चलाउँछु भनेर बित्तिय संस्थाहरुले युवाहरुलाई पत्ताउने अवस्था छैन । सरकारले सर्टिफिकेट र परियोजना धितो राखेर युवाहरूको रोजगारीको निमित्त ९ वटा सेक्टरमा १५ लाख देखी २ करोड सम्म श्रmृण प्रवाह गर्नु भनेर आग्रह गर्दा नटेर्ने नेपालका बित्तिय संस्थाहरुले भर्खरै राजनीतिमा आएका लामिछानेलाई रातारात बिना धितो २ करोड २५ लाख उपलब्ध गराउनु भनेको अर्को आश्चर्यको कुरा हो ।
प्रभु बैंक र लामिछाने बीचको सम्वन्ध के हो भन्ने अर्को प्रश्न उब्जिएको छ ।
गोर्खा मिडिया माध्यमले विभिन्न सहकारीबाट पैसा ठगेर ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने लामिछानेलाई प्रभु बैंकले बिना धितो केको आधारमा श्रृmण दियो त्यो कुराले अहिले बजार तातिएको छ । लामिछानेलाई संरक्षण गर्ने प्रभु बैंकको सहकारी काण्डमा के कनेक्सन भन्ने कुराको अर्को पाटो बन्दै छ ।
स्वच्छ राजनीति गर्ने देश र जनताको लागि गर्ने भन्ने दृढ उत्साहका साथ नेपाली राजनीतिको बजारमा उदाएको रास्वपा र सभापति लामिछाने अहिले गन्हाउन थालेका छन् ।
नेपाली संचार जगतको पूर्व संचारकर्मी रहेका लामिछानेले जसरी टेलिभिजन कार्यक्रम मार्फत आफूलाई पपुलारिटीको बिन्दुमा पुर्याए र आफनो सोही पपुलारिटीलाई भजाउन थाले । जुन कुरा सोझा नेपालीहरुले चाँडै बुझ्न सकेनन् ।
तर अब बिस्तारै बुझ्न थालेका छन् । अहिले त काण्डै काण्डले गर्दा लामिछानेलाई जनताले पत्ताउन छोडेको अवस्थामा प्रभुले लामिछानेलाई माया गर्नुको पछाडी ठूलै आर्थिक चलखेलको खेलो भएको हो भन्दा फरक पर्दैन होल । नेता भुइँबाट, शिक्षाबाट, चेतनाबाट, लोकतान्त्रिक संस्कारबाट, श्रमबाट, सपनाबाट, योजनाबाट, शिष्टशैलीबाट, सेवाबाट र इमानबाट जन्मिन्छ भन्ने अब त नेपालीले बुझिसकेका छन् । जस्तो कि लामिछाने गरेजस्तो स्टन्टबाज होइन ।
नेपाली राजनीतिका एक लहरले जसरी लामिछानेलाई बिश्वास गरेका थिए । त्यो पनि अब बिस्तारै हराउने स्थितीमा पुग्न थालेको छ ।
लामिछानेले आफूमाथि लागेको आरोपबाट यो पनि बुझ्नु पर्छ नेपालको कानून भन्दा माथि केही छैन् । त्यसैले लामिछानेले यो नाटकको अन्त्य आफै गर्नु पर्छ । आम जनतालाई थाहा दिन सक्नुपर्छ कि बिना धितो रातारात आर्थिक चलखेलको पछाडी के जादू छ ?

सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र २९, २०८१वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाउन सरकार लागिपरेको : मन्त्री भण्डारी
-
चैत्र २९, २०८१पूर्वराजा शाहलाई समितिमा बोलाएर तीनकुनेमा भएको हिंसात्मक घटना बारे सोधपुछ गर्नुपर्छ : सांसद परियार
-
चैत्र २९, २०८११२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
-
चैत्र २९, २०८१एउटा जोकरको कथा : अरुलाई होच्याउने देखी धक्कु लगाउने कार्यमा व्यस्त प्रधानमन्त्री ओली
लोकप्रिय
-
लोकप्रिय चैत्र २९, २०८१वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाउन सरकार लागिपरेको : मन्त्री भण्डारी
-
लोकप्रिय चैत्र २९, २०८१पूर्वराजा शाहलाई समितिमा बोलाएर तीनकुनेमा भएको हिंसात्मक घटना बारे सोधपुछ गर्नुपर्छ : सांसद परियार
-
लोकप्रिय चैत्र २९, २०८११२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
-
लोकप्रिय चैत्र २९, २०८१एउटा जोकरको कथा : अरुलाई होच्याउने देखी धक्कु लगाउने कार्यमा व्यस्त प्रधानमन्त्री ओली
Comments