
बस्नेतको राजीनामा राजनीतिले ल्याएको तरंग : महासचिव पदको लागि भागदौड सुरु
- माघ २२, २०८१ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
बस्नेतले बाटो खोले सँगै अब एशोसियनको राजनीतिले अर्को मोड लिने सम्भावना बढेर गयो
उपत्यकाको मौसमको माहोलमा हल्का न्यानो महसुस गरिन थाले सँगै अहिले वैदेशिक रोजगार व्यवसायीहरुको माहोल निकै गर्मीन थालेको छ ।आगामी फागुनमा हुन् गइरहेको रोजगार व्यवसायीहरुको निर्वाचनलाई लिएर अहिले व्यवसायी बजारका कुना कुनामा व्यवसायीहरुको भेलाले साच्चै माहोल तातिन थालेको छ ।
त्यसमा पनि नेपाली कांग्रेस निकट रोजगार व्यवसायीहरुको संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको निर्वाचन माहोल निकै तातिन थालेको छ ।
कांग्रेसका महामन्त्री गगन कुमार थापा देखी केन्द्रिय स्तरका नेताहरुकोे चासोको बिषय बनेको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको निर्वाचनमा अहिले एक्कासी अनौठो रंगको सिर्जना भएको छ ।निर्वाचनको मुखमा आएको एशोसिएसनका महासचिव महेशकुमार बस्नेतको राजीनामाले एशोसियनको राजनीतिले अर्को महोल सिर्जना गरिदिएको छ ।
निर्वाचनको मुखमा राजीनामाको राजनीति गर्न नहुँने एशोसियन सम्वन्ध व्यवसायी नेताहरुको भनाई आउन थाले पनि बस्नेतको राजीनामा राजनीतिले एशोसियसनमा खासै फरक नपर्ने कुराको चर्चा व्यवसायी नेताहरु बिच हुन् थालेको छ । संघको महासचिवको उम्मेदवारी सम्बन्धमा बाटो खोल्ने कुरा स्वयं बस्नेतले बताएका छन् ।बस्नेतले बाटो खोले सँगै अब एशोसियनको राजनीतिले अर्को मोड लिने सम्भावना बढेर गएको छ । अहिले एशोसियनमा महासचिव पदको फेरी अर्को भागदौड सुरु भएको छ ।

फागुनमा हुने निर्वाचनलाई लिएर व्यवसायीहरूबीच प्यानल बनाउने प्रतिस्पर्धा तीव्र बनेको छ । कांग्रेस निकट एशोसिएसनमा आबद्ध व्यवसायी दुई प्यानल बनाएर प्रतिस्पर्धा गर्ने तयारीमा रहेका छन् ।यसपालिको निर्वाचन अलि प्रतिष्पर्धी देखीने भएको छ । एक से एक योग्य उम्मेदवारहरुको प्रतिष्पर्धा रहेको रोजगार व्यवसायीहरुको निर्वाचनमा कांग्रेसका महामन्त्री थापा देखी केन्द्रिय समितीले पनि चासो राखेको छ । बिशेष गरेर एशोसिएसनका उम्मेदवारहरुलाई लिएर काग्रेसको केन्द्रमा चर्चा परिचर्चा हुने गरेको छ ।
अहिले दैनिक जसो व्यवासायीहरुले आफनो प्यानलको भेटघाटलाई तिब्रता दिन थालेका छन् । ७ पदको लागि ३० जनाले दावी पेश गरेका छन् । जसमा अध्यक्ष पदमा ७ जना, प्रथम उपाध्यक्षमा ३ जना, द्वितीय उपाध्यक्षमा ५ जना, तृतीय उपाध्यक्षमा ४ जना, महासचिवमा ४ जना, सचिवमा ६ जना र कोषाध्यक्षमा १ जनाको दावी गरेका हुन् ।उम्मेदवार सार्वजनिक गर्न ढिलो भए प्रचारप्रसारमा समय नपुग्ने भएकाले सकेसम्म छिटो उम्मेदवार सार्वजनिक गर्नुपर्ने बाध्यता पनि अहिले एशोसियनमा देखीन थालेको छ ।
गत हप्ताको बैठकले संघको अध्यक्षको उम्मेदवारका लागि संघका पूर्वद्वितीय अध्यक्ष भुवनसिं गुरुङको नेतृत्वमा प्रथम उपाध्यक्षमा नोकरी नेपाल प्रा.लि.का संचालक नरेन्द्रप्रसाद ढकाल, द्वितीय उपाध्यक्ष अलर्ट ओभरसिज प्रा.लि.का संचालक देवकुमार खोखाली तथा महासचिवमा बस्नेतलगायतलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
उक्त निर्णयविरुद्ध एशोसिएसनका पूर्वअध्यक्षसहितका ३ दर्जन बढी व्यवसायीले कांग्रेसका महामन्त्री थापासमक्ष एकैस्वरमा विरोध जनाएपछि उम्मेदवार छनोट गर्ने गतहप्ताको निर्णयमा पुनर्विचार हुने सार्वजनिक भएको थियो । तर पार्टी महामन्त्री थापालगायतका नेपाली कांग्रेसका नेताहरूको व्यस्ताको कारण उम्मेदवारी चयनको लागि अझै केही समय लाग्ने देखीएको छ ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र २६, २०८१६ किलो गाँजासहित एक विदेशी महिला पक्राउ
-
चैत्र २६, २०८१बुधबार मन्त्रालयमा आन्दोलनरत शिक्षक र सरकार बिच वार्ता हुँदै
-
चैत्र २६, २०८१तिलिचो तालबाट फर्कने क्रममा पर्यटकको मृत्यु
-
चैत्र २६, २०८१को हुन् उनीहरु ? : अनुसन्धानका क्रममा उनीहरू कुनै पार्टीमा आबद्ध नरहेको खुल्यो
लोकप्रिय
-
लोकप्रिय चैत्र २६, २०८१६ किलो गाँजासहित एक विदेशी महिला पक्राउ
-
लोकप्रिय चैत्र २६, २०८१बुधबार मन्त्रालयमा आन्दोलनरत शिक्षक र सरकार बिच वार्ता हुँदै
-
लोकप्रिय चैत्र २६, २०८१तिलिचो तालबाट फर्कने क्रममा पर्यटकको मृत्यु
-
लोकप्रिय चैत्र २६, २०८१को हुन् उनीहरु ? : अनुसन्धानका क्रममा उनीहरू कुनै पार्टीमा आबद्ध नरहेको खुल्यो
Comments