
बेतुकको बिरोध : गुरुङलाई एशोसिएसनको आधिकारीक उम्मेदवार मान्दा के हुन्छ ?
- माघ २३, २०८१ मा प्रकाशित

सुधीर नेपाल,
काठमाडौं ।
नेपाली राजनीति त्यसमा पनि नेपाली कांग्रेसको राजनीतिलाई समुद्र भन्दा ठूलो खाडलको रुपमा बयान गर्ने गरिन्छ । देशको भिमकाय दलको रुपमा सुस्वभित भएको कांग्रेसले आफनो पूर्वाधार निर्माण गर्ने क्रममा धेरै शुभेच्छुक संस्थाहरु निर्माण गरेको छ ।
त्यसै मध्ये एक पर्न आउँछ नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एशोसिएसन । बेरोेजगार युवाहरुलाई विदेशमा रोजगारीको शुभम अवसर प्रदान गर्ने संस्थाहरु अहिले निर्वाचनको संघारमा छन् । जसै जसै निर्वाचन नजिंकदै छ । पदिय हिसाबले उम्मेदवारको चाहना पनि बढ्दो छ । भने त्यही हिसाबले बिरोधका स्वरहरु पनि सुनिन थालिएको छ ।
अहिले एशोसिएसनमा देखीएको मूल बिवाद भनेको अध्यक्ष पदको लागि भएको छ । बर्तमान कार्यसमितीले जसै संघको अध्यक्षमा भुवनसिंह गुरुङलाई अगाडी सार्यो । त्यसपछि बिवादले उग्र रुप लिन थालेको छ । मूल पार्टी कांग्रेसको रोगले शुभेच्छु संस्थालाई छुनु नौलो कुरा भने होइन । बिवादको सुरुवात नै मूल घरबाट हुन्छ ।
आपसी किचलो र असमझदारीले गर्दा संघको मूल नेतृत्वमा पुग्न असफल रहेको एशोसिएसनमा बिगतको रोग अहिले पनि बल्झिन थालेको छ । जसले गर्दा अलग धारका संघहरुलाई स्वभाविक रुपमा फाइदा पुग्न गएको तथ्यहरु बिगतका निर्वाचनले पनि देखाएको छ । तर व्यवसायी नेताहरुमा यसको कुनै असर नपरेको तथ्य अहिलेको बिवादले देखाएको बताउँछन् रोजगार बिज्ञहरु ।
एशोसिएसनले संघको अध्यक्षमा गुरुङलाई उम्मेदवार बनाउने निर्णय सार्वजनिक गरे सँगै असन्तुष्ट पक्ष एवं अध्यक्ष पदका अन्य आकांक्षीहरुले गुरुङलाई उम्मेदवार बनाउने निर्णय नसच्याए संस्थाबाटै अलग्गिने चेतावनी दिन थालेका छन् । जो अगुवा त्यही भने झै बिगतमा एशोसिएसन देखी संघको केन्द्रिय नेतृत्वमा पुगेका अग्रज व्यवसायी नेताहरुको यस्तो कार्यले फाइदा कसलाई पुग्छ । त्यो सामान्य भन्दा सामान्य राजनीति गर्ने व्यवसायीले बुझ्ने कुरा हो ।

कांग्रेसमा जस्तो आफनो घर आफै भत्काउने जुन समस्या छ त्यही समस्या अहिले शुभेच्छु संस्थाहरुमा देखीन थालेको छ । एक व्यवासायी नेताका अनुसार एशोसिएसन हाँक्नेको दिमाग कांग्रेसको केन्द्रमा हुन्छ भने शरिर मात्र एशोसिएसनमा त्यसैले पनि यो हविगत उत्पन्न भएको हो ।
अहिले गुरुङलाई गएको निर्वाचनमा वागी उम्मेदवार बनेर एशोसिएसनको आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्ने आरोप लागेको छ । अरुलाई आरोप लगाउन माहिर मानिएका व्यवसायी नेताहरुमा आरोपलाई सच्चाउने र मिलाएर मूल संघमा आफनो पक्षिय नेतृत्व हासिल गरौं भन्ने सोच भने छैन । खाली आरोप माथि आरोपका खेलहरु खेलेर एशोसिएसनलाई कमजोर तुल्याउन लागि पर्ने नियतले गर्दा पनि अहिले यस्तो अवस्था आएको हो ।
नत्र आधिकारीक उम्मेदवारको रुपमा अगाडी सारिएका गुरुङको बिरोधको कुनै तुक छैन । गुरुङको उम्मेदवारीलाई लिएर अहिले बिगतमा एशोसिएसन देखी मूल संघको बिभिन्न पदहरुमा हालीमुहाली जमाउनेहरु नै अगाडी आएका छन् । जसलाई एशोसिएसन र मूल संघको हरेक अंशको राम्रो ज्ञात छ ।
कांग्रेस भएर कांग्रेसले अगाडी सारेको आधिकारीक उम्मेदवारको खुलेर बिरोध गर्नेहरुमा वर्तमान महासचिव मेघनाथ भुर्तेल, एसोसिएसनका पूर्वअध्यक्ष कुमुद खनाल, चिरञ्जीवी बस्याल, प्रज्ञान न्यौपाने, सुजितकुमार श्रेष्ठ र किशोर केसी रहेका छन् । जो आफै पनि अध्यक्ष पदको लागि भिड्ने तयारीमा थिए । तर एशोसिएसनले आधिकारीक उम्मेदवारको रुपमा गुरुङलाई अगाडी सारे पछि बिरोधका स्वरहरु अगाडी आएका हुन् ।
जुन बिरोधको कुनै तुक छैन । कांग्रेसको धारणा अनुसार चलेको एशोसिएसनले आफनो उम्मेदवारी प्रस्तुत गर्दा अवस्य पनि कांग्रेस नेतृत्वको सल्लाहमा नै गरेको हुन्छ । जो व्यवसायी नेताहरुलाई राम्रै ज्ञात होला । नहुने कुरा पनि भएन ।गुरुङलाई उम्मेदवार बनाउने निर्णय कार्यसमितिको निर्णय एकपक्षीय भएको दाबी व्यवसायी नेताहरुले गरे पनि एशोसिएसनको निर्णय कहिले पनि एकल हुदैन । जुन कुरा बिगतमा एशोसिएनमा रहेका व्यवसायी नेताहरुलाई थाहा हुनु पर्ने कुरा पनि हो ।
अहिले देखीएको यही बिवादका कारण एशोसिएनले महासचिव लगायत अन्य पदहरुमा पनि निर्णय गर्न नसकेको कुरा एशोसिएसन निकट एक सदस्य बताउँछन् । जति जति निर्वाचन नजिकिंदै किचलो बादल पनि त्यति त्यति छाउँदै छ एशोसिएसनमा ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र २६, २०८१६ किलो गाँजासहित एक विदेशी महिला पक्राउ
-
चैत्र २६, २०८१बुधबार मन्त्रालयमा आन्दोलनरत शिक्षक र सरकार बिच वार्ता हुँदै
-
चैत्र २६, २०८१तिलिचो तालबाट फर्कने क्रममा पर्यटकको मृत्यु
-
चैत्र २६, २०८१को हुन् उनीहरु ? : अनुसन्धानका क्रममा उनीहरू कुनै पार्टीमा आबद्ध नरहेको खुल्यो
लोकप्रिय
-
लोकप्रिय चैत्र २६, २०८१६ किलो गाँजासहित एक विदेशी महिला पक्राउ
-
लोकप्रिय चैत्र २६, २०८१बुधबार मन्त्रालयमा आन्दोलनरत शिक्षक र सरकार बिच वार्ता हुँदै
-
लोकप्रिय चैत्र २६, २०८१तिलिचो तालबाट फर्कने क्रममा पर्यटकको मृत्यु
-
लोकप्रिय चैत्र २६, २०८१को हुन् उनीहरु ? : अनुसन्धानका क्रममा उनीहरू कुनै पार्टीमा आबद्ध नरहेको खुल्यो
Comments