
एकातर्फ तालमेल- एकातर्फ भेला : बिवादको रुप कांग्रेस केन्द्रिय कार्यालयमा
- माघ २४, २०८१ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनलाई लिएर अहिले विभिन्न चर्चा परिचर्चा चल्न थालेका छन् । मूल संघमा आफनो समूहको नेतृत्वको लागि अहिले दलगत रुपमा उभिएका शुभेच्छुक संघहरु बिच निर्वाचन लिएर विभिन्न तानाबुना बुन्ने देखी निर्वाचन रणनीति कसरी तय गर्ने भनेर काठमाडौंका बिभिन्न स्थानहरुमा गोप्य एवं रणनीतिक भेलाहरु भै रहेका छन् ।
राजनीतिक दलका शुभेच्छुक संघका व्यवसायीहरु यसपाली चर्को प्रतिष्पर्धा हुने देखीन्छ । अहिले राजनीतिक रुपले नेपाली कांग्रेसको शुभेच्छुक संघको रुपमा उभिएको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एशोसिएसनमा आसन्न निर्वाचन लिएर व्यवासायीक नेताहरु बिच तिब्र प्र्रतिष्पर्धा भै रहेको छ । राजनीति रुपले कांग्रेसको महाधिवेशनमा हुँदा जसरी दुई तर्फी समूह देखीन्थ्यो । त्यस्तै समूह अहिले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एशोसिएसनमा देखीएको छ ।
अहिले एशोसिएसनमा देखीएको मूल बिवाद भनेको अध्यक्ष पदको लागि भएको छ । बर्तमान कार्यसमितीले जसै संघको अध्यक्षमा भुवनसिंह गुरुङलाई एशोसिएसनको आधिकारीक उम्मेदवारको रुपमा अगाडी सारे सँगै बिवादले उग्र रुप लिन थालेको छ ।
एशोसिएसनले संघको अध्यक्षमा गुरुङलाई उम्मेदवार बनाउने निर्णय सार्वजनिक गरे सँगै असन्तुष्ट पक्ष एवं अध्यक्ष पदका अन्य आकांक्षीहरुले गुरुङलाई उम्मेदवार बनाउने निर्णय नसच्याए संस्थाबाटै अलग्गिने चेतावनी दिन थालेका छन् । तर अहिले परिस्थितीले अर्कै मोड लिन पुगेको छ । आधिकारीक उम्मेदवार गुरुङको उम्मेदवारीको बारेमा सच्चाउने पहल गरिदिन भनि केही व्यवसायी नेताहरुले कांग्रेसका सभापति शेर बहादुर देउवा समक्ष निवेदन पेश गरेका गरेका छन् । २३ गते मंगलबार दर्ता १५७ नं को पत्र कांग्रेसको केन्द्रिय कार्यालयमो दर्ता गराएका छन् । पत्रमा आधिकारीक उम्मेदवार गुरुङको बिषयलाई लिएर पुर्नबिचार गर्न औल्याईएको छ ।
एशोसिएसनमा असंतुष्ट पक्षले बहुमत कार्यसमितिको निर्णय नमान्ने कार्यले एशोसिएसनको अगामी भविष्य कस्तो होला भन्ने कुरा पनि बाहिरीन थालेको छ । प्रजातान्त्रिक पद्धति मान्ने भन्दै अप्रजातान्त्रिक प्रक्रियाको निर्माण गर्न अहिले असन्तुष्ट पक्षहरु लागि रहेको एशोसिएसन सम्वन्ध एक सदस्य बताउँछन् ।
भने उता नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी कार्यसमितिको निर्वाचनका लागि व्यवसायीहरूबीच तामलेल र ध्रुवीकरण देखिन थालेको छ । कांग्रेसको शुभेच्क्षुक संस्था नेपाल

लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसन र नेकपा माओवादी केन्द्र निकट नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चबीच चुनावी तालमेलको सहमति भएको छ ।उता अध्यक्षमा भुवनसिं गुरूङसहित प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव र केही सदस्य गरी ९ पदको उम्मीदवारी टुंगो लगाएको एशोसिएसनले पनि आफ्नो प्रचारप्रसारको कार्यक्रमलाई निरन्तरता दिएको बताएको छ । महासचिव पदका उम्मेदवार महेशकुमार बस्नेतले निर्वाचनको मुखमा राजीनामा दिएपछि सो पदको लागि निर्णय हुन् बाँकी छ ।
असन्तुष्ट पक्षले बोलायो भेला
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी कार्यसमितिको निर्वाचन जति जति नजिकिंदै छ । एशोसियसनमा देखीएका विवादका स्वरहरु बाहिर निक्लिने क्रम जारी रहेको ।
यो समाचार लेख्दै गर्दा अहिले एशोसिएसनबाट असन्तुष्ट अध्यक्ष पदका ६ जना आकांक्षीले बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला राखेका छन् । सो समुहमा फ्युजन इन्टरनेशनल प्रा.लि.का सञ्चालक कुमुद खनाल, सोलार एचआर म्यानेजमेन्ट प्रा.लि.का सञ्चालक प्रज्ञान न्यौपाने, एलाइन्स ह्युमन रिसोर्स प्रा.लि.का सञ्चालक सुजितकुमार श्रेष्ठ, एसआरके ओभरसिज प्रा.लि.का सञ्चालक किशोरकुमार केसी, फेमस ह्युमन रिसोर्स प्रा.लि.का सञ्चालक चिरञ्जीवि बस्याल र नील कमल ह्युमन रिसोर्स प्रा.लि.का सञ्चालक मेघनाथ भुर्तेल लगायतको भेला जारी छ ।
उनीहरूले एशोसिएसनका पूर्वअध्यक्ष र पार्टीको नेतृत्वको साथ आफूहरूलाई रहेको दाबी गरेका छन् । एशोसिएसनको उम्मेदवारी छनोटमा देखिएको असमझदारी हटाएर नेपाली कांग्रेसले शुक्रबार साँझसम्म नयाँ निर्णय गर्ने अनुमान छ ।

अध्यक्ष थापाको पत्र
असन्तुष्टको पक्षको भेलालाई लिएर एशोसिएनका अध्यक्ष दिपक थापाले गम्भिर ध्यानाकर्षण पत्र जारी गरेका छन् । पत्रमा निर्वाचनलाई लिएर गरिएको बिवादको कुनै तुक नरहेको भन्दै हार्दिक आमन्त्रण गरि बोलाइएको भेला कथित गुटगत भेला मात्र भएको अध्यक्ष थापाले उल्लेख गरेका छन् । पत्रमा एशोसिएसनले उम्मेदवारको बारेमा निर्णय गर्दा प्रकृया अनुसार गरिएको भनिएको छ । यसरी एक्कासी भेला राखी व्यवसायीहरुको मनोवल गिराउने कार्यमा मात्र भएको भनि पत्रमा उल्लेख गरिएको छ । कार्यसमितीले गरेको निर्णयमा १ इन्च पनि तल माथि नहुने कुरा थापा द्धारा जारी गरिएको पत्रमा उल्लेख छ ।


सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र २६, २०८१६ किलो गाँजासहित एक विदेशी महिला पक्राउ
-
चैत्र २६, २०८१बुधबार मन्त्रालयमा आन्दोलनरत शिक्षक र सरकार बिच वार्ता हुँदै
-
चैत्र २६, २०८१तिलिचो तालबाट फर्कने क्रममा पर्यटकको मृत्यु
-
चैत्र २६, २०८१को हुन् उनीहरु ? : अनुसन्धानका क्रममा उनीहरू कुनै पार्टीमा आबद्ध नरहेको खुल्यो
लोकप्रिय
-
लोकप्रिय चैत्र २६, २०८१६ किलो गाँजासहित एक विदेशी महिला पक्राउ
-
लोकप्रिय चैत्र २६, २०८१बुधबार मन्त्रालयमा आन्दोलनरत शिक्षक र सरकार बिच वार्ता हुँदै
-
लोकप्रिय चैत्र २६, २०८१तिलिचो तालबाट फर्कने क्रममा पर्यटकको मृत्यु
-
लोकप्रिय चैत्र २६, २०८१को हुन् उनीहरु ? : अनुसन्धानका क्रममा उनीहरू कुनै पार्टीमा आबद्ध नरहेको खुल्यो
Comments