
दलिय संयन्त्र : निर्वाचनको प्राविधिक पक्ष भन्दा व्यवहारीक पक्षमा ध्यान दिनु पर्ने -प्यानल गठन- विवाद कायमै
- माघ २७, २०८१ मा प्रकाशित

सुधीर नेपाल,
काठमाडौं ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनको माहोल प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेस र नेकपा एमालेको पोल्टामा पुगेपछि व्यवसायी नेताहरुमा सन्तप्त(निकै तातेको) माहोल केही मत्थर भएको छ ।
आपसी द्धन्दमा बढि बिश्वास गर्ने शैलीको बिकास भएको नेपाली राजनीतिको पदचाप अहिले संघ संस्थाको लागि घोडाको लगाम भएको छ । बिना राजनीतिक पदचाप आफूमा केही नहुने सोच नै अहिलेको अवस्था हो ।
व्यवसायी नेताहरुको सन्तप्त शैलीले केही बिश्रामा लिए पनि निर्वाचनको माहोल सन्तप्त नै छ । धार अलग र सिद्धान्त एक भएका व्यवासायी हरुको भाले भिडन्त फागुनको पहिलो साता अर्थात २ गते हुँदै छ । त्यसमा पनि व्यवसायीहरु बिच निकै चर्चामा आएको कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एशोसिएसनका कर्मशिल व्यवसायीहरुको निर्वाचनलाई लिएर विभिन्न चर्चा परिचर्चा चले पनि अहिले निर्वाचनको लागि दुई समूहको निर्माण भएको छ ।
दुई समूह निर्माण भएपनि अहिले पनि विवाद कायमै नै छ । जसरी विवादका बिच एशोसिएसनमा दुई प्यानल बनाइएको यो प्यानलमा २९ गते सम्म परिवर्तन आउने सम्भावना रहेको एशोसिएसन निकट एक व्यवसायीले कासिन न्यूजलाई जानकारी दिए । सम्भावना र असम्भावना बिच खेलीएको निर्वाचन राजनीतिले व्यवसायीहरु बिच तिक्तता भने कायम गरेको छ । गएको निर्वाचनमा देखीएको आपसी बदलावको अहिले पनि देखीएको छ ।
कांग्रेसको पदचाप र नेताहरुको हत्केलाको धाप लिने चलन अहिले रोजगार व्यवसायी नेताहरुमा पनि देखीएको छ ।कांग्रेसका सभापति शेर बहादुर देउवा, महामन्त्री गगनकुमार थापा र नेता शेखर कोइरालाको पेरीफेरीमा अहिले एशोसिएसनका व्यवसायी नेताहरुले आफनो प्यानल खडा गरेका छन् । एशोसिएसनका पुराना र दिग्गज व्यवसायी नेताहरु चुनावी मैदान आ आफनो दलबल सहित उत्रिएका छन् ।
व्यवसायीहरु आफनो लगाम सत्तारुढ दलका प्रमुखहरुको पुगेकोमा केही दुखी त देखीएका छन् । तर केन्द्रिय राजनीतिक संयन्त्रको अगाडी आफनो दाल नलग्ने महसुस पनि व्यवसायी नेताहरुले गर्न थालेका छन् ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनेको ८ सदस्यीय संयन्त्रमा केही दिनयता मुलुकमा रेमिट्यान्स भित्र्याउन महत्त्वपूर्ण भुमिका खेल्ने वैदेशिक रोजगार क्षेत्रको नेतृत्व चयनको विषय प्रवेश गरेको सार्वजनिक भएको थियो ।

राजनीतिक संयन्त्रले संघको निर्वाचनको प्राविधिक पक्षमा मात्र सीमित नरहेर अहिले सम्म व्यवहारमा उर्तान नसकिएको प्रमाणित भएको फ्रि भिसा र फ्रि टिकटको निर्णय खारेजी, वैज्ञानिक रूपमा शुल्क निर्धारणसहित संख्या सय जना कामदार पठाउनुपर्ने बाध्यता, कूटनीतिक नियोगमा रहेको बेथिति अन्त्य र वैदेशिक रोजगारीमा जाने कामदार र व्यवसायी दुवैका लागि वैदेशिक रोजगार ऐन र नियमावलीमा रहेका झन्झटिला प्रावधानको खारेजी जस्ता विषयमा संयन्त्रले गंभीरताका साथ छलफल गरेर यसको निर्क्योल तर्फ लाग्नु पर्ने केही व्यवसायी नेताहरु बताउँछन् ।
सत्तारुढ दलले गरेको संयन्त्र दुई दिनको रामछाया भन्दा कालान्तर सम्म टिक्ने भएमा नेपालका वैदेशिक रोजगार व्यवसायीहरुको र रोजगारमा जानेहरुको लागि शुभलक्षणको बाटो खुल्ने पनि व्यवसायी नेताहरु बताउँछन् ।
गुरुङ पक्षको प्यानल
नेपाल वैदेशिक रोजगार व्यवसायी संघ कार्यसमितिको आगामी निर्वाचनका लागि नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले ७ पदाधिकारी र ८ सदस्य गरी १५ जनाको प्यानल सार्वजनिक गरेको छ ।
एसोसिएसनले अध्यक्षमा संघका पूर्व द्वितीय उपाध्यक्ष गुरुङ म्यानेजमेन्ट प्रा.लि.का संचालक भुवनसिंह गुरुङ, प्रथम उपाध्यक्षमा नोकरी नेपाल प्रा. लि.का संचालक नरेन्द्रप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा अलर्ट ओभरसिज प्रा. लि.का संचालक देवकुमार खोखाली, तृतीय उपाध्यक्षमा इम्प्लोइमेन्ट क्रियसन सर्भिस प्रा. लि.का संचालक हर्कबहादुर लिम्बू, महासचिवमा ग्लोबल राइजिङ प्लेसमेन्ट प्रा. लि.का संचालक महेशकुमार बस्नेतलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
त्यस्तै, सचिवमा आकृति रिक्रुटिङ प्रा. लि.का संचालक कुन्छा दोर्जे डिङ्दोङ र कोषाध्यक्षमा रोज ह्युमन रिसोर्स प्रा. लि.की संचालक सबिता कुमारी सिंह उम्मेदवार बनेका छन् । सचिवका उम्मेदवार दिमदोङ गणतान्त्रिक मञ्चका महासचिव हुन् । कार्यसमिति सदस्यमा शुभहारती म्यानपावर प्रा. लि.का संचालक विक्रम श्रेष्ठ, इम्पेरियल ओभरसिज प्रा. लि.की संचालक विद्यालक्ष्मी श्रेष्ठ, ब्रदर इन्टरनेसनल इम्प्लोइमेन्ट प्रा. लि.का संचालक दीपककुमार राय, हिमालयन भ्याली नेपाल प्रा. लि.का संचालक देवीप्रसाद गिरी, रसुवा ओभरसिज प्रा. लि.का संचालक सुवर्ण लामा, स्क्युर नेपाल प्रा. लि.का संचालक सुमनराज पाण्डे, युनिभर्सल एच. आर. सोलुसन प्रा. लि.का संचालक भरत सापकोटा र रिजा ओभरसिज प्रा. लि.की संचालका रेखा शर्मा उम्मेदवार बनेका छन् ।शुभहारतीका संचालक श्रेष्ठ वर्तमान कार्यसमितिका निर्वाचित सदस्य पनि हुन् ।
खनाल पक्षको प्यानल
एशोसिएसनको अर्को प्यानलमा फ्युजन इन्टरनेशनल प्रा.लि.का संचालक एवं संघका पूर्वप्रथम उपाध्यक्ष कुमुद खनालको नेतृत्वमा १७ सदस्यीय प्यानल सार्वजनिक भएको छ ।
उक्त प्यानलको प्रथम उपाध्यक्षमा सोलार एचआर म्यानेजमेन्ट प्रा.लि.का संचालक तथा एशोसिएसनका पूर्वअध्यक्ष प्रज्ञान न्यौपाने, द्वितीय उपाध्यक्षमा एलाइन्स ह्युमन रिसोर्स प्रा.लि.का संचालक तथा संघका पूर्वमहासचिव सुजितकुमार श्रेष्ठ, तृतीय उपाध्यक्षमा त्रिवेणी ओभरसिज कन्सर्न प्रा.लि.का संचालक लक्ष्मण पौडेल, महासचिवमा हाल संघका सचिव रहेका डाइनामिक स्टाफिङ सोलुसन प्रा.लि.का संचालक कर्णराज कटुवाल, सचिवमा अक्सन इन्टरनेशनल प्रा.लि.का संचालक ईश्वर सापकोटा र कोषाध्यक्षमा हाल एशोसिएसनकी कोषाध्यक्षको जिम्मेवारीमा रहेकी विनर एचआर सोलुसन प्रा.लि.की संचालक हिमा गुरुङ उम्मेदवार बन्ने सार्वजनिक गरिएको छ ।
कार्यसमिति सदस्यको उम्मेद्वारहरुमा शुभहारती मेनपावर प्रा.लि.का संचालक विक्रम श्रेष्ठ, उज्यालो ओभरसिज प्रा.लि.का संचालक चन्द्रप्रसाद लिम्बू, मार्स म्यानपावर प्रा.लि.का संचालक प्रकाश बोहोरा, सिल्भर कर्नर इन्टरनेशनल प्रा.लि.का संचालक कैलाश पाठक, राज ग्रुप अफ कम्पनीका संचालक राजकाजी भोलान, फाइन जब रिक्रुटमेन्ट प्रा.लि.का संचालक तोरण कार्की र एसएन रिक्रुटमेन्ट प्रा.लि.का संचालक विश्वास तिमिल्सिना उम्मेदवार बन्ने सार्वजनिक गरिएको छ ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र २६, २०८१६ किलो गाँजासहित एक विदेशी महिला पक्राउ
-
चैत्र २६, २०८१बुधबार मन्त्रालयमा आन्दोलनरत शिक्षक र सरकार बिच वार्ता हुँदै
-
चैत्र २६, २०८१तिलिचो तालबाट फर्कने क्रममा पर्यटकको मृत्यु
-
चैत्र २६, २०८१को हुन् उनीहरु ? : अनुसन्धानका क्रममा उनीहरू कुनै पार्टीमा आबद्ध नरहेको खुल्यो
लोकप्रिय
-
लोकप्रिय चैत्र २६, २०८१६ किलो गाँजासहित एक विदेशी महिला पक्राउ
-
लोकप्रिय चैत्र २६, २०८१बुधबार मन्त्रालयमा आन्दोलनरत शिक्षक र सरकार बिच वार्ता हुँदै
-
लोकप्रिय चैत्र २६, २०८१तिलिचो तालबाट फर्कने क्रममा पर्यटकको मृत्यु
-
लोकप्रिय चैत्र २६, २०८१को हुन् उनीहरु ? : अनुसन्धानका क्रममा उनीहरू कुनै पार्टीमा आबद्ध नरहेको खुल्यो
Comments