
अन्तर्मुख स्वाभाव : राजनीतिक यात्रामा बिवादमुक्त हस्तिको पहिचान
- फाल्गुन ८, २०८१ मा प्रकाशित


कांग्रेस सभापति हुँदै प्रधानमन्त्री बन्ने सोच-आफ्ना कुरासँगै सधैं लालीगुँरासको थुंगा
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का कम बोल्ने र अकलमन्द(बुद्धिमान) व्यक्तिको रुपमा बाहिरी राजनीतिक बृत्तमा चिनिने गरेका छन् । बिधार्थीकाल देखी राजनीतिक यात्राको सुरुवात गरेका उपसभापति खड्काले कांग्रेसको राजनीतिमा स्व सन्त नेता कृष्ण प्रसाद भट्टराईको पूर्ण स्कूलिङ पाएका थिए ।राजनीतिक यात्रामा बिवादमुक्त हस्तिको पहिचान बनाएका उपसभापति खड्कामा बिवादको भूमरीबाट टाढै रहने स्वभाव रहेको छ ।
राजनीतिक यात्रामा अहिले सभापति शेरबहादुर देउवाको अन्तरंग (भित्रीया) हस्तिको रुपमा उपस्थित भएका उपसभापति खड्का सभापति देउवाको जोडबलमा विभिन्न पदमा पुगीरहेका छन् । कांग्रेस प्रजातान्त्रिक हुँदै सभापति देउवासँग निकट भएका अरू नेताहरूको सभापति देउवासँग दूरी बढेका बेला खड्काले पछिल्लो समय सभापति देउवासँग झन् नजिक भएर काम गरिरहेका छन्।सभापति देउवाले पनि उपसभापति खड्कालाई राम्रै भरोसा गर्ने उनी निकट नेताहरु बताउँछन् ।
राजनीतिक पदलाई भन्दा पनि पार्टीको काममा क्रियाशिल रहने स्वाभाव भएका उपसभापति खड्का कांग्रेसको १५ औं महाधिवेशनमा सभापतिको दावेदारको रुपमा अगाडी आइरहेका छन् । पछिल्लो १८ वर्षयता मन्त्री नबनेका खड्काले पछिल्लो गठबन्धनमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारमा कांग्रेसको नेतृत्व गर्दै उपप्रधान तथा रक्षा मन्त्रालय सम्हालेका थिए ।
त्यसअघि भने उनले पटक–पटक गरी ७ पटक गृहसहित विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।खड्का २०५५ वैशाख देखि २०५५ भदौसम्म युवा, खेलकुद तथा संस्कृति र जनसंख्या तथा वातावरण मन्त्री भएका थिए। २०५५ पुस १० देखि २०५६ जेठ १६ सम्म उनी वाणिज्य, युवा तथा खेलकुद तथा संस्कृति मन्त्री बनेका थिए।२०५६ जेठ १७ देखि २०५६ असार १५ गतेसम्म सूचना तथा सञ्चार र उद्योग मन्त्री भएका खड्का २०५६ असार १६ देखि २०५६ चैत ७ गतेसम्म उनी गृहमन्त्री भएका थिए।

२०५८ कात्तिक २ देखि २०५९ असोज २५ गतेसम्म उनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भएका थिए। खड्का २०६१ असार २१ देखि २०६१ माघ १९ गतेसम्म पनि गृहमन्त्री थिए।‘मन्त्रीभन्दा माथि भगवान, मेरो भाग्य तथा जनताको आशिर्वाद! ‘म अहिले पनि उनी यही कुरामा दृढ छन् ।
आफ्नो गृहजिल्ला सुर्खेतका कांग्रेस नेता, कार्यकर्तालाई खड्काले आफ्नो दृष्टि अब कांग्रेस सभापति हुँदै प्रधानमन्त्री बन्नेमा रहेको बताउने गरेका छन्। खड्का कांग्रेसको १५ औं महाधिवेशनमा सभापति उठ्ने तयारीमा रहेको उनी निकटहरू दाबी गर्छन् । १४ औं महाधिवेशनमा खड्का उपसभापतिमा निर्वाचित भएका थिए।
खड्का अड्कलेर बोल्छन्। प्रायः खुलेर लामो समय कुराकानी गर्ने स्वभाव खड्कामा नभएपनि विषयवस्तुलाई छोटकरीमा सरल ढंगबाट बुझाउन सक्ने क्षमता उपसभापति खड्का राख्छन् ।
२०४४ देखि २०४८ सम्म कांग्रेस सुर्खेत सभापति रहेका खड्का केन्द्रीय राजनीतिमा सक्रिय छन्। २०४८ देखि लगातार सुर्खेतबाट चुनाव जित्दै आए पनि २०७४ मा पराजित भएका थिए । उनी गत मंसिरमा फेरि सुर्खेत १ बाट निर्वाचित भएका थिए।
राजनीतिक परिस्थिति बदलिएका बेला तथा गठबन्धनका बैठकले महत्वपूर्ण निर्णय गर्दा ट्वीट र फेसबुकबाट पनि आफ्ना कुरा राख्ने गर्छन्। रोचक के छ भने उनले आफ्ना कुरासँगै सधैं लालीगुँरासको थुंगासमेत पोस्ट गर्ने गरेका छन्। आफनो हरेक पोस्टमा किन लालीगुँरास राख्छन भन्ने मानिसहरूलाई जिज्ञासा लाई भने उनी यसबारे थप व्याख्या चाहदिंन , किन राखेको मैले आफैंलाई त व्याख्यासहित भनेको छैन!’अरुलाई के भनौ ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र २६, २०८१६ किलो गाँजासहित एक विदेशी महिला पक्राउ
-
चैत्र २६, २०८१बुधबार मन्त्रालयमा आन्दोलनरत शिक्षक र सरकार बिच वार्ता हुँदै
-
चैत्र २६, २०८१तिलिचो तालबाट फर्कने क्रममा पर्यटकको मृत्यु
-
चैत्र २६, २०८१को हुन् उनीहरु ? : अनुसन्धानका क्रममा उनीहरू कुनै पार्टीमा आबद्ध नरहेको खुल्यो
लोकप्रिय
-
लोकप्रिय चैत्र २६, २०८१६ किलो गाँजासहित एक विदेशी महिला पक्राउ
-
लोकप्रिय चैत्र २६, २०८१बुधबार मन्त्रालयमा आन्दोलनरत शिक्षक र सरकार बिच वार्ता हुँदै
-
लोकप्रिय चैत्र २६, २०८१तिलिचो तालबाट फर्कने क्रममा पर्यटकको मृत्यु
-
लोकप्रिय चैत्र २६, २०८१को हुन् उनीहरु ? : अनुसन्धानका क्रममा उनीहरू कुनै पार्टीमा आबद्ध नरहेको खुल्यो
Comments