•  २६ चैत्र २०८१, मंगलवार

भिखमगुवा शैली : बिकासमा नाममा आउने अनुदानलाई पचाउनेहरु बढे

- फाल्गुन ११, २०८१ मा प्रकाशित


सुधीर नेपाल

अनुदान रकमलाई आफनो खल्तीमा राख्ने परिपाटीको बिकास

राजनीतिक धर्मले गति छोडेको मुलुकको रुपमा बिकसीत हुँदै गइरहेको नेपाल अहिले विभिन्न मुद्दाहरुमा अल्झिरहेको छ । देशमा विभिन्न बिकासमा नाममा आउने अनुदानहरुलाई विभिन्न चर्चा परिचर्चा हुने गरेका छन् ।बिशेषत अहिले बजारमा सविधान निर्माणको क्रममा आएका अनुदानलाई लिएर हल्लीखल्ली मच्चिन थालेको छ । अरबौ रुपैंया अनुदान आउँदा पनि नेपाल र नेपाली शैली जहिले पनि भिखमगुवा छ । अमेरिकी सहयोग नियोग यूसआइडीले नेपाललाई दिएको सहयोग रकम कता गयो भन्ने कुरा अहिले ठूलो चासोको बिषय भएको छ ।

बिशेषत कृषि क्षेत्रमा लगानीको हिसाबले आएको अनुदानलाई लिएर ठूलै हल्ला चलेको छ ।अनुदान रकमलाई आफनो खल्तीमा राख्ने परिपाटीको बिकास भएको नेपालमा यस्ता अनुदानहरुको हिसाबकिताब राख्ने संस्थाहरुले रकमकोे अपचलन गरेको पाइन्छ । यसरी अपचलन गरेको रकमको बारेमा बुझ्ने फुर्सद न सरकारलाई छ न सम्वन्धित निकायलाई ।

उता राजनीतिक तानाबुनाको अगाडी प्रधानमन्त्री केपी शर्मा ओलीलाई कसैले पनि भेट्न नसक्ने प्रशस्त उदाहरणहरु बाहिर आउने गरेका छन् । उखान टुक्का र बोली आफना स्थानमा छन् । अब प्रधानमन्त्री ओलीको नेतृत्वको सरकारले देशमा घटेका बिधमान समस्याहरुको स्थायी समाधान तर्फ ध्यान दिनुपनि जरुरी देखीएको छ । माथि भनिएका अनुदानका बारेमा छानविन हुनु जरुरी भै सकेको छ । सधै मगन्ते शैलीमा देशलाई हाँक्ने प्रथालाई निर्मूल गर्ने तर्फ लाग्नु पनि जरुरी भै सकेको छ ।

प्रधानमन्त्री ओली र सभपति देउवा

देशमा देखीएका आर्थिक, बेरोजगारीता जस्ता जटिल समस्याहरुको समाधान तर्फ प्रधानमन्त्री ओली नेतृत्वको सरकारको आँखा जानु मुख्य बिषय पनि हो । यसर्थ राजनीति खराब हुँदा हुँदै पनि राज्य संचालनका लागि अपरिहार्य हुन्छ । यसो भन्दैमा राजनीति त्यति खराब विधा पनि हैन, यसका केही नैतिक मूल्य, मान्यता, आदर्श र उद्देश्य अवश्य हुन्छन् । राजनीतिमा चाणक्य चतुरता, छलछाम, तिकडम, धुर्तता र बठ्याई अवश्य हुन्छ, तर त्यसको पनि एउटा नैतिक सीमा, मर्यादा र समझदारी हुन्छ ।

हाम्रो राजनीतिका खेलाडीहरुले इमान्दारीको न्यूनतम मापदण्ड पनि पुरा गर्न छाडेका छन् । विश्वासको सामान्य आधार पनि खडा गर्न असमर्थ छन् । धोकाधडी अहिले नेपाली राजनीतिको मूल चरित्र बन्न पुगेको छ ।नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री ओलीले ध्यान दिनु जरुरी छ । नेपाली कांग्रेस र एमाले नै तेस्रो दलको चुरीफुरी समाप्त गर्ने र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सेखी झार्न संसद्को बाँकी कार्यकाल सरकारको नेतृत्व आलोपालो गर्न राजी भएका थिए । शर्त अनुसार १५ महिनापछि प्रधानमन्त्री ओलीले फेरि कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्नुपर्ने सहमति छ ।
प्रधानमन्त्री ओलीका राजनीतिक जीवनका यात्रामा यस्ता घटनाहरुलाई सामान्य रुपमा लिने गरिन्छ । हुन् राजनीति गर्नेको एउटा बानी नै हुन्छ । त्यो हो बोलीले मिठो बोल्ने भित्री आत्मामा कुण्ठा जगाउने । प्रधानमन्त्री ओलीमा जाग्यो भने अब चाँही नेपाली जनमानसले राजनीतिक दलका नेतृत्व माथि बिश्वास गर्ने कुनै बाटो रहने छैन् । त्यसैले प्रधानमन्त्री ओलीले सादुवादको नेतृत्व गर्नु पनि जरुरी देखीन्छ ।

नेपालको राजनीतिक हिसाबकिताबमा जोड घटाउको खेलोमा प्रफेक्ट मानिएका म्याथम्याटिक्सका चतुर खेलाडीको उपमा पाएका प्रधानमन्त्री ओली जहिले पनि नेपाली राजनीतिलाई आफ्नै वरिपरी घुमाउन सक्ने क्षमता भएका राजनीतिक पुरुष हुन् । अहिले जसरी प्रधानमन्त्री ओलीले राजनीतिक दलका बरिष्ठ राजनेता हरुलाई दौडाई रहेका थिए । त्यसले नेपालको राजनीतिक भविष्य कसको हातमा रहेछ भन्ने कुराको राम्रै संकेत गथ्र्यो ।

तर संकेतलाई परिणाम दिन प्रधानमन्त्री ओली एक्लैले गर्न नसक्ने भएकोले ओलीले देउवालाई आफनो चेपुवामा राम्ररी अल्झाएका थिए । किन कि यी दुबै सत्ता र शक्ति बिना एक मिनेट पनि टिक्न नसक्ने पुरुषहरु हुन् । प्रधानमन्त्री ओली पनि मौकाको खोजीमा लागिरहने राजनीतिज्ञ हुन् । माओवादी केन्द्रका अध्यक्ष दाहालले अल्झाएका धागोलाइ प्रधानमन्त्री ओलीले चुढ्न त सफल भए तर यो सफलतालाई कसरी प्रयोग गर्ने भन्ने मौका पनि ओलीको हातमा छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर