•  २६ चैत्र २०८१, मंगलवार

सभापतिको दावेदार : वाककलाई आख्यानक(छोटो कथामा) सुनाएर कार्यकर्ताहरु मोहित पार्न सक्ने गुण

- फाल्गुन १५, २०८१ मा प्रकाशित


 

सुधीर नेपाल

 

महामन्त्री थापाले आफनो जोडघटाउ देखी भित्री चलखेलहरु सुरु गरि सकेको उनी निकट नेताहरु बताउँछन्

२०४६ सालको जनआन्दोलन चलिरहेको थियो । काठमाडौंका बिधालयहरुमा आन्दोलनका ज्वारभाटहरु देखा पर्दै थिए । बिधालय बिधालयबाट बिधार्थी आन्दोलनको लागि ठूलै लर्को लाग्न थालेको थियो ।त्यही बिधार्थीहरुको एउटा समूहमा एउटा धुरन्धर युवाको उत्पत्ति भयो । जसको वाक कला नै उसको राजनीतिक यात्राको दरिलो माध्यम बन्न पुग्यो । आफनो वाक कलाले उसले त्यो समयमा एउटा गतिलो युवा नेतृत्वकर्ताको संज्ञा पाउन थालिसकेको थियो ।

वाककलाई आख्यानक(छोटो कथामा) सुनाएर आफना कार्यकर्ताहरुलाई आफूतर्फ आर्कषण गराउन सक्ने क्षमता पनि उनमा थियो ।त्यो समयमा भर्खर ९ कक्षामा पढ्दै गरेको त्यो युवा नेतृत्व थियो अहिले नेपाली कांग्रेसका महामन्त्री रहेका नेता गगनकुमार थापा । कांग्रेस भित्र रुपान्तरणको पक्षपाती रहेका महामन्त्री थापाको गुण भनेको मिठो बोली र जोडको वाक कला ।

महामन्त्री भएपछि पार्टीको कामको कार्यव्यस्तताले हो । अर्को राजनीतिले गर्दा उनलाई आफना कार्यकर्ताहरुको दायरा हेरफेर गर्नु परेको छ ।काठमाडौंको राजनीतिक छात्रबासमा आफनो दिन रात बिताएका महामन्त्री थापाले जसरी जनमानसहरुलाई आफनो वाककलाको माध्यमले आफूतिर तानेका छन् । त्यसको दाँजोमा उनले आफैले दिएको बचनलाई जनता माझ लान भरम्गदुर प्रयास गरिरहेका छन् ।

अहिले राजनीतिक दलका नेताहरु नयाँ र पुराना जोगीहरुको कुरा गर्न थालेका छन् । महामन्त्री थापाले पनि आफनो प्रत्येक भाषणहरुमा नयाँ र पुराना जोगीहरुको कुरा बेला बेलामा उठाउने गर्छन् ।दोस्रो सविधान सभामा कृषि तथा जलस्रोत समितिको सभापति को प्रभावशाली भूमिका निर्वाह गरेका महामन्त्री थापा एक सभासद को रूपमा सदा चर्चाको शिखरमा रहे ।

महामन्त्री थापा

समाजशास्त्र तथा मानवशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका थापाले २०५९ साल देखि २०६१ सालसम्म नेविसंघको महामन्त्री भएर काम गरेका थिए । काँग्रेसका महामन्त्री थापा राजाको सक्रिय शासनका बेला कांग्रेस पार्टी भित्र गणतन्त्रको आवाज प्रखर रूपमा उठाउने युवाको रूपमा परिचित थिए । दर्जनौ पटक हिरासतमा परेका महामन्त्री थापाले संविधान सभामा दलहरू बीचमा सहमति बनाउने प्रमुख खेलेका थिए ।

त्रिचन्द्र क्याम्पसबाट आफनो राजनीतिक यात्रा सुरु गरेका महामन्त्री थापा नेविसंघको सदस्य महामन्त्री सम्म भएका थिए । २०५१ सालमा उनी त्रिचन्द्र स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भएका थिए । त्यसपछि उनले राजनीति मार्फत नै अघि बढ्ने अठोट गरे । त्रिचन्द्र स्ववियुमा सदस्य सचिव हुँदै सभापति बने । २०५५ सालमा स्ववियु सभापति भएपछि नेविसंघको केन्द्रीय राजनीतिमा उनी उदाए ।

नेबिसंघको उपाध्यक्ष हुँदै महामन्त्री बनेका महामन्त्री थापाले जीवनमा पहिलो पटक २०५१ सालमा हिरासत परेका थिए ।त्यतिबेला एमालेको अल्पमतको सरकार थियो। गृहमन्त्री केपी ओली थिए। नेविसंघले नेपाल बन्द आह्वान गरेको थियो। त्यसपछि उहा ८, १० पटक जेल परेका थिए ।माघ १९ पछि पनि महामन्त्री थापालाई राजद्रोहको मुद्दाले छोडेन । हाल कांग्रेसका महामन्त्रीको रुपमा रहेका थापा पनि कांग्रेसको १५ औं महाधिवेशनमा सभापतिको पदकोे प्रवल दावेदारको रुपमा अगाडि आएका छन् ।

प्रचण्ड मन्त्रिपरिषद स्वास्थ्य मन्त्री बनेका महामन्त्री थापाले कांग्रेस भित्र संस्थापन इतरको नेतृत्व गर्दै आएका छन् । इतर जुन भएपनि अहिले महामन्त्री थापाको प्रथम दाउ भनेको भावि सभापति नै हो । जसको लागि महामन्त्री थापाले आफनो जोडघटाउ देखी भित्री चलखेलहरु सुरु गरि सकेको उनी निकट नेताहरु बताउँछन् ।

What’s your Reaction?
+1
4
+1
5
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर