•  २६ चैत्र २०८१, मंगलवार

गुमेको बिरासत फर्काउने लडाँई : कांग्रेसको मण्डली(समाज)मा सहज प्रवेश गरेका कुशाग्रबुद्धिका धनी डा.कोइराला

- फाल्गुन २१, २०८१ मा प्रकाशित


सुधीर नेपाल

नेपाली राजनीतिमा डा. शेखर कोइराला पहिचानका पात्र हुन् । सरल निडर स्वभाव र प्रखर वाक कला उनमा भएको गुण हो ।भने उनमा रहेको कुशाग्रबुद्धि(तीक्ष्ण बुद्धि)ले उनको राजनीतिक यात्रालाई साथ दिइरहेको छ । अहिले कोइरालाको यिनै गुणले राजनीतिक मुकामलाई अगाडी बढाई रहेको छ ।पेशाले चिकित्सक रहेका कोइरालाले आफनो जिवनको केही समय चिकित्सक पेशालाई दिएका थिए ।

पारिवारीक पृष्ठभूमी राजनीतिक भएकोले पनि होला डा.कोइरालालाई नेपाली कांग्रेसको राजनीतिक मण्डली(समाज)मा प्रवेश गर्न त्यति असहज भएन । उता आमा स्वर्गीय नोना कोइरालाको राजनीतिक प्रभाव पनि त्यतिकै रहेको थियो डा. कोइरालामा ।नेपालको सबैभन्दा प्रमुख राजनीतिक परिवारहरू मध्ये एक हो कोइराला परिवार । जसको कारण पनि डा. कोइरालालाई राजनीतिमा हाम फाल्न सहज भएको थियो ।

कांग्रेसलाई एकताको संन्देश दिने पूर्ण बाचाको साथ लागेका डा.कोइराला सभापति शेर बहादुर देउवाको हातमा गएको कांग्रेसको बिरासतलाई कोइराला परिवारमा फर्काउने दाउमा लागेका छन् । तर अहिलेको परिस्थितीमा त्यो त्यति सहज देखीदैन ।अहिले पनि कांग्रेस देउवा र कोइराला समूहमा विभाजित भइरहेको छ । विगतमा पनि देउवा र कोइरालामै राख्न खोजिएको थियो । सभापति देउवा र बिपी पुत्र शशांक कोइरालाको समीकरणले पार्टीमा देउवा–कोइराला समानान्तर सत्ता रहन्छन् भन्ने अनुमान थियो ।

डा.शेखर कोइराला

तर शशांकको बुताबाट कांग्रेसमा कोइरालाहरूको विरासत धानिएन । शशांक केबल सभापति देउवाका एक ‘फाइटर प्रडक्ट’ जस्ता भएर उभिए । १४औं महाधिवेशनमा दाजु शेखर र सभापति शेरबहादुर देउवा दुवैको प्यानलमा केन्द्रीय सदस्य रहेका शशांकले महाधिवेशन स्थलमा उभिएर भने, ‘मलाई चारै ओटा समूहले मन पराए ।’ यस्ता ढुलमुले, अस्थिर, सांगठनिक र वैचारिक क्षमता कमजोर भएका, कुनै उर्जा बाँकी नभएर शिथिल भएका र जतासुकै पनि घुलनशील भइहाल्ने शशांकबाट कोइराला परिवारको विरासत डा. कोइरालामा सरेको अनुभव गरिए पनि सभापति देउवाको राजनीतिको अगाडि यो धुमील नै छ ।

डा.कोइरालाले युवा नेताहरूसँग मिलेर गठबन्धन (कोइराला) गठन गरे उपसभापति धनराज गुरुङ , महामन्त्री गगन कुमार थापा, सहमहामन्त्री जीवन परियार र बद्री पाण्डेको साथ डा. कोइरालालाई रहेको छ । तर अहिले परिस्थिती अलि बेग्लै छ । बर्तमान महामन्त्री रहेका थापा आफै सभापतिकोे दावा गरिरहेका छन् । महामन्त्री थापामा गुटबदलीको आभाहरु देखीन थालेको छ । सभापति देउवाको गुटमा उभिएर कांग्रेसको सभापति हत्याउने दाउमा महामन्त्री थापा रहेको गाइगुँई सुनिन थालिएको छ ।

साच्चै यस्तै समिकरण बन्न गयो भने डा.कोइरालाको सभापति बन्ने चाहना तुहिन पनि सक्छ । कांग्रेसको केन्द्रिय सदस्य रहेका डा.कोइराला सांसद पनि हुन् । डा. कोइरालाले पहिले स्वायत्त स्वास्थ्य विज्ञान विश्वविद्यालय, बीपीकेआईएचएसको उपकुलपतिको रूपमा काम गरेका थिए भने वीर अस्पताल, कोशी अञ्चल अस्पतालमा चिकित्सकको रुपमा काम गरेका थिए ।

डा.कोइरालाले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पार्टी सभापति पदको लागि उम्मेदवारी दिएका थिए जसमा उनी दोस्रो चरणमा शेरबहादुर देउवासँग पराजित भएका थिए।एमाले नेतृत्वको गठबन्धन सरकारले भ्रष्टाचारलाई संस्थागत गर्नुका साथै कालोबजारी, मूल्यवृद्धि, कृत्रिम अभाव र कुशासनलाई सहज बनाएको छ सत्ताधारी दलका नेता भएपनि डा. कोइराला सरकार बिरुद्धको अभिब्यक्ति भने बेला बखत दिइरहन्छ ।

डा.कोइराला कांग्रेसभित्र जबर्दस्त नेता हुन् त्यसमा दुईमत छैन । नेतृत्वको कर्तव्य पनि हो– नेतृत्व विकासको अवसर दिनु तर अवस्था र राजनीतिक बातावरण भने डा. कोइरालालाई गुमेको बिरासत फर्काउन मुस्किल नै देखीन्छ ।केन्द्रीय सदस्य रहेका डा. कोइरालालाई सम्मानजनक हैसियत सहित कोइराला परिवारको विरासतमा स्थापित जसरी गरिएको छ । त्यसको दाँजोमा डा.कोइरालाले आफनो मत तान्न नसकेको उनी निकट नेताहरु बेला बेलामा बताउने गरेका छन् ।कांग्रेस पुनः देउवा र कोइराला समूहमा विभाजित भइरहेको छ ।

 

 

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर