•  २६ चैत्र २०८१, मंगलवार

पर्दा पछाडिको खेलाडीको रुपमा आफूलाई उभ्याएर राप्रपाको काँधमा बन्दुक राख्दै पूर्व राजा ज्ञानेन्द्र

- फाल्गुन २२, २०८१ मा प्रकाशित


सुधीर नेपाल

देशमा फेरी सडक नाट्य प्रर्दशनको मौसम सुरु भएको छ । देशमा राजा फर्काउने अभियान स्वरुप बुधबार देखी देशमा राजावादीहरुको गर्मी सुरु भएको छ ।बिपक्षी पंक्तीको अग्रभागमा रहेर सरकारको बिरोध मात्र गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रमुख सचेतक ज्ञानेन्द्र शाही देखी चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाई अहिले राजा फर्काउ अभियानमा लागेका छन् ।

पूर्व राजा ज्ञानेन्द्र शाहलाई जनताले सिधा लखेटेका भने पक्कै होइनन । देश र जनताको लागि आवश्यक काम भन्दा राजनीतिक दलहरुको पछि लागेकाले त्यो बेलाको अवस्था सिर्जना भएको भन्दा फरक नर्पला ।संबिधान भन्दा माथि रहेको पदलाई स्वभाविक रुपमा जनताको नासो जनतालाई भन्दै पत्रकार सम्मेलन गरेर गद्दी त्याग गरेका पूर्व राजा ज्ञानेन्द्र शाहलाई पनि ज्ञान हुनु पर्ने हो जहिले पनि अवस्था आफूले सोचे जस्तो पक्कै हुँदैन भनेर ।

राज्यको सम्पूर्ण पावर आफनो हातमा लिएर त्यति बेला प्रधानमन्त्री पदको लागि सूचना प्रकाशित गरेर प्रधानमन्त्री पदको धज्जी उढाएको पनि पूर्व राजा ज्ञानेन्द्रलाई ज्ञान हुनै पर्छ ।राज्य सञ्चालनको क्षेत्र देखी प्रशासनको क्षेत्रमा दाग लागेकाहरुको भिड बोकेर राज्यसत्ता आफनो हातमा लिन खोज्नु पनि पूर्व राजाको लागि दरबारबाट बाहिरीनु पहिले पाठ थियो । एउटा देशको राजामा राज्य सञ्चालन सम्वन्धि ज्ञान थिएन भन्दा अलि उदेक नै लाग्ला ।

पूर्व राजा ज्ञानेन्द्र शाह

तर परिस्थिती आफनो बिपरीत आउन थाले पछि पूर्व राजा ज्ञानेन्द्रले जनताको नासो जनतालाई भन्दै जनतालाई भार बोकाएर दरबार छोडेका थिए ।अहिले तिनै राजालाई फेरी राज्यको गन्ध आउन थालेको छ । भनिन्छ बिगतकाल देखी नै राजा भनेको अरुलाई लडाएर आफू हिरो हुने स्वभावका हुन्छन् । त्यसैको परिपञ्च अहिले पूर्व राजा ज्ञानेन्द्र गर्न थालेका छन् । पर्दा पछाडिको खेलाडीको रुपमा आफूलाई उभ्याएर राप्रपाको काँधमा बन्दुक राख्न थालेका पूर्व राजा ज्ञानेन्द्रलाई यति कुराको ज्ञान हुनुपर्ने हो देशमा सधैं तमासा देखाएर केही हुँदैन ।

कस्तो हुन्छ यो सडक नाट्य ? राजनीति देखी निकै टाढा रहनेहरुलाई पनि थाहा हुने कुरा हो फेरी सुरु हुन् थालेको सडक नाट्यको प्रमुख पात्र भनेको चर्चित मेडिकल व्यवसायी, गणतन्त्र र लोकतन्त्रका घोर बिरोधी राजतन्त्रका दमदार पक्षपाती भएका प्रसाईँ हुन् । जो आफनो स्वार्थ सिद्धीको लागि जे पनि गर्न तयार हुन्छन्
मौकापरस्त व्यक्ति छवि बनाएका प्रसाँई सामाजिक सञ्जाल र सत्ताधारी दलहरुलाई तथानाम गाली गरेर राजा फर्काउने अभियानमा लागेका । तर यो उनको दिवासपना मात्र हुनेछ ।

राज्यको ब्यवस्था परिवर्तन भनेको सानो र चानचुने कुरा होइन । तर राप्रपा जस्तो बैभवशाली र पुराना सत्ताधारी नेतृत्वको छत्रछायाँमा रहेको दलले देशको अवस्था र परिस्थिती नबुझी प्रसाँई जस्ता छदमभेषी ब्यक्तिलाई साथ लिएर हिड्नु पतनको अर्को पथ हो भन्दा फरक नर्पला ।त्यस्तै राप्रपा प्रमुख सचेतक रहेका शाहीलाई पढेलेखेका मूर्ख भन्दा फरक नर्पला ।

आफना हरेक वाकमा अरुलाई गाली गर्ने भन्दा उनमा केही गुण छैन भन्ने कुरा उनले बोल्ने बोलीहरुले प्रमाणित गरिसकेको छ । प्रमुख सचेतक शाहलाई राम्रै ज्ञान होला । ब्यवस्था परिवर्तन मूल थलो भनेको देशमा कायम भएको निर्वाचन प्रणाली हो । शाहीलाई ज्ञात होला आफू पनि त्यही प्रणाली मार्फत प्रतिनिधीसभामा प्रवेश गरेको भन्ने ।

शाहीलाई जनताको अगाडि वाककला देखाउने ठूलो भूत सवार भएकोले पनि उनी सदन भन्दा सडकलाई धेरै माया गर्छन । उनको सडक प्रतिको मायाले सडकमा बसेर दुख गर्ने र अन्य जनमानसलाई कति सास्ती हुन्छ त्यो पनि बुझ्छन शाहीले । त्यसैले औचित्यहिन सडक संर्घषको माध्यमबाट राजा आउँछन र राप्रपाको मान बढ्छ भन्नु अर्को दिवास्वन हो ।

 

What’s your Reaction?
+1
2
+1
0
+1
1
+1
0
+1
0
Comments

सम्बन्धित खवर