

कासिन न्यूज,
काठमाडौं ।
नेपालको फिफा महिला वरीयतामा सुधार भएको छ ।विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले शुक्रवार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपालले ४ स्थान सुधार गरेको हो ।नयाँ वरीयता अनुसार नेपाल ९९औं स्थानमा छ । यसअघि नेपाल १ सय ३औं स्थानमा थियो । एसियाली राष्ट्रमा १९औं स्थानमा रहेको नेपाल दक्षिण एसियाली (साफ) राष्ट्रमा भने दोस्रो स्थानमा यथावत छ ।
नेपालले पछिल्लोपटक फागुन १४ घरेलु मैदानमा सम्पन्न फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपमा ४ खेल खेलेको थियो ।नेपालले फाइनलसहित म्यानमारसँग २ र लेवनान र किर्गिस्तान रिपब्लिकसँग खेलेको थियो । लेबनान र किर्गिस्तान समान १–० ले हराएको नेपालले म्यानमारलाई लिग चरणमा २–२ गोलको बराबरीमा रोक्दा फाइनलमा भने २–० ले पराजित हुन भएको थियो ।
फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको च्याम्पियन म्यानमार ५५औं स्थानमा यथावत छ । विश्व वरीयतामा ६९औं स्थानमा रहेको भारत दक्षिण एसियामा शीर्षमा छ । एक स्थान सुधार गरेको भुटान १ सय७१औं स्थानमा छ ।
विश्व वरीयतामा शीर्ष चारसम्म कुनै परिवर्तन भएको छैन । अमेरिका शीर्ष स्थानमा यथावत छ । स्पेन, जर्मनी र इंग्ल्यान्ड क्रमशः दोस्रोबाट चौथो स्थानमा यथावत छ ।
तीन स्थान सुधार गर्दै जापान शीर्ष पाँचमा पुगेको छ । स्विडेन, क्यानडा र ब्राजिल एक स्थान तल झर्दै छैटौं, सातौं र आठौं स्थानमा छ । उत्तर कोरिया नवौं र नेदरल्यान्ड्स शीर्ष १० मा छ ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र ३०, २०८१अन्तिम खेलमा शनिबार नेपालले आयोजक हङकङको सामना गर्दै
-
चैत्र ३०, २०८१सुप रेष्टुरेन्ट एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा जुवाडे पक्राउ
-
चैत्र ३०, २०८१के कस्तो छ शनिबार तरकारी,फलफूल तथा मासुजन्य दैनिक उपभोग्य बस्तुहरुको अवस्था ?(मूल्य सूची सहित)
-
चैत्र ३०, २०८१रोजगार व्यवसायी संघको नयाँ नेतृत्वमा गुरुङ
लोकप्रिय
-
लोकप्रिय चैत्र ३०, २०८१अन्तिम खेलमा शनिबार नेपालले आयोजक हङकङको सामना गर्दै
-
लोकप्रिय चैत्र ३०, २०८१सुप रेष्टुरेन्ट एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा जुवाडे पक्राउ
-
लोकप्रिय चैत्र ३०, २०८१के कस्तो छ शनिबार तरकारी,फलफूल तथा मासुजन्य दैनिक उपभोग्य बस्तुहरुको अवस्था ?(मूल्य सूची सहित)
-
लोकप्रिय चैत्र ३०, २०८१रोजगार व्यवसायी संघको नयाँ नेतृत्वमा गुरुङ
Comments