•  २६ चैत्र २०८१, मंगलवार

राजनीतिक सन्दर्भलाई लिएर राष्ट्र प्रमुख र कार्यकारी प्रमुखबीचको भेट अर्थपूर्ण

- फाल्गुन २५, २०८१ मा प्रकाशित


सुधीर नेपाल

संसद प्रतिनिधित्व गर्ने संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर राजनीतिक दलहरू सतर्क देखिएका छन् । पछिल्लो समय राष्ट्रिय राजनीतिमा फरक गतिविधिहरू बढेको निष्कर्षसहित दलहरू काठमाडौं केन्द्रित भएर छलफलमा जुट्ने तयारीमा लागेका हो ।पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पोखराबाट काठमाडौं आउने कार्यक्रमलाई लक्षित गरेर उनका समर्थकहरूले काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत कार्यक्रम राखेका छन् ।

सो कार्यक्रमका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का नेताहरूले देशका विभिन्न स्थानमा प्रशिक्षण गराएर जनसमर्थन जुटाउन अभियान नै चलाएका छन् । राप्रपाले १ लाख नागरिक काठमाडौंमा उतार्ने दाबी गरे पनि गृह मन्त्रालयले केही हजार व्यक्तिहरू काठमाडौंमा आउने आँकलन गरी सतर्कतासहित सुरक्षा व्यवस्था कडाइ गरेको छ ।

नेकपा (माओवादी केन्द्र)ले ‘जनतासँग माओवादी : तराई–मधेश जागरण अभियान’ फागुन महिनाभरका लागि स्थगित गरेर नेताहरू काठमाडौं केन्द्रित भएका माओवादी नेताहरूले बताएका छन् ।राष्ट्रिय राजनीतिमा फरक परिस्थिति देखिँदै गएको अवस्थालाई मध्यनजर गर्दै केही समयका लागि पार्टीको अभियान स्थगन गरेको छ ।

राष्ट्रिय राजनीतिमा फरक गतिविधिहरू बढेका कारण पार्टीको यो अभियानले मात्र नपुग्ने ठानेर थप सशक्त कार्यक्रम तय गर्नका लागि तत्कालका अभियान स्थगन गरेका हो ।’पछिल्लो समसामयिक राजनीतिक परिस्थितिबारे राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच पनि छलफल भएको छ । पछिल्लो राजनीतिक सन्दर्भलाई लिएर राष्ट्र प्रमुख र कार्यकारी प्रमुखबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

राष्ट्र प्रमुख र कार्यकारी प्रमुख

देशमा फेरी सडक नाट्य प्रर्दशनको मौसम सुरु भएको छ । देशमा राजा फर्काउने अभियान स्वरुप बुधबार देखी देशमा राजावादीहरुको गर्मी सुरु भएको छ ।बिपक्षी पंक्तीको अग्रभागमा रहेर सरकारको बिरोध मात्र गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रमुख सचेतक ज्ञानेन्द्र शाही देखी चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाई अहिले राजा फर्काउ अभियानमा लागेका छन् ।

पूर्व राजा ज्ञानेन्द्र शाहलाई जनताले सिधा लखेटेका भने पक्कै होइनन । देश र जनताको लागि आवश्यक काम भन्दा राजनीतिक दलहरुको पछि लागेकाले त्यो बेलाको अवस्था सिर्जना भएको भन्दा फरक नर्पला ।संबिधान भन्दा माथि रहेको पदलाई स्वभाविक रुपमा जनताको नासो जनतालाई भन्दै पत्रकार सम्मेलन गरेर गद्दी त्याग गरेका पूर्व राजा ज्ञानेन्द्र शाहलाई पनि ज्ञान हुनु पर्ने हो जहिले पनि अवस्था आफूले सोचे जस्तो पक्कै हुँदैन भनेर ।

राज्यको सम्पूर्ण पावर आफनो हातमा लिएर त्यति बेला प्रधानमन्त्री पदको लागि सूचना प्रकाशित गरेर प्रधानमन्त्री पदको धज्जी उढाएको पनि पूर्व राजा ज्ञानेन्द्रलाई ज्ञान हुनै पर्छ ।राज्य सञ्चालनको क्षेत्र देखी प्रशासनको क्षेत्रमा दाग लागेकाहरुको भिड बोकेर राज्यसत्ता आफनो हातमा लिन खोज्नु पनि पूर्व राजाको लागि दरबारबाट बाहिरीनु पहिले पाठ थियो । एउटा देशको राजामा राज्य सञ्चालन सम्वन्धि ज्ञान थिएन भन्दा अलि उदेक नै लाग्ला ।

तर परिस्थिती आफनो बिपरीत आउन थाले पछि पूर्व राजा ज्ञानेन्द्रले जनताको नासो जनतालाई भन्दै जनतालाई भार बोकाएर दरबार छोडेका थिए ।अहिले तिनै राजालाई फेरी राज्यको गन्ध आउन थालेको छ । भनिन्छ बिगतकाल देखी नै राजा भनेको अरुलाई लडाएर आफू हिरो हुने स्वभावका हुन्छन् । त्यसैको परिपञ्च अहिले पूर्व राजा ज्ञानेन्द्र गर्न थालेका छन् । पर्दा पछाडिको खेलाडीको रुपमा आफूलाई उभ्याएर राप्रपाको काँधमा बन्दुक राख्न थालेका पूर्व राजा ज्ञानेन्द्रलाई यति कुराको ज्ञान हुनुपर्ने हो देशमा सधैं तमासा देखाएर केही हुँदैन ।

कस्तो हुन्छ यो सडक नाट्य ? राजनीति देखी निकै टाढा रहनेहरुलाई पनि थाहा हुने कुरा हो फेरी सुरु हुन् थालेको सडक नाट्यको प्रमुख पात्र भनेको चर्चित मेडिकल व्यवसायी, गणतन्त्र र लोकतन्त्रका घोर बिरोधी राजतन्त्रका दमदार पक्षपाती भएका प्रसाईँ हुन् । जो आफनो स्वार्थ सिद्धीको लागि जे पनि गर्न तयार हुन्छन्
मौकापरस्त व्यक्ति छवि बनाएका प्रसाँई सामाजिक सञ्जाल र सत्ताधारी दलहरुलाई तथानाम गाली गरेर राजा फर्काउने अभियानमा लागेका । तर यो उनको दिवासपना मात्र हुनेछ ।

राज्यको ब्यवस्था परिवर्तन भनेको सानो र चानचुने कुरा होइन । तर राप्रपा जस्तो बैभवशाली र पुराना सत्ताधारी नेतृत्वको छत्रछायाँमा रहेको दलले देशको अवस्था र परिस्थिती नबुझी प्रसाँई जस्ता छदमभेषी ब्यक्तिलाई साथ लिएर हिड्नु पतनको अर्को पथ हो भन्दा फरक नर्पला ।त्यस्तै राप्रपा प्रमुख सचेतक रहेका शाहीलाई पढेलेखेका मूर्ख भन्दा फरक नर्पला ।

आफना हरेक वाकमा अरुलाई गाली गर्ने भन्दा उनमा केही गुण छैन भन्ने कुरा उनले बोल्ने बोलीहरुले प्रमाणित गरिसकेको छ । प्रमुख सचेतक शाहलाई राम्रै ज्ञान होला । ब्यवस्था परिवर्तन मूल थलो भनेको देशमा कायम भएको निर्वाचन प्रणाली हो । शाहीलाई ज्ञात होला आफू पनि त्यही प्रणाली मार्फत प्रतिनिधीसभामा प्रवेश गरेको भन्ने ।

शाहीलाई जनताको अगाडि वाककला देखाउने ठूलो भूत सवार भएकोले पनि उनी सदन भन्दा सडकलाई धेरै माया गर्छन । उनको सडक प्रतिको मायाले सडकमा बसेर दुख गर्ने र अन्य जनमानसलाई कति सास्ती हुन्छ त्यो पनि बुझ्छन शाहीले । त्यसैले औचित्यहिन सडक संर्घषको माध्यमबाट राजा आउँछन र राप्रपाको मान बढ्छ भन्नु अर्को दिवास्वन हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर