

कासिन न्यूज,
काठमाडौं ।
चार देशीय महिला टि ट्वान्टी क्रिकेट प्रतियोगितामा घरेलु टोली युगान्डाले नेपाललाई जितको लागि ७७ रनको लक्ष्य दिएको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको युगान्डाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७६ रनको योगफल बनायो ।
युगान्डाका लागि इमाकुलेट नाकिसुईले सर्वाधिक २२ रन जोडिन् । उनले ४० बलमा तीन चौका प्रहार गर्दै २२ रन बनाइन् । त्यसैगरी स्टेफेनिया नाम्पिलिनाले २५ बलमा १ चौकाको सहयोगमा १४ रन जोडिन् भने मलिषा अरिकोटाले २४ बलमा ११ रन जोडिन् । नेपालका लागि पूजा महतोले ३ विकेट लिइन् भने कप्तान इन्दु बर्माले २ विकेट लिइन् । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1

सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र ३०, २०८१के कस्तो छ शनिबार तरकारी,फलफूल तथा मासुजन्य दैनिक उपभोग्य बस्तुहरुको अवस्था ?(मूल्य सूची सहित)
-
चैत्र ३०, २०८१रोजगार व्यवसायी संघको नयाँ नेतृत्वमा गुरुङ
-
चैत्र ३०, २०८१बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव
-
चैत्र ३०, २०८१शान्त रहन हरेक शनिबार तेल दान
लोकप्रिय
-
लोकप्रिय चैत्र ३०, २०८१के कस्तो छ शनिबार तरकारी,फलफूल तथा मासुजन्य दैनिक उपभोग्य बस्तुहरुको अवस्था ?(मूल्य सूची सहित)
-
लोकप्रिय चैत्र ३०, २०८१रोजगार व्यवसायी संघको नयाँ नेतृत्वमा गुरुङ
-
लोकप्रिय चैत्र ३०, २०८१बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव
-
लोकप्रिय चैत्र ३०, २०८१शान्त रहन हरेक शनिबार तेल दान
Comments