
चरित्र हत्या गर्ने उद्धेश्यबाट कपोकल्पित प्रपोगण्डा गर्नेमाथि कार्वाही हुने विश्वास : पूर्व अध्यक्ष थापा
- फाल्गुन २७, २०८१ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले आफ्नो चरित्र हत्या गरेको भन्दै एन्फा महासचिव किरण राई विरुद्ध काठमाडौं जिल्ला अदालतमा मंगलवार मुद्धा दायर गरेका छन्।अध्यक्ष रहँदा एन्फाको १७ करोड रुपैयाँ हिनामिना गरेको र पछि सम्पत्ति शुद्धीकरणको छानबिनपछि आफूले ८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेको जस्ता आधारहिन आरोप लगाएर चरित्रहत्या गर्ने प्रयास गरेको उल्लेख गर्दै थापाले मुद्धा दायर गरेको जनाएका छन्।
सोही विषयमा थापाले गत साता एन्फा महासचिव राई विरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरो भोटाहिटीमा उजुरी दिएका थिए ।थापाले विज्ञप्ति जारी गर्दै चरित्र हत्या गर्ने उद्धेश्यबाट त्यस्ता कपोकल्पित प्रपोगण्डा गर्नेमाथि कार्वाही हुने विश्वास लिएको र भविशष्यमा पनि कसैले कसैमाथि विना प्रमाण हचुवाका भरमा चरित्र हत्या हुने यस्ता गतिविधि गर्न नसक्ने विश्वास लिएको जनाएका छन् ।
एन्फा महासचिव राईले एक टेलिभिजन अन्तरवार्तामा आफूमाथि अत्यन्तै गम्भीर आरोप लगाएको विषयमा त्यसलाई सच्याउन र आत्माआलोचना गर्न अनुरोध गर्दा पनि नसच्याएपछि बाध्य भएर आफू कानुनी कार्वाहीको प्रक्रियामा गएको थापाले बताएका छन् ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र ३०, २०८१के कस्तो छ शनिबार तरकारी,फलफूल तथा मासुजन्य दैनिक उपभोग्य बस्तुहरुको अवस्था ?(मूल्य सूची सहित)
-
चैत्र ३०, २०८१रोजगार व्यवसायी संघको नयाँ नेतृत्वमा गुरुङ
-
चैत्र ३०, २०८१बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव
-
चैत्र ३०, २०८१शान्त रहन हरेक शनिबार तेल दान
लोकप्रिय
-
लोकप्रिय चैत्र ३०, २०८१के कस्तो छ शनिबार तरकारी,फलफूल तथा मासुजन्य दैनिक उपभोग्य बस्तुहरुको अवस्था ?(मूल्य सूची सहित)
-
लोकप्रिय चैत्र ३०, २०८१रोजगार व्यवसायी संघको नयाँ नेतृत्वमा गुरुङ
-
लोकप्रिय चैत्र ३०, २०८१बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव
-
लोकप्रिय चैत्र ३०, २०८१शान्त रहन हरेक शनिबार तेल दान
Comments