
नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पार्यो
- चैत्र १, २०८१ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले जित हासिल गरेको छ ।लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ रन जोडिन् । सम्झनाले ४३ बलको सामना गर्दै ३ चौका प्रहार गरिन् ।
अर्की ओपनर तथा कप्तान इन्दु बर्माले ३२ बलमा १ चौकाको सहयोगमा १८ रन जोडिन् । रोमा थापा ४ रनमा आउट हँदा पुजा महतो २० रनमा नट आउट रहिन् । हङकङका लागि इमा लाइ र महेनदिप कौरले समान १ विकेट लिए ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४ रनको योगफल तयार गरेको थियो ।
हङकङका लागि साञ्जिन शाहजादले ४७ बलमा ५ चौका र १ छक्का सर्वाधिक ५४ रन जोडिन् । चाङ का योगं १६ तथा यासमिन दासवानी १४ रनमा आउट भइन् ।नेपालका लागि राजमती ऐरीले ३, कप्तान इन्दुले २ तथा पुजा महतो र इश्वरी विष्टले समान १ विकेट लिए ।सिरिजको लिग चरणको खेल समाप्त गर्दा नेपालले ६ मध्ये २ खेल जितेको छ । अब नेपालले आइतवार तेस्रो स्थानका लागि हुने प्लेअफ खेल्नेछ ।
युगाण्डा र नामिबियाबीचको खेल पछि फाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ ।यस खेलमा नेपाललाई पराजित गरेको भए हङकङले फाइनलमा स्थान पक्का गर्ने थियो । यसै सिरिजमा यसअघिको भेटमा हङकङले नेपाललाई २ रनले पराजित गरेको थियो ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र ३०, २०८१के कस्तो छ शनिबार तरकारी,फलफूल तथा मासुजन्य दैनिक उपभोग्य बस्तुहरुको अवस्था ?(मूल्य सूची सहित)
-
चैत्र ३०, २०८१रोजगार व्यवसायी संघको नयाँ नेतृत्वमा गुरुङ
-
चैत्र ३०, २०८१बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव
-
चैत्र ३०, २०८१शान्त रहन हरेक शनिबार तेल दान
लोकप्रिय
-
लोकप्रिय चैत्र ३०, २०८१के कस्तो छ शनिबार तरकारी,फलफूल तथा मासुजन्य दैनिक उपभोग्य बस्तुहरुको अवस्था ?(मूल्य सूची सहित)
-
लोकप्रिय चैत्र ३०, २०८१रोजगार व्यवसायी संघको नयाँ नेतृत्वमा गुरुङ
-
लोकप्रिय चैत्र ३०, २०८१बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव
-
लोकप्रिय चैत्र ३०, २०८१शान्त रहन हरेक शनिबार तेल दान
Comments