
अञ्जिलाको आफ्नै घर : व्यावसायिक तथ्याङ्क आउँदो केही दिनमा सार्वजनिक गर्ने
- चैत्र ४, २०८१ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ प्राप्त हुने मुनाफा उनकै घर निर्माणमा प्रयोग गरिने निर्माता प्रेमकुमार श्रेष्ठले बताए ।कप्तान सुब्बालाई इलामदेखि काठमाडौँ ल्याएर विभागीय टोली सशस्त्र प्रहरी बलमा फुटबल खेलाएका निर्माता श्रेष्ठले ‘अञ्जिलाको आफ्नै घर’ अभियान सञ्चालन गरेका छन् ।
उनले भने , “यस चलचित्रबाट प्राप्त सम्पूर्ण मुनाफा अञ्जिलाको घर निर्माणमा लगाउने छौँ । नेपालमा प्रदर्शनबापत आउने रकम र त्यस अगाडि हङकङ, बेलायत र दक्षिण कोरियामा गरिएको विशेष प्रदर्शनीबाट सङ्कलन भएको रकमले हामीले देखेको सपना पूरा हुनेमा विश्वस्त छौँ ।”उनी कप्तान सुब्बाको धर्मपिताका रुपमा परिचित छन् ।
गत फागुन २९ गते होलीलाई लक्षित गर्दै प्रदर्शन सुरु भएको चलचित्रले तीन दिनमा रु दुई करोड सात लाखको व्यापार गरेको वितरक करण श्रेष्ठले जानकारी दिए । “प्रदर्शनकै दिनदेखि हामी काठमाडौँ उपत्यकामा रहेका प्रायः चलचित्र भवनमा पुगेर दर्शकमाझ प्रतिक्रिया लिइरहेका छौँ । चलचित्रको व्यापार पहिलो दिनको तुलनामा दोस्रो दिन र दोस्रो दिनको तुलनामा तेस्रो दिन बढेको छ ।
चलचित्र हेर्नुभएका दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् , यसकारण आउँदा दिनमा व्यापार बढ्नेमा हामी विश्वस्त छौँ”, वितरक श्रेष्ठले भने ।उनले चलचित्र प्रदर्शनको चौथो दिन आइतबार र पाँचौँ दिन आज पनि दर्शकको उपस्थिति राम्रो रहेको जानकारी दिँदै थप व्यावसायिक तथ्याङ्क आउँदो केही दिनमा सार्वजनिक गर्ने बताए ।
कप्तान सुब्बा आफैँले अभिनय गरेका कारण दर्शक उनको सङ्घर्ष र सफलतासँग भावनात्मक रुपमा जोडिएको निर्देशक मिलन चाम्सले बताए ।“कप्तान सुब्बाको कथा सुनेपछि यसले अन्यलाई प्रेरणा दिन्छ भनेर चलचित्र निर्देशन गर्न सहमत भएको थिएँ । हामीले रुचाएको कथालाई दर्शकले पनि रुचाउए । यो सफलताले आगामी दिनमा अन्य खेलाडीको कथामा चलचित्र निर्माण गर्न हौसला थपेको छ”, निर्देशक चाम्सले भने ।
चलचित्रमा कप्तान सुब्बासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्र निर्माणमा तुबेन्द्र लिम्बू, विनोद अग्रवाल, राजेश बगडियाले सहकार्य गरेका छन् ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र २६, २०८१चुुस्त सुरक्षा : घुसपैठको शंका लागेमा तुरुन्तै नियन्त्रणमा लिएर सुरक्षाकर्मीको जिम्मा लगाउन अध्यक्ष लिङ्देनको निर्देशन
-
चैत्र २६, २०८१तीव्र गतिमा गुडिरहेको भ्यान अनियन्त्रित भई पल्टिंदा २ को मृत्यु, २२ जना घाइते
-
चैत्र २६, २०८१मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
-
चैत्र २६, २०८१बजारमा मौसमको बदली र प्रदूषित वायुको असर
लोकप्रिय
-
लोकप्रिय चैत्र २६, २०८१चुुस्त सुरक्षा : घुसपैठको शंका लागेमा तुरुन्तै नियन्त्रणमा लिएर सुरक्षाकर्मीको जिम्मा लगाउन अध्यक्ष लिङ्देनको निर्देशन
-
लोकप्रिय चैत्र २६, २०८१तीव्र गतिमा गुडिरहेको भ्यान अनियन्त्रित भई पल्टिंदा २ को मृत्यु, २२ जना घाइते
-
लोकप्रिय चैत्र २६, २०८१मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
-
लोकप्रिय चैत्र २६, २०८१बजारमा मौसमको बदली र प्रदूषित वायुको असर
Comments