•  २९ चैत्र २०८१, शुक्रबार

कर्मचारी र जनप्रतिनिधीहरुले पाए तलव

- चैत्र २५, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा काठमाडौं महानगरका कर्मचारी र जनप्रतिनिधिको तीन महिनादेखि तलब रोकिएको थियो ।पछिल्लो तीन महिना रोकिएको तलब सोमबार सबैको खातामा पुगेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

रोकिएको तलब पाउन माग गर्दै कर्मचारीहरूले सरकारसँग आक्रोश समेत व्यक्त गरेका थिए । गत पुस ७ गतेदेखि बिदामा बसेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालय हाजिर भएका थिए ।उनी महानगरमा हाजिर गर्न पुग्दा केहीबेर अवस्था तनावग्रस्त बनेको थियो । बिहीबार कार्यालय हाजिर गरेका गुरागाईंले भोलिपल्ट नै कर्मचारी र जनप्रतिनिधिलाई तलब दिन तोक लगाइदिएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर