देउवा राजनीतिका ध्रुविय चक्रहरु : गर्मिदो मौसम सँगै बढ्न थाल्यो कांग्रेस राजनीतिको ताप
- चैत्र ६, २०८१ मा प्रकाशित

भूराजनीतिक प्रेसरको सामना सभापति देउवालाई भएपनि उनको चातुर्यताको अगाडी कसैको पनि दाल गल्ने स्थिती छैन
नेपाली राजनीतिका महापुरुषको दर्जा लिन सफल हुँदै गएका नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा अहिले राजनीतिक परिदृष्यमा आफूलाई हिरो साबित गराउन सफल हुन् थालेका छन् ।चैत्रको गर्मिदो मौसम सँगै देउवा राजनीतिको ताप पनि बढ्न थालेको महसुस अहिले कांग्रेसको राजनीतिमा देखीन थालेको छ । १५ औं महाधिवेशनलाई लिएर गुट रहित कांग्रेसका निर्माणमा लागि परेका देउवाले भित्री रुपमा समूह निर्माणको जिम्मा दिइ सकेको बताउँछन् निकट नेताहरु ।
कांग्रेसमा बिधि र नियमका कुराहरु धेरै हुने गरेका छन् । तर यस्ता बिधि र नियमहरुलाई कहिले काँही कांग्रेसका नेताहरु आफैले भत्काउने पनि गरेका छन् । देउवा निकट नेताहरुको कुरा बुझ्दा कांग्रेसमा विवाद आउने देखीएमा सभापति देउवाले कांग्रेसको बिधानमा केही संशोधन गरेर तेस्रो पटकको लागि आफै सभापतिको उम्मेदवार बन्ने सम्भावना पनि रहेको देखीन्छ ।
त्यसैको बिचमा अहिले प्रमुख सत्तारुढ दल काँग्रेसको राजनीति पनि गर्माउन थालेको छ । काँग्रेसमा हिरो नेताको रुपमा साबित हुँदै गएका सभापति देउवाले राजनीतिलाई बुढानिलकण्ठ दरबारको कोठरीबाट हाँकिरहेका छन् ।छलफल र वार्ताहरुले नेताहरुमा एक प्रकारको सुनौलो माहोल सिर्जना हुन् थालेको छ । चेक एण्ड ब्यालेन्सको राजनीतिलाई समाउने कला भएका सभापति देउवाको वरिपरि नै अहिले नेपाली राजनीति घुमिरहेको छ ।
सबैलाई मिलाएर काँग्रेस राजनीतिको डोरी तानिरहेका सभापति देउवाले सरकारको नेतृत्व र त्यसका सदस्यहरु चौतर्फी बिरोध भएपनि सभापति देउवाको मिलाउन सक्ने राजनीतिका अगाडी बिस्तारै त्यस्ता बिरोधहरु पाखा लाग्दै छन् । भूराजनीतिक प्रेसरको सामना सभापति देउवालाई भएपनि उनको चातुर्यताको अगाडी कसैको पनि दाल गल्ने स्थिती छैन ।

राजनीतिक यात्रामा अहिले सभापति देउवाको अन्तरंग (भित्रीया) हस्तिको रुपमा उपस्थित भएका उपसभापति पूर्ण बहादुर खड्का सभापति देउवाको जोडबलमा विभिन्न पदमा पुगीरहेका छन् । कांग्रेस प्रजातान्त्रिक हुँदै सभापति देउवासँग निकट भएका अरू नेताहरूको सभापति देउवासँग दूरी बढेका बेला खड्काले पछिल्लो समय सभापति देउवासँग झन् नजिक भएर काम गरिरहेका छन्।सभापति देउवाले पनि उपसभापति खड्कालाई राम्रै भरोसा गर्ने उनी निकट नेताहरु बताउँछन् ।
राजनीतिक पदलाई भन्दा पनि पार्टीको काममा क्रियाशिल रहने स्वाभाव भएका उपसभापति खड्का कांग्रेसको १५ औं महाधिवेशनमा सभापतिको दावेदारको रुपमा अगाडी आइरहेका छन् ।
त्रिचन्द्र क्याम्पसबाट आफनो राजनीतिक यात्रा सुरु गरेका महामन्त्री गगन कुमार थापा नेविसंघको सदस्य देखी महामन्त्री सम्म भएका छन् । ८, १० पटक जेल परेका थिए ।माघ १९ पछि पनि महामन्त्री थापालाई राजद्रोहको मुद्दाले छोडेन । हाल कांग्रेसका महामन्त्रीको रुपमा रहेका थापा पनि कांग्रेसको १५ औं महाधिवेशनमा सभापतिको पदकोे प्रवल दावेदारको रुपमा अगाडि आएका उनलाई सभापति देउवाले उपसभापतिमा आफनो समूहबाट महाधिवेशनमा होमिन लगाउने सम्भावना प्रवल रुपमा देखीन थालेको छ ।
बिगतमा महामन्त्री थापाले कांग्रेस भित्र संस्थापन इतरको नेतृत्व गर्दै आएका छन् । इतर जुन भएपनि अहिले महामन्त्री थापाको प्रथम दाउ भनेको भावि सभापति भने पनि थापाले उपसभापतिमा चित्त बुझाउने अवस्था देखीदै आएको छ ।
उपसभापतिको अर्का दावेदारको रुपमा उभिएका कांग्रेसका महामन्त्री बिश्वप्रकाश शर्मा पनि देउवा गुटमा प्रभावशाली नेताको देखीएका पात्र हुन् । बिधार्थी राजनीतिलाई आफनो केन्द्र बिन्दू बनाएर राजनीतिमा प्रवेश गरेका झापाका शर्माको सोझो दावी उपसभापतिमा रहेको देखीन्छ । जसको लागि सभापति देउवाको साथ र सहयोग उनलाई रहने महामन्त्री शर्मा निकट एक नेता बताउँछन् ।
बिधार्थी राजनीतिलाई पहिलो खुड्किलो बनाएर राजनीतिको पदचापलाई अगाडि बढाई रहेका कांग्रेसका केन्द्रिय सदस्य एनपी साउद बिधार्थीकाल देखी सालिन र भद्र स्वभावको नेताको रुपमा गनिन्छन् । उनको यही सालिनता र भद्रपना नै उनको राजनीतिक यात्राको सुखद पक्ष हो भन्छन् उनलाई नजिकबाट बुझ्नेहरु ।
कांग्रेस राजनीतिमा देखीएको गुटको कुरा गर्दा साउद सिधै सभापति देउवा गुटको पक्षमा उभिने नेता हुन् । सभापति देउवाको राजनीतिक अस्त्र मानिएका साउदले १४ औँ महाधिवेशनमा महामन्त्री बन्न नपाएको धोको अब आउने महाधिवेशनमा पुरा गर्ने संकेतहरु पनि देखीन थालेका छन् ।
कांग्रेसको महिला नेतृको रुपमा उदाइरहेकी नेतृ हुन् डा. आरजु राणा देउवा । हाल परराष्ट्रमन्त्री रहेकी डा.देउवा सभापति देउवाको श्रीमति हुन् । बिगत देखी नै कांग्रेसका केन्द्रिय नेतृत्वमा आफनो दवदवा बढाउन लागि परेकी डा. देउवालाई यसपाली सभापति देउवाले महिला महामन्त्रीको रुपमा डा. देउवालाई अगाडि सार्ने सम्भावना बढेर गएको देखीन्छ । बिरासतको राजनीतिलाई अगाडि बढाउन र आफू पछि पनि कांग्रेसमा आफनो दवदवालाई कायम राख्नको लागि सभापति देउवाले यो चाल चल्ने लगभग निस्चित जस्तै छ ।
पार्टीभित्र संख्यात्मक बल अहिले पनि सभापति देउवासँग छ । पार्टीको क्षति जोगाउन सभापति देउवाले बाटो खाली गरिदिनुपर्ने एकथरीको तर्क छ । पार्टी संरचनामा शक्तिशाली सभापति देउवाले अरूका लागि पद त्याग्ने भन्दा आफू पछि पनि आफूलाई शक्तिशाली बनाउने चाल नै अहिले सभापति देउवाको रहेको देखीन्छ । ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए












Comments