काण्डै काण्डकोे राज्य : लुट सके लुट कान्छा अरु देशमा पाइदैन नेपालमै हो छुट
- चैत्र ८, २०८१ मा प्रकाशित

जेनिता राईलाई आजकाल लोकप्रिय लोक गायक पशुपति शर्माको चर्चित गीत लुट सके लुट कान्छा अरु देशमा पाइदैन नेपालमै हो छुट साह्रै मन पर्न थालेको रहेछ ।
किन मन पर्यो त जेनिता यो गीत भन्दा उनको उत्तर सहज थियो । देशको परिस्थिती र यहाँ देखीएको चलनले बिरक्त मान्न थालेको समाज अहिलेको राजनीतिक बातावरणलाई दिब्यदृष्टि लगाई रहेको छ ।
आफू माथि आएको ऋणको भार र प्रधानमन्त्री केपी शर्मा ओलीका झुटा र मनगणन्ते बिचारले गर्दा जेनिता मात्र होइन हरेक जनता आजित भै सकेका छन् ।
देशमा लुटको धन्दा चलाइरहेका प्रधानमन्त्री ओली र उनको समूह अहिले एकाढंगले काठमाडौं महानगरका मेयर बालेन साह र ब्यवसायी दुर्गा प्रसाईँ पछाडी खेदो खनेर लागी रहेका छन् ।
राजनीतिज्ञका विभिन्न काण्डहरुलाई बाहिर ल्याइरहने स्वभाव भएका प्रसाईँ स्वयं पनि कुनै समय प्रधानमन्त्री ओली र अन्य राजनेताहरुको साथमा थिए । तर अहिले एक्कासी गणतन्त्रबादी बिरुद्ध आगो भएर निस्किएका प्रसाईँले उजागर गरेका काण्डहरुको फेहरिष्तलाई साच्चै अनुसन्धानको दायरामा ल्याउने हो भने देशले भिखारी बन्नु पर्ने अवस्थमा पक्कै पनि आउने थिएन ।
८७ अर्ब सहकारी काण्ड , गिरिबन्धु काण्ड , ११ रोपनी जग्गा दान काण्ड, भुटानी शरणार्थी काण्ड , ७० करोड काण्ड , ३३ किलो सुन काण्ड , ललिता निवास काण्ड , वाइडबडी काण्ड , यति ओम्नी काण्ड ,अरुण थर्ड काण्ड , पानी ट्यांकी काण्ड, भ्युटावर काण्ड , सांसद अपहरण काण्ड , महाकाली सन्धि , टेरामक्स काण्ड , बाँसबारी काण्ड , टीकापुर जग्गा काण्ड , बालमन्दिर जग्गा काण्ड , नेपाल स्काउट जग्गा काण्ड
अहिले देशले राजनीतिक धर्मले गति छोडेको मुलुकको रुपमा बिकसीत हुँदै गइरहेको नेपाल अहिले विभिन्न मुद्दाहरुमा अल्झिरहेको छ । देशमा विभिन्न बिकासमा नाममा आउने अनुदानहरुलाई विभिन्न चर्चा परिचर्चा हुने गरेका छन् ।नेपाल र नेपाली शैली जहिले पनि भिखमगुवा छ । अमेरिकी सहयोग नियोग यूसआइडीले नेपाललाई दिएको सहयोग रकम कता गयो भन्ने कुरा अहिले ठूलो चासोको बिषय भएको छ ।
उता राजनीतिक तानाबुनाको अगाडी प्रधानमन्त्री ओलीलाई कसैले पनि भेट्न नसक्ने प्रशस्त उदाहरणहरु बाहिर आउने गरेका छन् । उखान टुक्का र बोली आफना स्थानमा छन् ।अब प्रधानमन्त्री ओलीको नेतृत्वको सरकारले देशमा घटेका बिधमान समस्याहरुको स्थायी समाधान तर्फ ध्यान नसक्नु पनि देश काण्डै काण्डैले जेलिन थालेको अनुभूति अहिले जेनिता जस्ता सजग युवायुवतीहरुले गर्न थालीसकेका छन् ।
त्यसैको परिणाम पनि अहिले राजावादीहरुको कदमले गति लिन थालेको हो भन्दा फरक नर्पला । सधै मगन्ते शैलीमा देशलाई हाँक्ने प्रथालाई निर्मूल गर्ने भन्दा झन भिखारी शैलीको बिकास गर्र्नुले पनि अहिलेको परिस्थिती उत्पन्न भएको हो । त्यसैले जेनिता जस्ता युवायुवतीहरुको मनोभाव बुझ्ने हो समय छदैं राजनीतिक दलहरुले आफूलाई सफा गर्नु पर्ने हुन्छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए












Comments