
दुई दशक अघि काठमाडौंमा पाइला टेकेको ४० वर्षीय ठिटोको कथा
- चैत्र ९, २०८१ मा प्रकाशित


मेहिनेत, इमान्दारीता र लगनशिलता यी व्यापारीक कार्यको लागि नभई नहुने उत्तम सुत्र हुन् । हो यही सुत्रमा बाँधिएर राजधानीको गौशला चोकमा खानपानको लागि गज्जब स्वाद दिने उद्देश्यले रमेश दाहालको मनमा एक प्रकारको व्यापारीक भाव जागेर आयो ।
दुई दशक अघि काठमाडौंमा पाइला टेकेका ४० वर्षीय दाहालको मनमा व्यापार गर्ने एक प्रकारको हुटहुटी चलेको रहेछ । तर मनले यो गर्ने कि त्यो गर्ने भनेर चञ्चलता दिइरहन्थ्यो । बिगतमा काठमाडौंमा पाएको दुखले दाहालको मानसपटललाई जहिले पनि झस्क्याई रहने रहेछ । काठमाडौं प्रवेश सँगै कष्टको यात्रालाई राम्रै सँग पहिचान गरेका दाहालले ठिटो उमेरमा काठमाडौंका विभिन्न होटल देखी रेष्टुराँहरुमा सेवा दिएका रहेछन् ।
संघर्षमय जीवनलाई काँधमा बोकेर हिँडने बानी परेका दाहालको यात्राले त्यतिबेला मोड लियो जब २०५८ सालमा गौशलाचोकमा थ्री. पि.ए फास्ट फुडले उम्रिने मौका पायो । सानोतिनो फास्टफुडको कन्सेप्टलाई दिमागमा खेलाउँदै थ्री.पि.ए को सुरुवात गरेका दाहालले फास्ट फुडको गतिलाई अघि बढाउन निकै पापड बेल्नु परेको रहेछ । सुरु सुरुमा तरकारी, फलफुल देखी विभिन्न दैनिक उपभोग्यका सामाग्रीहरुको व्यापार गरेर गुजारा चलाइरहेका दाहालको गौशलाको यात्रालाई थ्री.पि.ए ले साथ दिइरहेको छ ।
आपसी घर सल्लाहले राम्रो साइत जुराई दियो । त्यो साइतले नै गौशलामा थ्री.पि.ए को जन्म भयो । नेपाली खानाको राम्रै स्वाद चाख्न पाइन्छ थ्री.पि.ए ।आधुनिक व्यापारिक कलाको राम्रो ज्ञान भएका दाहाललाई स्थानिय स्तरमा यसको प्रयोग गर्नु थियो अहिले उनले यही गरिरहेका छन् । नेपाली, नेवारी देखी विभिन्न खानाको राम्रो स्वाद पस्किने थ्री.पि.एले अहिले यस्ता खानाहरुको स्वाद चाख्ने पारखीहरुलाई गौशला छोडेर अन्त कतै जानु नपर्ने बनाएको छ ।

जाडो मौसम होस् वा गर्मीको मौसम थ्री.पि.ए को रौनक र खानपानमा कुनै फरक आउँदैन् । विभिन्न प्रकारका खानाको स्वादमा आफना ग्राहकहरुलाई भुलाई रहने थ्री.पि.ए ले खानपान प्रिय जुन सुकै ग्राहकलाई पनि एक पटक थ्री.पि.ए नपुर्याई छोड्दैन ।थ्री.पि.एलाई सम्हाल्ने कुरामा दाहाल दम्पत्तिमा साहसले निकै साथ दिएको थियो । परिवारको जेठो सदस्य बिरामी पर्दा त्यो परिवारलाई के हुन्छ भन्ने कुरा भनिराख्नु पर्दैन ।
हो त्यही अवस्था दाहाल दम्पत्तिले पनि भोगेका रहेछन् । श्रीमान माथि जाइलागेको फोक्सोको बिरामीले उनकी जीवनसंगिनी सितादेवी सापकोटालाई निकै पिडा भएको रहेछ । तर क्रमीक उपचार र राम्रो सेवाले अहिले दाहाल तन्दुरुष्त छन् ।त्यसमाथि संगिनीको हरेकपलको साथले दाहालको मन खुशीले भरिएको रहेछ । मनमा लुकेको बेदनालाई शरिरको एक कुनामा बिश्राम दिएर यो दम्पत्ति लाग्यो आफनो मन्जिल तिर । आफनो दुई दशकको व्यापारिक यात्रामा यो दम्पतिले थ्री.पि.ए को माइलेजलाई माथि उठाउन निकै मेहिनेत गर्नु पर्यो ।
तर पनि दाहाल दम्पत्तिले आफनो संर्घषको यात्रालाई त्यति कै छोडेनन । निरन्तरको मेहिनेत र लगनको उपज हो थ्री.पि.ए । दाहाल दम्पतिको परिचय यसैमा गाँसिएको छ । जागिर कहिले पनि नखाएका आफनो व्यवसायमा वेग्र भएका दाहाल दम्पति आफनो खानाको स्वादले अरुको स्वाद भर्न पाउँदा निकै आन्नद महसुस गर्छन । आफू माथि आएको पीडालाई मनको एक कुनामा लुकाएर बसेको यो दम्पतिले आफनोे व्यवसायलाई निकै जोड दिएका छन् ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र २६, २०८१चुुस्त सुरक्षा : घुसपैठको शंका लागेमा तुरुन्तै नियन्त्रणमा लिएर सुरक्षाकर्मीको जिम्मा लगाउन अध्यक्ष लिङ्देनको निर्देशन
-
चैत्र २६, २०८१तीव्र गतिमा गुडिरहेको भ्यान अनियन्त्रित भई पल्टिंदा २ को मृत्यु, २२ जना घाइते
-
चैत्र २६, २०८१मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
-
चैत्र २६, २०८१बजारमा मौसमको बदली र प्रदूषित वायुको असर
लोकप्रिय
-
लोकप्रिय चैत्र २६, २०८१चुुस्त सुरक्षा : घुसपैठको शंका लागेमा तुरुन्तै नियन्त्रणमा लिएर सुरक्षाकर्मीको जिम्मा लगाउन अध्यक्ष लिङ्देनको निर्देशन
-
लोकप्रिय चैत्र २६, २०८१तीव्र गतिमा गुडिरहेको भ्यान अनियन्त्रित भई पल्टिंदा २ को मृत्यु, २२ जना घाइते
-
लोकप्रिय चैत्र २६, २०८१मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
-
लोकप्रिय चैत्र २६, २०८१बजारमा मौसमको बदली र प्रदूषित वायुको असर
Comments