
पूर्व राजा भर्षेस राजनेता / फागुन २५ मा जे देखीयो : लोकतान्त्रिक गणतन्त्रको हिमायतीहरुलाई ठूलो पाठ
- चैत्र १०, २०८१ मा प्रकाशित


गएको महिना फागुन २५ मा पोखराबाट काठमाडौं आएका पूर्वराजा शाहलाई हजारौं समर्थकहरू काठमाडौंमा जम्मा भएर उनलाई विमानस्थलदेखि नागार्जुन पुर्याइएको थियो । पूर्वराजाको पक्षमा देखिएको उक्त भीडपछि हौसिएका राजावादीहरू देखेर लोकतान्त्रिक गणतन्त्रको हिमायती बनेका नेपालका ठूला दलहरुका शिर्ष नेतृत्वहरुले पनि आफनो देश दौडाहाको यात्रालाई बढाउन थालेका छन् । पार्टीमा आन्तरिक कलह पनि बढ्दै गएको छ । ।
राजनीतिमा कलह र बिग्रहको आफनो स्थान हुन्छ । तर भन्न खोजीएको कुरा के हो भने । अहिले जसरी पूर्व राजा ज्ञानेन्द्र शाहले आफूलाई जनता सामु अगाडि सारी रहेका छन् र जनताको साथ र सहयोगको लागि देश दौडाहाको निति अंगालिरहेका छन् ।यसले स्वभाविक सन्देश पनि प्रवाह गरिरहेको छ । आखिर पूर्व राजा चाहन्छ के ? भन्दा सबैलाई थाहा भएको कुरा गुमेको बिरासत । तर पूर्व राजाले देश दौडाहा गर्दैमा उनको गुमेको बिरासत फर्किहाल्छ भन्नु एक प्रकारको मुर्ख्ँयाई हो भन्दा फरक पर्दैन होला ।
तर देशमा देखीएको बिधमान अवस्था देखी अहिले नेपाली जनता आजित भएका छन् । देशमा घटेका काण्ड माथि काण्ड, आर्थिक अपचलन, भारी ऋण जस्ता कुराहरुले जनमानसको मनमा यो शासन सत्ता प्रति बितृष्णा पैदा हुँदैै गएको एक प्रकारको माहोल बजारी हल्लामा देखीन थालेको छ ।राजतन्त्र भन्नु नै राजनीतिको केन्द्रबिन्दू हो । राजनीति नभई राजतन्त्र चल्दैन भन्ने कुरा बिगतका इतिहासले पनि देखाउँछन् ।
त्यसो भन्दा पूर्व राजा ज्ञानेन्द्र आफनो राजनीतिलाई भूमीगत रुपमा बिगत देखी चलाउँदै आएको भान हुन्छ । र हो पनि । पूर्व राजा ज्ञानेन्द्र जति बेला गद्दी त्यागको घोषणा गर्दै जनताको नासो जनतालाई भन्ने सन्देश दिए । त्यहि बेला देखी उनको मनमा विभिन्न खेलिरहन्थे भन्ने कुरा बिगतका केही वर्ष देखी देखीएको उनको चालले पनि देखाउँछन् ।यसरी पूर्व राजाले खेलेको चाललाई अहिलेका पाका राजनेताहरु कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेउ पाउन सकेनन् ।
कारण यी तिनै पाका नेताहरुलाई सत्ताको आवेग र आफन्तहरुको प्रभावले जहिले पनि सताइरह्यो । जनताको नासो जनतालाई भन्दै नार्गजुन तिर लागेका पूर्र्व राजालाई सानो धरातलमा रहेको भन्ने कुरा ठाने यी तिन राजनेताले ।बेथिती र अब्यवस्थापनको मारमा चलिरहेको नेपाली राजनीतिमा अहिले एक प्रकारकोे तुवाँलो लागिरहेको छ । देशमा देखीएका आर्थिक, बेरोजगारीता जस्ता जटिल समस्याहरुको समाधान तर्फ प्रधानमन्त्री ओली नेतृत्वको सरकारको आँखा जानु मुख्य बिषय थियो । तर त्यो हुन् सकेको छैन ।

यसर्थ राजनीति खराब हुँदा हुँदै पनि राज्य संचालनका लागि अपरिहार्य हुन्छ । यसो भन्दैमा राजनीति त्यति खराब विधा पनि हैन, यसका केही नैतिक मूल्य, मान्यता, आदर्श र उद्देश्य अवश्य हुन्छन् ।राजनीतिमा चाणक्य चतुरता, छलछाम, तिकडम, धुर्तता र बठ्याई अवश्य हुन्छ, तर त्यसको पनि एउटा नैतिक सीमा, मर्यादा र समझदारी हुन्छ ।राजनीतिक धर्मले गति छोडेको मुलुकको रुपमा बिकसीत हुँदै गइरहेको नेपालमा अहिले ओली, देउवा र दाहालको परिछायाँमा चलिरहेको छ ।
आफनो फाइदा हुन्जेल त्यो जसलाई पनि आफनो वरपर घुम्न दिने तर जब त्यो व्यक्ति आफनो सर पर्न छाड्छ त्यसको उछितो काड्न तर्फ माओवादी केन्द्रका अध्यक्ष दाहाल लागि हाल्छन् । दाहालका राजनीतिक जीवनका यात्रामा यस्ता घटनाहरुलाई सामान्य रुपमा लिने गरिन्छ । हुन् त राजनीति गर्नेको एउटा बानी हुन्छ । त्यो हो बोलीले मिठो बोल्ने भित्री आत्मामा कुण्ठा जगाउने ।
हो यही कुण्ठाले भरिएको छ दाहालको राजनीतिक यात्रा । दाहालको यही राजनीतिक यात्राको कुनै दिन सारथी बनेका थिए कांग्रेस सभापति देउवा । सोझो र मनमा लागेको कुरालाई नडराई बक्न सक्ने साहसी नेताको उपमा पाएका देउवा पनि पदको लागि सबै कुरा भुल्ने नेता हुन् ।जस्तै राजनीतिज्ञलाई आफनो वरिपरी नचाउन सक्ने क्षमता भएका प्रधानमन्त्री ओलीलाई सत्ता राजनीतिको लागि कांग्रेस सभापति देउवाले साथ दिए र प्रधानमन्त्री ओलीले मन्त्र पनि यस्तो लगाए कि देउवा ओलीको इसारामा चल्न थालेका थिए ।
सभापति देउवाले राजनीतिक भेटक्रमलाई बढाउँदै लगे र सभापति देउवाको मूल उद्देश्य भनेको प्रधानमन्त्री दाहाललाई जसरी भएपनि पदच्यूत गर्नु हो । त्यसैले सभापति देउवाको मोह त्यो बेला अध्यक्ष ओली प्रति बढेको थियो । भयो पनि त्यसै । राजनीतिक बृत्तमा ठूलो माछा बनेका प्रधानमन्त्री ओली र सभापति देउवाले दाहाललाई धोती लगाइदिएको राजनीतिका पण्डितहरुको आकलन थियो ।
यसरी एक आपसमा धोती लगाइदिने तिन राजनेताको चाल नै अहिले पूर्व राजा ज्ञानेन्द्रले खेल्ने मौका पाए । तिन राजनेता आफै आफैको राजनीतिक खेलमा नतमस्तक हुनु पनि पूर्व राजा ज्ञानेन्द्रले शिर उठाउनुको कारण बन्दै थियो भने अर्को कुरा जनतामा यि तिन राजनेता प्रति देखीएको बितृष्णा पनि राजावादीहरुलाई मौलाउने बाटो दिन थालेको छ । त्यसै भाषण र हावादारी कुरा गरेर जनता भुलाउने भन्दा पनि देशलाई बिकासको शुद्ध गतिमा लाने तर्फ यि तिन राजनेताले ध्यान दिने अवस्था आइसकेको छ । नत्र गुमेको बिरासतमा पूर्व राजा ज्ञानेन्द्र बर्तमान भएर राज गर्न समय लाग्ने छैन ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र २६, २०८१को हुन् उनीहरु ? : अनुसन्धानका क्रममा उनीहरू कुनै पार्टीमा आबद्ध नरहेको खुल्यो
-
चैत्र २६, २०८१चुनावमा पार्टीको विजयी दृष्टिकोण राख्दै जनसङ्गठनको प्रभावकारी विस्तारमा ध्यान दिनुपर्ने : नेता निधि
-
चैत्र २६, २०८१बिना अनुमति भरुवा बन्दुक बोक्ने बोहोरा प्रहरीको फन्दामा
-
चैत्र २६, २०८१विद्रोह नै गरेर जाऔं भन्नुहुन्छ भने हामी सल्लाह गरेरै जान्छौं, झुक्याएर जाँदैनौं : अध्यक्ष लिङ्देन
लोकप्रिय
-
लोकप्रिय चैत्र २६, २०८१को हुन् उनीहरु ? : अनुसन्धानका क्रममा उनीहरू कुनै पार्टीमा आबद्ध नरहेको खुल्यो
-
लोकप्रिय चैत्र २६, २०८१चुनावमा पार्टीको विजयी दृष्टिकोण राख्दै जनसङ्गठनको प्रभावकारी विस्तारमा ध्यान दिनुपर्ने : नेता निधि
-
लोकप्रिय चैत्र २६, २०८१बिना अनुमति भरुवा बन्दुक बोक्ने बोहोरा प्रहरीको फन्दामा
-
लोकप्रिय चैत्र २६, २०८१विद्रोह नै गरेर जाऔं भन्नुहुन्छ भने हामी सल्लाह गरेरै जान्छौं, झुक्याएर जाँदैनौं : अध्यक्ष लिङ्देन
Comments