प्रधानमन्त्री ओली,कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालको भेट हुँदै
- चैत्र ११, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
तीन ठूला दलका शीर्ष नेताहरुको बैठक सोमबार बस्दै। बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्ने तय भएको प्रधानमन्त्री कार्यालयले जानकारी दियो ।प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल हुन लागेको हो ।
बैठकमा संक्रमणकालीन न्याय (टीआरसी) बारे छलफल हुने बताइएको छ। यही चैत ६ गतेको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रकी सांसद विमला सुवेदीले टीआरसीको विषयमा सोधेको प्रश्नमा प्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष दाहालसँग सम्पर्कको प्रयास भइरहेको जवाफ दिएका थिए।
यो विषयमा दाहाल सँग सम्पर्क गर्न खोजिरहेको तर पटक–पटक प्रयास गर्दा सम्पर्क नभएको बताएका थिए । यसअघि टीआरसीको विषयमा छलफल गर्न चैत ४ गते प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार खरेल खुमलटार पुगेका थिए।तराई–मधेश जागरण अभियानमा रहेका दाहाल छलफलका लागि सोमबार नै काठमाडौँ आउने भएका छन्।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए













Comments