
प्रधानमन्त्री ओली,कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालको भेट हुँदै
- चैत्र ११, २०८१ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
तीन ठूला दलका शीर्ष नेताहरुको बैठक सोमबार बस्दै। बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्ने तय भएको प्रधानमन्त्री कार्यालयले जानकारी दियो ।प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल हुन लागेको हो ।
बैठकमा संक्रमणकालीन न्याय (टीआरसी) बारे छलफल हुने बताइएको छ। यही चैत ६ गतेको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रकी सांसद विमला सुवेदीले टीआरसीको विषयमा सोधेको प्रश्नमा प्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष दाहालसँग सम्पर्कको प्रयास भइरहेको जवाफ दिएका थिए।
यो विषयमा दाहाल सँग सम्पर्क गर्न खोजिरहेको तर पटक–पटक प्रयास गर्दा सम्पर्क नभएको बताएका थिए । यसअघि टीआरसीको विषयमा छलफल गर्न चैत ४ गते प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार खरेल खुमलटार पुगेका थिए।तराई–मधेश जागरण अभियानमा रहेका दाहाल छलफलका लागि सोमबार नै काठमाडौँ आउने भएका छन्।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र २६, २०८१बुधबार मन्त्रालयमा आन्दोलनरत शिक्षक र सरकार बिच वार्ता हुँदै
-
चैत्र २६, २०८१तिलिचो तालबाट फर्कने क्रममा पर्यटकको मृत्यु
-
चैत्र २६, २०८१को हुन् उनीहरु ? : अनुसन्धानका क्रममा उनीहरू कुनै पार्टीमा आबद्ध नरहेको खुल्यो
-
चैत्र २६, २०८१चुनावमा पार्टीको विजयी दृष्टिकोण राख्दै जनसङ्गठनको प्रभावकारी विस्तारमा ध्यान दिनुपर्ने : नेता निधि
लोकप्रिय
-
लोकप्रिय चैत्र २६, २०८१बुधबार मन्त्रालयमा आन्दोलनरत शिक्षक र सरकार बिच वार्ता हुँदै
-
लोकप्रिय चैत्र २६, २०८१तिलिचो तालबाट फर्कने क्रममा पर्यटकको मृत्यु
-
लोकप्रिय चैत्र २६, २०८१को हुन् उनीहरु ? : अनुसन्धानका क्रममा उनीहरू कुनै पार्टीमा आबद्ध नरहेको खुल्यो
-
लोकप्रिय चैत्र २६, २०८१चुनावमा पार्टीको विजयी दृष्टिकोण राख्दै जनसङ्गठनको प्रभावकारी विस्तारमा ध्यान दिनुपर्ने : नेता निधि
Comments