
त्रिचन्द्रमा फर्जी कार्ड विवाद :छलफल नगरी हतारहतारमा निर्वाचनको मिति घोषणा गरेको भन्दै अनेरास्ववियुको बिरोध
- चैत्र ११, २०८१ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
त्रिचन्द्र क्याम्पस प्रशासन र निर्वाचन समितिले चैत १३ गते आफूहरुसँग छलफल नै नगरी हतारहतारमा निर्वाचनको मिति घोषणा गरेको भन्दै नेकपा (एमाले) विधार्थी संगठनले अनेरास्ववियुले बिरोध गरेको छ ।
निर्वाचन अधिकृत अङ्गदमणि गौतमले प्रकाशित गरेको सूचनामा चैत १३ गते स्ववियु चुनाव हुने जानकारी गराएका थिए । लगत्तै अनेरास्ववियुले विरोधमा नाराबाजी गरेको हो ।
क्याम्पसले १२ सयभन्दा धेरै फर्जी कार्ड जारी गरेको र त्यसको छानबिन नभई निर्वाचन गर्न नहुने अनेरास्ववियुको अडान छ । क्याम्पस प्रशासन र निर्वाचन समितिविरुद्ध नाराबाजी गरेपछि केही समय तनावग्रस्त बनेको थियो ।
यसअघि चुनाव रोकिएको ल क्याम्पसमा १९ गते, आरआर १६ गते निर्वाचन मिति तोकिँदा त्रिचन्द्रले भने हतारमा निर्वाचन तोकेकोप्रति अनेरास्ववियुको आशंका छ ।यसअघि चैत ५ गते नै चुनाव तोकिए पनि विवाद र तालबन्दीका कारण रोकिएको थियो ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
जेष्ठ ३, २०८२हमासको अपरहणमा परेका नेपाली युवक विपीन जोशीको अवस्थाका बारेमा कुराकानी
-
जेष्ठ ३, २०८२मलाई डरलाग्न थाल्यो, कतै राष्ट्र बैंकको गभर्नर नियुक्तिमा चलखेल त भएको छैन ? : नेता कोइराला
-
जेष्ठ ३, २०८२खेलले पढाईमा असर गर्ने भएपनि व्यवस्थापन गर्ने सके दुबैलाई सँगसँगै लान सकिने : भलिबल खेलाडी उषा
-
जेष्ठ ३, २०८२पछिल्लो समयमा जलवायु परिवर्तनको कारण नसोचेको विपद् देखापर्यो : उपप्रमुख डंगोल
लोकप्रिय
-
लोकप्रिय जेष्ठ ३, २०८२हमासको अपरहणमा परेका नेपाली युवक विपीन जोशीको अवस्थाका बारेमा कुराकानी
-
लोकप्रिय जेष्ठ ३, २०८२मलाई डरलाग्न थाल्यो, कतै राष्ट्र बैंकको गभर्नर नियुक्तिमा चलखेल त भएको छैन ? : नेता कोइराला
-
लोकप्रिय जेष्ठ ३, २०८२खेलले पढाईमा असर गर्ने भएपनि व्यवस्थापन गर्ने सके दुबैलाई सँगसँगै लान सकिने : भलिबल खेलाडी उषा
-
लोकप्रिय जेष्ठ ३, २०८२पछिल्लो समयमा जलवायु परिवर्तनको कारण नसोचेको विपद् देखापर्यो : उपप्रमुख डंगोल
Comments