•  २६ चैत्र २०८१, मंगलवार

एउटा कर्मचारीलाई हटाउँदा छाती पिटेर रुनेहरूलाई सदनमा जवाफ नदिने : प्रधानमन्त्री ओली

- चैत्र १४, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउनुको कारणबारे प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलले अवरोध गरेपछि बुधबारको प्रतिनिधि सभा बैठक बिहिबार बिहान ११ बस्ने गरी स्थगित गरिएको हो। विपक्षीको अवरोधकै कारण राष्ट्रिय सभाको बैठक पनि बिहिबार मध्यान्ह सवा १२ बजेसम्मका लागि स्थगित गरिएको छ।

विशेष गरी घिसिङलाइ हटाएकोमा माओवादी केन्द्र आक्रोशित छ। घिसिङलाई बर्खास्त गरेको बारेमा प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद चल्न नदिने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अडान छ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले रोस्ट्रममा आएर चित्तबुझ्दो जवाफ नदिएसम्म सदन चल्न नदिने बताएका छन्। प्रधानमन्त्रीले संसद्मा चित्तबुझ्दो जवाफ नदिए आन्दोलन अघि बढ्ने पनि अध्यक्ष दाहालको चेतावनी छ।

संक्रमणकालीन न्यायबारे छलफल गर्न बैठक बोलाए लगत्तै मन्त्रिपरिषद्बाट घिसिङलाई हटाउनु अर्को जालझेल भएको दाहालको दाबी छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा छाती पिटेर रुनेहरूलाई आफूले सदनमा जवाफ नदिने बताएका छन्।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर