
घिसिङ काण्ड : विरोधलाई धोती लगाउँदै प्रधानमन्त्री ओली – किन चुप छ कांग्रेस ?
- चैत्र १४, २०८१ मा प्रकाशित


प्रधानमन्त्री केपी शर्मा ओली नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा नागरिक समक्ष धेरै चहलपहल हुन् थालेपछि भस्किएका छन् ।समय छदैं घिसिङलाई हटाउने कार्य गरेका प्रधानमन्त्री ओली बिरुद्ध अहिले हरेक क्षेत्रबाट बिरोधका भावहरु आइरहेका छन् ।वाक कलाले जनतालाई मख्ख पार्ने स्वभाव भएका प्रधानमन्त्री ओली नेतृत्व सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने निर्णय गरेको थियो ।
सबैभन्दा ठूलो दल भएर पनि आफूलाई सानो देखाउने खेलोमा लागेको नेपालको भिमकाय दल नेपाली कांग्रेसका नेताहरु घिसिङ काण्डमा चुक्क पनि बोल्न सकेका छैनन । सत्ताको वरिपरि मडारिने रोगले ग्रस्त भएका कांग्रेसका नेताहरुमा जति बुद्धिमता भएपनि घिसिङ काण्डमा एक शब्द नबोल्नुले कांग्रेसले निकट भविष्यमा झेल्ने कठिनाईलाई पनि पुष्टि गर्छ ।
एकातिर देशमा राजावादीहरुको खेल सुरु भइसकेको छ । घिसिङ काण्डले राजावादीहरुको खेलमा साथ नदेला पनि भन्न सकिदैन । प्रधानमन्त्री ओलीलाई यस्ता कुराहरु नभएको पक्कै पनि होइन । तर तानाशाह मानसिकताले ग्रस्त भएका प्रधानमन्त्री ओलीले यसको परिणाम नराम्रो सँग झेल्ने छन् ।उक्त निर्णयप्रति आक्रोश पोख्दै सञ्जालदेखि सडकसम्म विरोध सुरु भएको छ ।त्यसतर्फ इंगित गर्दै प्रधानमन्त्री ओलीले केही मानिसहरू तिललाई पहाड बनाउनेगरी लागेको टिप्पणी गरे ।
अहिले प्रधानमन्त्री ओली पहिला–पहिला तिलका पहाड बनायो भन्थे । तिललाई नै पहाड बनाउने चलन छ । त्यसैलाई समातेर खुब हल्लाखल्ला गर्ने चलन छ,’ ‘अहिले पनि केही सानो एउटा त्यान्द्रो विषय पाएका जस्तो लाग्यो केही मानिसलाई उफ्रिरहेका छन्, कुदिरहेका छन् ।’ पन्छिने प्रयास गरिरहेका छन् ।

तथानाम उखान टुक्का निकालेर जनता भुलाउने काममा लागिरहने प्रधानमन्त्री ओलीले केही व्यक्तिहरू वक्तव्यबाजी गर्न थालेको भन्दै त्यसलाई ‘त्यान्द्रो’ को संज्ञा दिएका छन् । ‘के पायौं के पायौं, इस्यु भेटियो भनेर हिजैदेखि वक्तव्यबाजी शुरु भएको । यही त्यान्द्रो हो । यही डोरीलाई नाग बनाउनुपर्छ भनेर कुदेका छन् । कोही के भनेर कुदेका छन् । केही अर्थ छैन,’ प्रधानमन्त्री ओलीले भने ।
उनले भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै कार्यकारी निर्देशकमा रहेको व्यक्तिलाई सरुवा गरेर अवकाश प्राप्त भइसकेको व्यक्तिलाई नियुक्त गरेको होइन ? भन्दै प्रश्न पनि गरे ।सोही प्रसंगमा उनलेउहाँ (प्रचण्ड) ले नियुक्त गर्नेबित्तिकै आगो बोकेर आउनुभयो, बिजुली, चिम, ट्रान्समिसन लाइन बोकेर आउनुभयो की ? वर्षौं लगाएर जे काम गरिएको हुन्छ, त्यसलाई जादु, चमत्कारको रुपमा व्याख्या गर्ने । कोही पनि साथीहरूलाई यस्ता कुराको भ्रममा नपर्न आग्रह गर्न चाहन्छु ।
तर जसरी प्रधानमन्त्री ओलीले घिसिङलाई कार्यकारी निर्देशकबाट बर्खास्त गर्ने निर्णय गरे । त्यो राज्यको लागि मात्र सम्पूर्ण जनहरुको बिरुद्ध लादिएको तानाशाह प्रवृति हो । हरेक क्षेत्रबाट बिरोधका भावहरु आइरहँदा पनि आफूलाई सर्वमान्य भन्न नहिचकिचाउने व्यहोरा भएका प्रधानमन्त्री ओलीं राज्य र जनता भन्दा पनि आफैलाई सर्वमान्य ठान्न थालेका छन् । जसको सुरुवात घिसिङबाट गरेका छन् ।
घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेको विषयलाई लिएर प्रतिपक्ष दलले बुधबार संघीय संसद्का दुवै सदनको बैठक अवरुद्ध भएका छन् । मन्त्रिपरिषद् बैठकले सोमबार घिसिङलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो ।
माओवादी, रास्वपा, राप्रपा र एसलगायत दलले घिसिङलाई हटाउनुको कारणबारे संसद्मा आएर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ट पार्नुपर्ने माग गरेका छन् । घिसिङको पक्षमा सडकमा समेत प्रदर्शन भएका छन् । तर प्रधानमन्त्री ओलीले यस विषयमा संसद्मा कुनै जवाफ नदिने अडान व्यक्त गर्दै एक सार्वजनिक कार्यक्रममा भनेका छन प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा छाती पिटेर रुनेहरूलाई आफूले सदनमा जवाफ नदिने बताएका छन्।
‘स्वार्थ समूहको हित रक्षाका निम्ति आफूलाई समर्पित गर्नु सरकारको नियत र नियति बनेको छ, लोकतन्त्रमा संख्या महत्त्वपूर्ण हो तर संख्याका पहाड जनचाहनाका सामु ढलेका इतिहास हाम्रा वरिपरि छन्,’ उनले भने, ‘सरकारले दुई तिहाइको सामथ्र्य एक राष्ट्रसेवक कर्मचारीलाई मानमर्दन, अपमानित गर्न र एउटा सार्वजनिक संस्थानलाई तेजोवध गर्न प्रदर्शन गरेको छ ।’

सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र २६, २०८१६ किलो गाँजासहित एक विदेशी महिला पक्राउ
-
चैत्र २६, २०८१बुधबार मन्त्रालयमा आन्दोलनरत शिक्षक र सरकार बिच वार्ता हुँदै
-
चैत्र २६, २०८१तिलिचो तालबाट फर्कने क्रममा पर्यटकको मृत्यु
-
चैत्र २६, २०८१को हुन् उनीहरु ? : अनुसन्धानका क्रममा उनीहरू कुनै पार्टीमा आबद्ध नरहेको खुल्यो
लोकप्रिय
-
लोकप्रिय चैत्र २६, २०८१६ किलो गाँजासहित एक विदेशी महिला पक्राउ
-
लोकप्रिय चैत्र २६, २०८१बुधबार मन्त्रालयमा आन्दोलनरत शिक्षक र सरकार बिच वार्ता हुँदै
-
लोकप्रिय चैत्र २६, २०८१तिलिचो तालबाट फर्कने क्रममा पर्यटकको मृत्यु
-
लोकप्रिय चैत्र २६, २०८१को हुन् उनीहरु ? : अनुसन्धानका क्रममा उनीहरू कुनै पार्टीमा आबद्ध नरहेको खुल्यो
Comments