•  ३० चैत्र २०८१, शनिबार

१०/१५ हजारको जुलुस निस्किरहन्छन् – विदेशी दूतावासले सूचना जारी गरेर अनावश्यक प्रचार गर्यो : प्रधानमन्त्री ओली

- चैत्र १४, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा विदेशी दूतावासले सूचना जारी गरेर अनावश्यक प्रचार गरेको पनि बताए । उनले भने, ’एउटा एम्बेसीले अनावश्यक रूपमा एउटा नोटिस जारी ग¥यो कुनै पनि बेला कफ्र्यु जारी हुन सक्छ । जुलुस निस्कँदैछ । बाहिर ननिस्कनू । त्यो ग्लोबल्ली एउटा अनावश्यक प्रचारको कुरा मात्र हो ।’

शुक्रबार समाजवादी मोर्चा र राजावादी समूहले प्रदर्शन गर्दैछन् । स्थानीय प्रशासनले मोर्चालाई भृकुटीमण्डप र राजावादी समूहलाई कोटेश्वरमा सभा गर्न ठाउँ छुट्याइदिएको छ ।
प्रधानमन्त्री ओली शुक्रबारका सभालाई लिएर अनावश्यक प्रचारबाजी गरिएको बताएका हुन् । ’वास्तवमा त्यस्तो केही पनि हुँदैन । १०/१५ हजारको जुलुस नेपालमा निस्क्या निस्क्यै छ । त्यसलाई तिललाई पहाड बनाउन आवश्यक छैन,’ उनले भने ।

स–साना कुरालाई वास्ता नगरी देश विकासका काममा अगाडि बढ्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ’तर यो नेपाल हो । यहाँ यस्तो भुँपु बजाइएको छ कि भोलि केही हुँदैछ । केही हुँदैछ भोलि । महिला उद्यमी महासंघद्वारा बिहीबार ललितपुरमा आयोजित आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्‍घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा स-साना विरोध र जुलुस सधैं हुने गरेको बताएका हुन् ।

एउटा जुलुस निस्किएर भृकुटीमण्डपमा सभा हुन्छ, एउटा कोटेश्वरमा सभा हुन्छ । हुने त्यति हो । यो सभा त सधैं हुने गरेकै हो । त्यति नै हुन्छ भोलि पनि । तर यहाँ एउटा ह्याभोक छ, टेरर छ, त्रास छ– के–के हुन्छ भन्ने ?’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर