•  २६ चैत्र २०८१, मंगलवार

सुनको मूल्य हालसम्मकै उच्च : तोलाको १ लाख ७६ हजार २ सय

- चैत्र १५, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बिहीबार प्रतितोला रू १ लाख ७४ हजार ८ सयमा कारोबार भएको सुन १ हजार ४ सय बढेर तोलामा रू १ लाख ७६ हजार २ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ७३ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला रू २० बढेर रू २ हजार ४० कायम भएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर