•  २९ चैत्र २०८१, शुक्रबार

तराईका केही भू–भागमा हावाहुरीको सम्भावना

- चैत्र १६, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । बिहान कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम मूख्यतया सफा रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । दिउँसो ती दुवै प्रदेशका हिमाली क्षेत्रमा हल्का हिमपात तथा पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा मौसम आंशिक बदली रहने महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागमा राति हल्का हिमपात र पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ ।लुम्बिनी प्रदेशलगायत सुदुरपश्चिमको तराईका केही भू–भागमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर