•  २६ चैत्र २०८१, मंगलवार

भण्डारी रविन्द्र : सर्प धमिरोमा लट्पटिए जस्तो

- चैत्र १६, २०८१ मा प्रकाशित


भण्डारी रविन्द्र

जिन्दगी के छ र भन्यो तैनी थप्नै पर्या छ
ढोँङ्गी हरुलाई माला, भजन जप्नै पर्या छ
आफ्नो भागमा सन्तुष्ट रहँदैनन् फेरी
साँध सधिँयारका आली पनि कप्नै पर्या छ ।।

एउटै हातका औला सँगै हुन्छन् साथमा पनि
गोडा बिमार हुँदा पेट शान्त रहन्छ गाथमा पनि
चार जना परिवारमा कुरा चार वटा हुन्छन्
कतै पालुवा कतै सुकेका एउटै हाँगाका पातमा पनि ।।

सर्प धमिरोमा लट्पटिए जस्तो
माछो बगरमा छट्पटिए जस्तो
अशान्त देखिन्छ्यौ प्रिया अचेल
अचानकै यो सम्बन्ध खट्पटिए जस्तो ।।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर