
घटना पूर्वराजा ज्ञानेन्द्र शाहको उक्साहटमा घटेको हो वा होइन? हो भने उहाँले जिम्मेवारी लिनुपर्छ : नेता सिटौला
- चैत्र १६, २०८१ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
‘हिजो काठमाडौंको कोटेश्वर आसपासमा राजावादीहरुले जे हिंसात्मक र दुःखद घटना घटाए त्यसप्रति मेरो खेद छ,’ नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले भने, ‘घटना पूर्वराजा ज्ञानेन्द्र शाहको उक्साहटमा घटेको हो वा होइन? हो भने उहाँले जिम्मेवारी लिनुपर्छ, होइन भने त्यसको जबाफ दिनु पर्छ।
शनिबार बिपी चिन्तन प्रतिष्ठानले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै सिटौलाले शुक्रबार भएको घटनाबारे पूर्व राजाको धारणा माग गरेका हुन्। पूर्व राजाले सरकारले दिएको सम्मान र सुरक्षाको ख्याल राख्नुपर्ने पनि उनले बताए।
‘पूर्व राजा ज्ञानेन्द्र पोखराबाट फर्कँदै गर्दा, एयरपोर्टबाट गौशाला हुँदै निर्मलनिवास जाँदै गर्दा जुनजुन कुराहरू उठान भएका छन्, त्यसको उपज हिजोको घटना हो भन्ने बुझिन्छ, उहाँको निवासमा प्रदर्शनको सञ्चालन र तयारीबारे केही बैठक र छलफल भएका कुरा पनि बाहिर आएका छन्,झ उनले भने।
उनले पूर्वराजा ज्ञानेन्द्रलाई राजाहुँदा जस्तै व्यवहार नदेखाउन आग्रहसमेत गरे। राजा हुँदा पनि आतंक, अन्तिम राजा भएका बेलामा पनि जनतामाथि आतंक?, सिटौलाको प्रश्न थियो। उनले राजाहरूको पटकपटकको लोकतन्त्रमाथिको अतिक्रमणपछि गणतन्त्र आएको बताउँदै गणतन्त्र नउल्टिने पनि बताए।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र ३०, २०८१अन्तिम खेलमा शनिबार नेपालले आयोजक हङकङको सामना गर्दै
-
चैत्र ३०, २०८१सुप रेष्टुरेन्ट एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा जुवाडे पक्राउ
-
चैत्र ३०, २०८१के कस्तो छ शनिबार तरकारी,फलफूल तथा मासुजन्य दैनिक उपभोग्य बस्तुहरुको अवस्था ?(मूल्य सूची सहित)
-
चैत्र ३०, २०८१रोजगार व्यवसायी संघको नयाँ नेतृत्वमा गुरुङ
लोकप्रिय
-
लोकप्रिय चैत्र ३०, २०८१अन्तिम खेलमा शनिबार नेपालले आयोजक हङकङको सामना गर्दै
-
लोकप्रिय चैत्र ३०, २०८१सुप रेष्टुरेन्ट एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा जुवाडे पक्राउ
-
लोकप्रिय चैत्र ३०, २०८१के कस्तो छ शनिबार तरकारी,फलफूल तथा मासुजन्य दैनिक उपभोग्य बस्तुहरुको अवस्था ?(मूल्य सूची सहित)
-
लोकप्रिय चैत्र ३०, २०८१रोजगार व्यवसायी संघको नयाँ नेतृत्वमा गुरुङ
Comments