
तीनकुने घटनाको पृष्ठभूमिमा पूर्वराजा ज्ञानेन्द्र शाह नै रहेको प्रधानमन्त्री ओलीको ठोकुवा
- चैत्र १८, २०८१ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
प्रहरीको सवारीसाधन मात्रै हैन, आगो निभाउन आएका दमकलमाथि आक्रमण भएको स्मरण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभा र राष्ट्रिय सभालाई छुट्टाछुट्टै सम्बोधन गर्दै , ‘यी सबै निन्दनीय र खेदजनक कार्य हुन् ।’ उक्त घटनामा संलग्नहरू जोसुकै भएपछि कारबाहीको दायरामा ल्याउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता जाहेर गरेका छन् ।
शुक्रबार तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने प्रधानमन्त्री ओलीले बताएका छन् । प्रधानमन्त्री ओलीले भने तीनकुने घटनाको पृष्ठभूमिमा पूर्वराजा ज्ञानेन्द्र शाह नै रहेको ठोकुवा गरे ।‘पूर्वराजा ज्ञानेन्द्र शाहले गत ७ फागुनमा आफू अघि बढ्न साथ देऊ भन्दै वक्तव्यबाजी गर्नुभयो,’ प्रधानमन्त्री ओलीले भने । त्यसको लगत्तै ठाउँ–ठाउँमा पूर्वराजाको स्वागतमा कार्यक्रम राखिएको र जनमत भड्काउने काम सुरु भएको उनको भनाइ थियो ।
‘२५ फागुनमा कथित स्वागत सवारी आयोजना गरियो र १४ चैतमा समाज बिथोल्न लागि परेका एक जना अवान्छित व्यक्तिलाई आफ्नै निवासमा डाकेर कथित जनकमान्डर तोक्नुभयो र हिंसात्मक वारदातमा खटाउनुभयो ।’१५ चैतमा राजावादीले तीनकुनेमा प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा पूर्वराजा ज्ञानेन्द्रले दुर्गा प्रसाईंलाई आन्दोलन कमान्डर तोकेका थिए । प्रसाईंलाई अवान्छित व्यक्तिको संज्ञा दिँदै प्रधानमन्त्री ओलीले त्यस्ता व्यक्तिलाई आन्दोलनको कमान्डर भनेर प्रर्दशनमा पूर्वराजा ज्ञानेन्द्रको आलोचना गरे ।
प्रसाईंको नेतृत्वमा राजावादीले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक भएको थियो । तर, प्रदर्शन नसकिँदै प्रदर्शन स्थल छाडेर उनीहरूले आसपासका निजी घरहरूमा क्षति पु¥याएका थिए । निजी घरमा लगाइएको आगोमा जलेर एक पत्रकारको जलेर मृत्यु भयो । गोली लागेर अर्का एक प्रदर्शनकारीको मृत्यु भएको थियो ।कान्तिपुर मिडिया हाउसको भवनमा आगजनी प्रयास गरे । अन्य मिडिया हाउसमाथि समेत आगजानी र तोडफोड प्रयास गरे । प्रदर्शनका क्रममा ३० जनाभन्दा बढी घाइते भएका छन् ।
यी गतिविधिको प्रधानमन्त्री ओलीले आलोचना गरेका हुन् । राजावादीको आन्दोलनका कमान्डर प्रसाईंको चरित्रबारे पनि प्रधानमन्त्री ओलीले संसद्मा प्रश्न उठाए ।
प्रहरीको बन्दुक खोस्ने, गुन्डागर्दी र कुटपिट गर्ने, लुटपाट गर्नेजस्ता बारदात सुरु गरियो’ प्रधानमन्त्री ओलीले राजावादीको प्रदर्शन स्मरण गरे ।
प्रधानमन्त्री ओलीका अनुसार राजवादीले त्यसदिन ‘निजी व्यक्तिको घरमा आगजनी मात्रै गरेनन् मानिसलाई भित्रै थुनेर बाहिरबाट ताला लगाई जिउँदै जलाउने हिंस्रक, आतातायी कार्य भयो । अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी गर्ने र प्रज्ज्वलनशील पदार्थमा आगो लगाई विस्फोट गराउने आतंककारी काम समेत भयो ।’
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले गत ७ फागुनको वक्तव्य स्मरण गर्दै तीनकुने घटनालाई जोडेका हुन् । ‘प्रारम्भिक अध्ययनमा यी सबै घटनाले स्पष्ट पार्छ– तत्कालीन राजा ज्ञानेन्द्र शाहले संविधानसभाको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लंघन गर्नुभएको छ,’ प्रधानमन्त्री ओलीले भने ।
पहिलो संविधानसभाले १५ जेठ २०६५ मा २४० वर्षे लामो शाहवंशीय राजतन्त्रको अन्त्य गरेको थियो । माओवादी १० वर्षे सशस्त्र युद्ध, २०६२÷६३ सालको संयुक्त जनआन्दोलनको पृष्ठभूमिमा जननिर्वाचित संविधान सभाले राजतन्त्र अन्त्य गर्दै नेपाललाई गणतान्त्रिक मुलुक घोषणा गरेको थियो । त्यसबेला पूर्वराजा ज्ञानेन्द्रलाई पूर्व राष्ट्रप्रमुखको हैसियतमा रहन सक्ने गरी दिएको सुविधा ख्याल गर्न प्रधानमन्त्री ओलीको आग्रह छ ।
‘त्यतिखेर नागरिकको हैसियतमा शान्त जीवन बिताउने, नागरिकको कानुनी र संवैधानिक अधिकार प्रयोग गरी व्यापार व्यावसाय सञ्चालन गर्ने, पूर्व राष्ट्रप्रमुखको हैसियतमा सरकारले सुरक्षाको प्रबन्ध गर्ने र उहाँलाई नागार्जुन दरबार प्रयोग गर्न र उहाँको माताले प्रयोग गरिरहेको नारायणहिटी दरबार परिसरको भवन प्रयोग गर्न दिने सहमति भएको हो,’ ओलीले भने ।
त्यसबेला गृहमन्त्री थिए– कृष्णप्रसाद सिटौला । सिटौला हाल राष्ट्रिय सभा सदस्य छन् । तत्कालीन गृहमन्त्री सिटौलाले सरकारको तर्फबाट पूर्वराजा ज्ञानेन्द्रसँग संवाद र व्यवस्थापन गरेको प्रधानमन्त्री ओलीले स्मरण गरे

सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र ३०, २०८१नयाँ दिल्लीमा ‘नेपाल महोत्सव दिल्ली २०२५’ सुरु
-
चैत्र ३०, २०८१वीरगञ्जको अर्थतन्त्र र बजारलाई चलायमान गराउन रात्रि बजार
-
चैत्र ३०, २०८१विदेशी मुद्राहरुको बजार(दररेट सहित)
-
चैत्र ३०, २०८१अन्तिम खेलमा शनिबार नेपालले आयोजक हङकङको सामना गर्दै
लोकप्रिय
-
लोकप्रिय चैत्र ३०, २०८१नयाँ दिल्लीमा ‘नेपाल महोत्सव दिल्ली २०२५’ सुरु
-
लोकप्रिय चैत्र ३०, २०८१वीरगञ्जको अर्थतन्त्र र बजारलाई चलायमान गराउन रात्रि बजार
-
लोकप्रिय चैत्र ३०, २०८१विदेशी मुद्राहरुको बजार(दररेट सहित)
-
लोकप्रिय चैत्र ३०, २०८१अन्तिम खेलमा शनिबार नेपालले आयोजक हङकङको सामना गर्दै
Comments