•  २९ चैत्र २०८१, शुक्रबार

अराजक भीडको कुनै निश्चित वाद थिएन -मात्रै आपराधिक कार्य गर्ने निश्चित उद्देश्य : गृहमन्त्री लेखक

- चैत्र १८, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
नेपाल पत्रकार महासङ्घको टोलीले गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षणपत्र बुझाएको छ । महासङ्घका महासचिव रामप्रसाद दाहालसहित आठ जनाको संयुक्त टोली चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निशाना बनाएको भन्दै सरकारलाई घटनाको सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न गृहमन्त्री लेखकलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।

ध्यानाकर्षण बुझ्दै गृहमन्त्री लेखकले उक्त घटना अराजक, हिंस्रक एवं सिद्धान्तबिनाको भीडले गरेको बताउँदै उक्त विषयमा सरकार गम्भीर भएको बताए । “तिनकुनेमा भएको अराजक भीडको कुनै निश्चित वाद, सिद्धान्त केही पनि थिएन, मात्रै आपराधिक कार्य गर्ने निश्चित उद्देश्य थियो”, गृहमन्त्री लेखकले भने , “विध्वंश मच्चाउने झुण्डले उग्रता देखायो, त्यसको मार पत्रकारलाई पर्न गएको छ, यस विषयमा नेपाल सरकार गम्भीर छ ।”

हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारकर्मी रहेको घरमा आगजनी गर्ने, एवं सञ्चार गृहमा र सञ्चारकर्मीलाई निशाना बनाएको विषयमा सरकारले सत्यतथ्य छानबिन गरी घटनाका दोषीलाई कारबाही गरिने गृहमन्त्री लेखकले बताए ।उक्त घटनाबाट ज्यान गुमाएका पत्रकार सुरेश रजक र अन्य घाइते पत्रकारको विषयमा सरकार गम्भीर भएको र उक्त विषयमा के गर्न सकिन्छ भन्ने विषयमा सरकार लागिरहेको उनको भनाइ छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर