
राजावादीहरुको प्रदर्शनका क्रममा मृत्यु भएका कीर्तिपुरका महर्जनको पोस्टमार्टम हुँदै
- चैत्र १९, २०८१ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
गत शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादीहरुको प्रदर्शनका क्रममा मृत्यु भएका कीर्तिपुरका सविन महर्जनको पोस्टमार्टम प्रक्रिया अगाडि बढेको छ ।महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागका अनुसार महर्जनको पोस्टमार्टम केही बेरमा सुरु हुनेछ ।‘महर्जनको पोस्टमार्टम केही बेरमै सुरु गर्न लागेका छौं,’ फोरिन्सक विभागका एक कर्मचारीले भने , ‘साँझसम्ममा पोस्टमार्टम रिर्पोटसहित परिवारलाई शव जिम्मा लगाउँछौं ।’
रिर्पोटिङको क्रममा आगोलले जलेर मृत्यु भएका फोटा पत्रकार सुरेश रजक भने पोस्टमार्टम गर्न केही दिन लाग्ने छ ।अस्पतालमा एक्सरे मेसिन उपकरण बिग्रिएको कारणले रजतको पोस्टमार्टम गर्न ढिलाइ भएको हो ।‘शरीर पूरै जलेको भएकाले एक्सरे गरेर पनि हेर्नुपर्ने हुन्छ,’, ‘केही दिनमा उपकरण मर्मत गरेर रजकको पोस्टमार्टम गर्छौं ।’गत १५ गतेको प्रदर्शनका क्रममा उनको मृत्यु भएको थियो ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र २९, २०८१वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाउन सरकार लागिपरेको : मन्त्री भण्डारी
-
चैत्र २९, २०८१पूर्वराजा शाहलाई समितिमा बोलाएर तीनकुनेमा भएको हिंसात्मक घटना बारे सोधपुछ गर्नुपर्छ : सांसद परियार
-
चैत्र २९, २०८११२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
-
चैत्र २९, २०८१एउटा जोकरको कथा : अरुलाई होच्याउने देखी धक्कु लगाउने कार्यमा व्यस्त प्रधानमन्त्री ओली
लोकप्रिय
-
लोकप्रिय चैत्र २९, २०८१वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाउन सरकार लागिपरेको : मन्त्री भण्डारी
-
लोकप्रिय चैत्र २९, २०८१पूर्वराजा शाहलाई समितिमा बोलाएर तीनकुनेमा भएको हिंसात्मक घटना बारे सोधपुछ गर्नुपर्छ : सांसद परियार
-
लोकप्रिय चैत्र २९, २०८११२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
-
लोकप्रिय चैत्र २९, २०८१एउटा जोकरको कथा : अरुलाई होच्याउने देखी धक्कु लगाउने कार्यमा व्यस्त प्रधानमन्त्री ओली
Comments